सुचना, समाचार र मनोरन्जन
Election Commission V2

दसैंको छेको पारेर एकअर्कामा इशाराले कुरा गर्दै पुष्प र रुबिना (भिडियो सहित)

काठमाडौं : 

दसैंको छेको पारेर देवेन्द्र पाण्डे निर्देशित ‘इशाराले गर्यो कुरा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहिबार गीतको भिडियोलाई युटुबमार्फत रिलिज गरिएको हो ।

शिव परियारको आवाजमा सजिएको यस गीतलाई चन्द्र प्रसाई (परिस्कृत’ले लेखेका हुन् भने संगीत राजेन्द्र सुवेदीले गरेका छन् । गीतका शब्दले माया प्रेमकै भावलाई व्यक्त गरेका छन् ।

गीतको भिडियोमा अभिनेता पुष्प खड्का र रुबिना थापालाई निर्देशक पाण्डेले अभिनय एकदमै राम्रो अभिनय गराएका छन् । उत्सव दाहालले खिचेको भिडियोलाई तेजी प्रसाईले लगानी गरेकी हुन् । गीतको भिडियोलाई चौबिस घण्टामा ६७ हजार भन्दा बढि हेरिसकेका छन् ।

कमेन्ट्स
Loading...