सुचना, समाचार र मनोरन्जन
safal cup

सुभारम्भ भयो मनाङमा कोभिड खोप, अस्पतालका मेडिकल अधिकृत डा. सन्तोष अधिकारीले लगाए पहिलो खोप

मनाङ । कोभिड ( १९ बिरुद्धको खोप अभियान २०७७ प्रथम चरणको कार्यक्रम मनाङ्ग जिल्लामा शुरुवात भएको छ ।

मनाङ जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा जिल्ला कोभिड – १९ खोप समन्वय समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछानेलाई प्रदेश स्वास्थ्य निर्देशनालयका बरिस्ठ कविराज निरीक्षक नविन किरण भुसालले हस्तान्तरण गरेको खोप जिल्ला अस्पताल मनाङका मेसू डा. प्रतिभा गौलीलाई हस्तान्तरण साथै अस्पताल मनाङका मेडिकल अधिकृत डा. सन्तोष अधिकारीलाई पहिलो खोप लगाएर कार्यक्रमको सुभारम्भ गरिएको छ ।

Parichay

कार्यक्रममा चामे गाँउपालिका प्रमुख लोकेन्द्र घले, जिल्ला समन्वय अधिकारी शोभाखर रेग्मी, रणदल गुल्मका गुल्म पति बिमल कुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक सुभाष खडका, सशस्त्र प्रहरी बल ३२ नं. गुल्मका स. प्र. ना. उ. होमनाथ पन्थी, मनाङ जिल्ला अस्पतालका मेसू डा. प्रतिभा गौली, जिल्ला अस्पताल मनाङका मेडिकल अफिसर डा. सन्तोष अधिकारी, जिल्ला अस्पतालका कर्मचारीहरु, स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रि अधिकारी स्थानीयतहका स्वास्थ्य संयोजकहरु, महिला स्वम सेविकाहरु, लगायत मनाङ जिल्लाका स्वास्थ्यकर्मी हरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको औपचारिक सत्रमा आफ्नो मन्तब्य राख्दै अस्पतालका मेसू डा. प्रतिभा गौलीले कोभिशिल्ड खोप प्रभावकारी रहेकोले निश्चिन्त भएर खोप लगाउन अनुरोध गरेकी थिइन् ।

मनाङ जिल्लामा पहिलो चरणको खोप कार्यक्रमको लागि एक भायल खोपले १० डोज पुग्ने २३ भायल खोप प्राप्त भएको जिल्ला अस्पतालले जनाएको छ ।

Comments
Loading...