सुचना, समाचार र मनोरन्जन

कांग्रेसका सांसदलाई लक्षित गर्दै दीपकराज गिरीले किन लेखे : घाँस खान छोडेर परालतिर जान्छ कोही ?

काठमाडौं : 

बुधबार विहानसम्म हरेक नेपाली तथा राजनितिक दलमा नेपाली कांग्रेसको संसदीय दलको नेताका रुपमा प्रधानमन्त्री शेर बहादुर देउवाकी कांग्रेसका महामन्त्री गगन थापा भन्नेमा थियो । हिजो देखिको चर्चा युवा नेता गगन थापाले जित्नुपर्ने भन्दै सामाजिक सञ्जाल भरिका थिए । बुधबार विहान ८ बजेसम्म धेरै नजर टेलिभिजन,सामाजिक सञ्जाल तथा समाचारमा थिए ।

तर, चुनावपछि मतपरिणाम उही देउवातर्फ सोझिएपछि कांग्रेसका सांसदलाई धेरैको गाली बर्सियो । किनभने संसदीय दलको नेताका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा देउवा ६४ मत ल्याएर विजयी हुँदा थापाले २५ मत पाए । सोही बिषयलाई लिएर कतिपयले सामाजिक सञ्जालमा व्यंग्य नै गरे ।

यता अभिनेता तथा निर्माता दीपकराज गिरीले बेला बेलामा दिदै आएको समसामयिक मुद्दामा आफ्नो विचार राख्न भ्याए । नेपाली अभिनेताहरुमध्ये देशमा के भइरहेको छ भन्ने कुरामा चासो राख्ने अभिनेताका रुपमा समेत उनी परिचित छन् । उनको भनाईहरुलाई धेरै पाठकहरुले समेत मन पराउने र आफ्ना तर्कहरु दिने गरेका छन् ।

अरु बेला जस्तै दीपकले बुधबार भएको नेपाली कांगे्रस संसदीय दलको नेताका लागि भएको चुनाव र यसको नतिजालाई लिएर व्यंग्य गर्न छोडेनन् । उनले कांग्रेस नेताले देश र संस्था परिवर्तन गर्न कांग्रेसकै सांसदले नचाहेको र पुरानै लयमा रहेको उल्लेख गरे ।

‘सरकार र शक्ति भनेको घाँस हो । परिवर्तन भनेको पराल हो,’ उनी लेख्छन्,‘घाँस खान छोडेर परालतिर जान्छ कोही ?’

कमेन्ट्स
Loading...