सुचना, समाचार र मनोरन्जन

यसाे गरे अक्सिजनेशन हुने र भेन्टिलेटरमा जानु नपर्ने [ भिडियो सहित ]

  •  
  •  
  •  
  •  

अहिले देशमा काेभिड १९ काे महामारीले कैयाैं नेपालीकाे ज्यान लिइरहेकाे छ । यस महामारीले हाम्राे देशकाे स्वास्थ्यका संरचना र भाैतिक साधन, श्राेत जन शक्तिकाे व्यवस्थापनका बारेमा निकै गम्भीर बन्नु पर्ने शिक्षा पनि दिएकाे छ ।

अहिलेका लागि  स्वास्थ्यका अन्य साधान भन्दा पनि काेराेना पीिडतकाे जीवन रक्षाका लागि जरूरी भएकाे अक्सीजनकाे अभाव प्रमुख समस्याका रूपमा अगाडि आएकाे छ । अक्सीजन बेलैमा नपाएर काेराेना पीडितहरूकाे ज्यान गएकाे गुनासाे जताततै सुनिन्छ ।

काठमाडौंमा मात्रै दैनिक १५ हजार लिटर अक्सिजनको माग रहेकाे बताइन्छ ।  तर हाम्रो अक्सिजन उत्पादन क्षमता ८ हजार लिटर मात्रै रहेकाे र सात हजार  लिटर अक्सिजन नपुग भएबाट हाहाकार मच्चिन गएकाे छ । ।

अर्बाैं, कराेडाैं खर्च गरेर  काठमाडौंका ठूला अस्पताल बने पनि यस्ता अस्पतालसँग अक्सिजनकाे आफ्नो प्लान्ट नै छैन । अक्सिजनकाे अभाव नै अहिले प्रमुख  समस्या भएको कारण पनि यही हो ।

काेराेनाका सामान्य विरामीका लागि भने प्राकृतिक रूपमा शरीर अक्सिजन सहज बनाउने उपाए चिकित्सक र जनस्वास्थ्यविद्ले सिकाएका छन् । यस्ताे प्राकृतिक रूपमा लिइने अक्सिजनले निकै राहत पुर्याउने कुरा बुद्धिजीवी बाबुलाल भण्डारीले फेसबुक पेजमा यसरी लेखेका छन्-” कोभिड संक्रमण भएका बिरामीमा रेस्परेट्री डिस्ट्रेस अथवा श्वासलिन कठिनाई भए उत्तानो (Supine) पल्टिनुको सट्टा घोप्टो (Prone अर्थात् पेट तलपर्ने) आसनमा सुत्दा हल्का हुने रहेछ । कैयौंलाई त यत्तिले मात्र पनि राम्रो अक्सिजनेशन हुने र भेन्टिलेटरमा जानु नपर्ने पनि हुनसक्छ भन्दा रहेछन् । ”

घाँटी, पेट(पेट भन्दा अलिक तल नाइटाे भन्दा मुनि ) र गाेडामा तकिया राखेर (हेर्नुस् प्रहरीकाे तस्बिर)  घोप्टो (Prone अर्थात् पेट तलपर्ने) आसनमा सुत्दा हल्का हुने तरिका महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी कर्मचारीहरुलाई तालिम दिइएकाे छ । फाेटाेमा देखाएकाे  तरिका अपनाएमा  श्वास प्रश्वासमा सामान्य कठिनाई भएको समयमा प्राकृतिक रुपमा अक्सिजन बृद्धिका लागि गरिने Breathing Exercise, योगाभ्यास र अपनाउने आसनका विधिहरु सम्बन्धी जानकारीलाई  व्यापक बनाउन सके पनि  श्वास प्रश्वासमा सामान्य कठिनाईबाट राहात पुग्ने र अस्पताल पुग्नु नपर्ने अवस्था पनि आउन सक्छ ।

 

कमेन्ट्स
Loading...