सुचना, समाचार र मनोरन्जन

भीरबाट खसेर ३१ वर्षीया महिलाको मृत्यु

नवलपरासी /

जिल्लाको बुलिङटार गाउँपालिकामा भीरबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को बुलिङटार गाउँपालिका–५ मा भीरबाट खस्दा स्थानीय ३१ वर्षीया पिहीसरा सार्कीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार बुधबार बिहान लापाकको भीरमा घाँस काट्न जाने क्रममा उनको मृत्यु भएको थियो ।

अबेरसम्म पनि घर नआएपछि उनको खोजी गर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । आफन्तले खोजी गर्नेक्रममा भीरबाट करिब २५ मिटर तल खोल्सामा उनको शव फेला पारेको मल्लले जानकारी दिए ।

कमेन्ट्स
Loading...