सुचना, समाचार र मनोरन्जन

एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए मात्र बालेनलाई हराउन सक्ने रहेछन : दीपकराज गिरी

काठमाडौं :

काठमाडौँ महानगरपालिकाको मेयर को बन्छ भन्नेमा सबैको ध्यान तानिएको छ । ठुलो दल भनिएका कांग्रेस र एमालेलाइ पछि पार्दै स्वतन्त्रबाट मेयर पदमा उठेका बालेन शाहले अग्रस्थान लिएपछि कलाकारहरुमा समेत चासोको विषय बनेको छ ।

British college

यहिक्रममा अभिनेता तथा निर्देशक दीपकराज गिरीले बालेनको पद अरुको भन्दा दोब्बर आइरहेको बेला एमाले र कांग्रेस मिलेको भए पनि बालेन एक्लेले उछिन्ने कुरा गरेका छन् ।

उनले शनिबार दिउँसो सामाजिक सञ्जालमार्फत लेखेका छन्,‘प्रारंभिक परिणाम हेर्दा काठमाडौं महानगरपालिकामा एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाइ हराउन सक्ने रहेछन ।’

उनले गठबन्धनका साथमा एमाले पनि मिलेको भए मात्र हराउन सक्ने अभिव्यक्ती दिएका छन् । उनको कमेन्टमा सामाजिक सञ्जालकर्ताले आ–आफ्नो धारण राखिरहेका छन् ।

कमेन्ट्स
Loading...