सुचना, समाचार र मनोरन्जन

अफगानिस्तानमा मारिएका फोटो पत्रकार दानिस सिद्दिकीले खिचेको सात तस्वीर

  •  
  •  
  •  
  •  

अफगानिस्तानमा भारतीय फोटो पत्रकार पत्रकार दानिस सिद्दिकी मारिएका छन्। युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङका क्रममा कंधार क्षेत्रमा पुगेका दानिस सुरक्षाकर्मीको समूहसँग नै थिए। त्यही बेला भएको आक्रमणमा बिहिबार उनको पनि मृत्यु भएको हो।

दिल्लीको जामिया मिलिल्लया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका सिद्दिकीले जामियाबाट नै मास कम्युनिकेसन रिसर्च सेन्टरबाट डिग्री पूरा गरेका थिए।

एक टेलिभिजन न्यूजमा संवाददाताका रुपमा काम सरु गरेका उनी पछि मात्रै फोटो पत्रकारितमा प्रवेश गरेका थिए। सन् २०१० मा उनी रोयटर्समा इन्टर्नका रुपमा प्रवेश गरेका थिए। सन् २०१७ मा सिद्दिकीलाई पुलित्जर पुरस्कार प्रदान गरिएको थियो।

तस्वीर : रोयटर्स

एक मजदुर आफ्नो बच्चालाई काँधमा राखेर लकडाउन समय पैदल घर फर्कदै।

लगातार १५ घण्टा अफगान कमाण्डोसँग रिपोर्टिङमा हिडेका दानिस एकछिन आराम गर्दै।

रोहिंग्या शरणार्थी महिला, जो ज्यान जोगाउन डुंगाको जोखिमपूर्ण यात्रा गरेकी थिइन्। यस फोटोबाट देनिशले पुलित्जर पुरस्कार प्राप्त गरेका थिए।

कोरोना भाइरसको दोस्रो लहरमा ज्यान गुमाएको आफ्नो आफन्तलाई चितामा जलाएपछि एक आफन्त।

कोरोना भाइरसको दोस्रो लहरमा भारतमा विभिन्न राज्य तथा शहर प्रभावित थिए। संक्रमितको लास जलाउन घाटमा चिताको अभाव भएपछि सार्वजनिक ठाउँमा सामुहिक दाहसंस्कारको लागि चिता तयार पारिदैँ।

भारतको केन्द्र सरकारले जम्मु–कस्मिरलाई स्वायत्तताको दर्जा दिने भारतीय संविधानको ‘अनुच्छेद ३७०’ हटाइपछि चर्किएको प्रदर्शनलाई घरको झ्यालबाट नियाल्दै एक कस्मिरी महिला।

केन्द्रीय रिजर्व पुलिस बल (सीआरपीएफ) का एक अधिकारी जो कोरोना संक्रमणबाट ज्यान गुमाए। उनलाई अन्तिम बिदाई गर्नु अघि उनको उपचारमा खटिएकी एक स्वास्थ्यकर्मीको भावपुर्ण श्रद्धान्जली अर्पण।

कमेन्ट्स
Loading...