सुचना, समाचार र मनोरन्जन

संगीतकार शर्मा सम्मानित

काठमाडौं : 

‘पर्ख पर्ख मायालु’का संगीतकार सम्मानित भएका छन् । शनिबार काठमाडौमा भएको धौलागिरी सांस्कृतिक समितिले एक कार्यक्रमको आयोजना गरि शर्मालाई ‘धौलागिरी युवा सम्मान’ प्रदान गरेको हो ।

संगीतकार शर्मालाई सम्माननीय राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको हातबाट सम्मानि भएका शर्माले आफ्नो योगदानको कदर गरेकोमा आयोजकलाई धन्यवाद दिएका छन् ।

उनले भने,‘आफुले संगीत क्षेत्रमा दुइ दशक देखिको संघर्षलाई धौरागिरी सांस्कृतिक समितिले सम्झिएकोमा धन्यवाद दिन चाहान्छु । किनभने यो सम्मानले मलाई थप संगीत क्षेत्रमा लाग्न प्रेरणा प्रदान गरेको छ ।’

म्याग्दी जिल्लामा जन्मिएका शर्मा विभिन्न पुरस्कारबाट सम्मानित हुँदै आएका छन् । उनी सहित अन्य कलाकार तथा सर्जकलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो । संगीतका शर्माका ‘पर्ख पर्ख मायालु,छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए,जिन्दगीकै सवाल हुन्छ, लगायत दर्जनौ गीत हिट रहेका छन् ।

कमेन्ट्स
Loading...