सुचना, समाचार र मनोरन्जन

डान्सर कोरसको पारिश्रमिक बढायो नृत्य संघले

काठमाडौं : 

नेपाल चलचित्र नृत्य संघले फिल्म, म्युजिक भिडियो वा विदेशी फिल्ममा नृत्य गर्ने कोरस कलाकारको पारिश्रमिक बढाएको छ । संघका महासचिव दिपेन्द्र तिमिल्सिनाले जारी गरेको विज्ञप्तीमा एउटा गीतमा नृत्य गर्ने कलाकारको पारिश्रमिक ३ हजारदेखि ६ हजारसम्म पुर्याइएको उल्लेख गरिएको छ । एक दिनमा सकिएमा ३ हजार, २ दिनमा सकिएमा ५ हजार र तिन दिनमा सकिएमा ६ हजार तोकिएको छ ।

म्यूजिक भिडियोको हकमा भने एक दिनको २ हजार र विदेशी फिल्मका गीतहरुमा नृत्य गर्नुपरेमा एक दिनको ३ हजार पारिश्रमिक बनाइएको विज्ञप्तीमा उल्लेख छ । यसअघि कोरस नाच्नेले हजार देखि १५ सय रुपैया पाउदै आएका थिए।

कमेन्ट्स
Loading...