सुचना, समाचार र मनोरन्जन

दर्जन बढी लोक नाच सिकाउँदै सकियो नृत्य कार्यशाला

बुटबल । नेपालका पाँच प्रदेशको एक दर्जन भन्दा बढी नृत्य निर्देशक कार्यशाला २०७८ शनिबार सम्पन्न भएको छ । कार्यशालामा सहभागी २४ जना कलाकारलाई शनिबार प्रमाणपत्र प्रदान गर्दै सकिएको हो ।

एक्त कार्यशालामा २४ जना कलाकारले सिकेका छन् । रुपन्देहीको बुटबलस्थित शंकर नगरमा मंगलबारबाट आयोजित नृत्य हरेक नृत्यको कार्यपत्र प्रस्तुति सहित प्रयोगात्मक रुपमा सिकाईएको थियो । सांस्कृतिक संस्थानका पूर्व महाप्रवन्धक राजेश थापाका अनुसार नृत्य सम्बन्धित नृत्य निर्देशकले कलाकारले कार्यक्रममा प्रस्तुत समेत गरिएको छ । कार्यशालामा मंगलबार प्रदेश १ बाट नृत्य निर्देशक नगेन्द्र राईले साकेला नृत्यको कार्यपत्र प्रस्तुत गरेका थिए भने सोही नृत्य सबैलाई सिकाएका थिए ।

त्यस्तै, कार्यशालामा बुधबार नृत्य निर्देशक ओम प्रकाश बस्नेतले प्रदेश १ कै राजवंशी समुदायको हुदुर दुरा नृत्य सिकाए र सोही नृत्यको उनले कार्यपत्र पनि प्रस्तुत गरेका थिए । साथै त्यहि दिन उनले कार्यपत्र प्रस्तुत गर्दै मधेश प्रदेशको सामा चखेवा नृत्य पनि सिकाए । कार्यशालमा सहभागी बाँकी २३ जनाले नै उनको यी दुवै नृत्य सामुहिक रुपमा प्रस्तुत भए ।

British college

बिहिबार प्रदेश ३ बाट ललितपुरका सुरेन्द्र देशारले अष्ट मातृका नाच देखाएका थिए । उनले यो नाच तीन घन्टा सिकाएर सबैलाई कार्यक्रममा देखाएका थिए । त्यसै दिन बागमति प्रदेशकै नृत्य निर्देशक मोहन तौजले काभ्रेमा प्रचलित राजारानी नाचको कार्यपत्र प्रस्तुत गरेका थिए । यो नाच सिकेपछि सहभागी मध्ये नृत्य निर्देशक कलाकार दिलु सुनार, पुनम थापाले यो नृत्य प्रस्तुत गरेका थिए । बागमति प्रदेशबाटै कोभिडको कारण प्रतिभा पुन उपस्थित हुन नसके पनि उनको मेहेन्दो मायाँ नाचको कार्यपत्रलाई नृत्य निर्देशक रोचक थापाले प्रस्तुत गरेका थिए ।

बिहिबार नै नृत्य निर्देशक गोरे गुरुङले गण्डकी प्रदेशबाट घाटु नाच प्स्तुत गरियो भने शुक्रबार चार ओटा नाचको कार्यपत्र प्रस्तुतिसँगै नाच सिक्ने र नाचेर देखाउने कार्य भयो । शुक्रबार गण्डकी प्रदेशबाट बमबहादुर गुरुङले कृष्ण चरित्र नाच र गुरुङ समुदायको मृत्य संस्कारमा नाचिने छ्याडु (सेर्गा) नाच नचाएका थिए । जस मध्ये कृष्ण चरित्र नाच सिकेर परम्पारगत पोशाकमा युवराज जर्घामगर, हिमाल थापा, रविन थापा, युवराज गुरुङ, नविन गुरुङ, रोशन गुरुङ, मुकेश गुरुङ र ओसिन सारु मगरले नाचेर देखाए । त्यस्तै, छ्याडु नाच सो कार्यशालामा सबैले सामुहिक नाचेर देखाए ।

शुक्रबार नै लुम्बिनी प्रदेशबाट थारु समुदायको नृत्यहरु पनि सिकाईयो । उक्त नाच सहित मुकेश गुरुङले रुपन्देहीको थारु समुदायको झर्रा नृत्य, अनु रचकले रुपन्देहीकै थारु समुदायको बड्की नाच र पुनम थापाले पनि त्यहीँका थारु समुहकै झुमडा नाच सिकाएका थिए । सिकेको नाच सोही कार्यक्रममा देखाइएको थियो । कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका नृत्य निर्देशकहरु कोरोना संक्रमित भएका कारण नाच देखाउन सकेनन् । त्यताको मौलिक नाच भने प्रस्तुत हुन सकेन । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न सो कार्यशालाको शनिबार समापनमा बोल्दै प्रतिष्ठानकी परिषद सदस्य एवम नृत्य विभाग प्रमुख नमुना शर्माले सोचे भन्दा राम्रो कार्यशाला भएको बताईन् ।

आफुले पनि सिक्ने अवसर पाएको यस्तो कार्यशालालाई आउँदा दिनमा अझ बृहत गर्ने उनले प्रतिबद्धता जनाईन् । कार्यक्रममा नृत्य निर्देशक रोचक थापालाई १५ हजार रुपैयाँ सहित नृत्य सँगीत प्रज्ञा प्रतिष्ठानका तर्फबाट शनिबार सम्मान पनि गरियो । कार्यक्रमका प्रमुख अतिथि एवम् नृत्य निर्देशक कमल राईले यस्तो मौलिक नृत्य प्रशिक्षणले लोक नेपाली नाचको प्रवर्धनमा मद्धत पुग्ने बताए । आफुले अहिलेसम्म चलचित्रमा नेपाली लोक नृत्यलाई महत्व दिँदै आएको पनि उनले बताए ।

ओमप्रकाश बस्नेत, सुरेन्द्र देशार, नगेन्द्र राई र बमबहादुर गुरुङले प्रशिक्षकको तर्फबाट बोल्दै यस्तो प्रशिक्षण कम्तीमा एक साताको राख्नु पर्ने सुझाब दिए । यस्तै प्रशिक्षार्थी मध्य रुपन्देहीका युवराज मगर, पोखराका युवराज गुरुङ र पुनम थापाले यो कार्यशाला सोचे भन्दा अझ उपयोगी भएको बताए । नृत्यकर्मी संघ नेपाल रुपन्देहीको सहकार्य र बुटबल उपमहानगरपालिका, तिलोतमा नगरपालिका र सैनामैना नगरपालिकाको प्रवर्धनमा यो कार्यशाला सम्पन्न भएको हो ।

कमेन्ट्स
Loading...