सुचना, समाचार र मनोरन्जन

राष्ट्रपतिको हातबाट पाए संगीतकार दीपक शर्मा सहित दर्जनौ संगीतकर्मीले पदवी

काठमाडौं :

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेको विभिन्न मानपदवी, अलङ्कार र पदक पाउनेको सूचीमा गायक, गायिका र संगीगतकर्मीहरुले पाएका छन् ।

सोमबार राष्ट्रपति भण्डारीले गायक नन्द कृष्ण जोशीलाई सुकीर्तिमय राष्ट्रदीप दिने घोषणा गरेकी छन् । सुप्रबल जनसेवाश्रीबाट संगीतकार आलोकश्री, संगतीकार दीपक जंगम, गायक आनन्द कार्की र गायिका ज्ञानु राणालाई विभूषित गर्ने घोषणा गरिएको छ भने संगीतकार मिलन मोक्तान, गायक सिताराम पोखरेल, संगीतकार चेतनाथ सापकोटा (चेतन) र गायिका सत्यकला राईलाई प्रबल जनसेवाश्री दिने घोषणा गरिउको छ ।

जनसेवाश्री संगतीकार दिपक शर्मा, लोक गायिका सुनिता दुलाल, गीतकार बद्री पाण्डे, गायक तथा संगितकार कमल सुनार (सौराग) संगीतकार सन्तोष श्रेष्ठ, र संगीतकार सानु कान्छा शाहीलाई प्रदान गरिएको छ । सोही क्रममा नेपाल सेवा प्रवीण गायक किरण गजमेरले प्राप्त गरेका छन् ।‘पर्ख पर्ख मायालु’का चर्चित संगीतकार दिपक शर्माले जनसेवाश्री प्राप्त गरेपछि पत्रकारसँग कुराकानी गर्दै राज्यबाट पाएको यो पदवीले आफुलाई संगीतकर्ममा लाग्न थप हौशला मिलेको बताए ।

कमेन्ट्स
Loading...