सुचना, समाचार र मनोरन्जन
Election Commission V2

दसैंमा कहिलै पुराना नहुने दसैं लक्षित पाँच गीत (भिडियो सहित)

काठमाडौं : 

नेपालीहरुको महान चाड बडादसैं घरमा भित्रिसकेको छ । शहरमा भएकाहरु आफ्ना आफन्तसँग दसैं मनाउन गाउँ फर्कनेको लर्को लागेको छ । नेपाली कलाकारहरु पनि दसैंको छेको पारेर दसैं गीतहरु सार्वजनिक गरिरहेका छन् । दसैंको माहोल भएकाले रेडियो तथा टेलिभिजनमा पनि दसैंका गीतहरु घन्किन थालेका छन् ।

दसैंमा वर्षै पिच्छे सयौ गीतहरु स्रोता तथा दर्शकमाझ आउने गरेका छन् । तर,दसैंको समयमा केहि गीत बाहेक अन्य गीतले स्रोता तथा दर्शकको मनमा डेरा जमाउन सकेको छैन । दसैं भन्ना साथ निम्न गीतहरु नै सदावहार रहेका छन् ।

मुग्लानको ‘दसैं आयो’

एक दशक अघि प्रदर्शनमा आएको फिल्म मुग्लानको ‘दसैँ आयो’ नै अहिलेसम्म दसैं आएको महसुस गराउने गीत हो । जुन सदावहार रहेको छ । यो गीत दसैँका समयमा अत्यधिक के गाउँ के शहरमा धेरै तिर बज्ने गीत हो । परदेश गएका छोराले आमा र साथीहरु सम्झेको महसुस यो गीतले गराउने गरेको छ ।

‘फौजीलाई कुन हो दसैं’

नेपाल प्रहरी,आर्मी तथा देश सेवामा लागेका योद्धालाई लक्षित निर्माण भएको गीत ‘फौजीलाई कुन हो दसैं’ अत्यन्तै लोकप्रिय रहेको छ । रहेक साल यो गीतले पनि रेडियो तथा टेलिभिजनका साथै गाउँघरमा बज्ने गरेको छ । धेरै दसैंको गीत मध्ये एकदमै हिट गीत हो यो ।

यो गीत जब रेडियो तथा टेलिजिभनमा बज्न सुरु हुन्छ तव हरेकले दसैं आएको महसुस गर्दछन् । यस गीतलाई सशस्त्रकै दीपक कोइरालाले लेखेका थिए भने स्वर जगदीश समालले भरेका छन् ।

सुगम पोखरेलको ‘दसैँ–तिहार’

नेपाली स्रोतामाझ लोकप्रिय रहेका गायक सुगम पोखरेलको गीत पनि उस्तै सदावहार रहेको छ । उनको आवाजमा सजिएको गीत ‘दसैँ–तिहार’ दसैंको समयमा धेरै गुञ्जिने गीत हो । एक दशक अघि सुगमको स्वरमा रेकर्ड भएको ‘दसैँ–तिहार’ बोलको गीत अहिले पनि उतिकै चर्चामा छ । उनले दसैं तिहारका समयमा हुने सांगीतिक कार्यक्रममा यहि गीत प्रस्तुत गर्ने गरेका छन् ।

योगेश्वर अमात्यको ‘दशैँ नै हो कि यो मेरो दशा‘

पप गायकका रुपमा परिचित योगेश्वर अमात्यको गरिव परिवारमा दसैंको समयमा हुने समस्यालाई छर्लङग पारेको गीत ‘दसैं नै हो कि यो मेरो दशा’ अत्यधिक लोकप्रिय गीत हो । यो गीत नसुन्ने सायदकै कमै स्रोता होलान् ।

अरु बेला यो गीतको चर्चा नभएता पनि यतिबेला भने मज्जाले धन्कने गरेको पाइन्छ । गयक आमात्य आफैले गाएको यो गीत पप रक शैलीमा रहेको छ । तर, हरेक वर्गका मान्छे अर्थात बालबच्चा देखी बुढापाकासम्मले यो गीतलाई सुन्ने गरेका छन् । गीतलाई न्ह्यू बज्रचार्यले संगीत कम्पोज गरेका छन् ।

‘रातो टीका निधारमा टलक्क टल्कियो’

दसैं बाहेक अरु समयमा पनि घन्कने गीत हो ‘रातो टीका निधारमा टलक्क टल्कियो ’ । महानायक राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले दुई दशकअगाडि प्रदर्शनमा आएको फिल्म ‘अल्लारे’मा अभिनिय गरेको गीत हो । यहि फिल्मले गीतले पनि राजेश र करिश्माको करियरमा टेवा पुगेको थियो ।

अशोक शर्माले निर्देशन गरेको यो फिल्मको गीतमा उमेश पाण्डे र रमाना श्रेष्ठले गाएका थिए । पछिल्लो समय स्रोतामाझ आएका गीतहरुले खासै स्रोता तथा दर्शकको मनमा डेरा जमाउन सकेका छैनन् ।

https://www.youtube.com/watch?v=UWPD5oc4EEY

कमेन्ट्स
Loading...