सुचना, समाचार र मनोरन्जन

ट्रेण्डिङमा ‘कति बस्छौ माइती कै कौसीमा’ दीपा र माग्नेको तारिफ

काठमाडौ । सफल निर्देशक तथा कलाकार दीपाश्री निरौला अभिनित ‘कति बस्छौ माइतीकै कौसीमा’बोलको गीत ट्रेण्डिङमा आएको छ । दुइ दिन अघि सार्वजनिक भएको यो गीत आज ट्रेण्डिङको सातौँ नम्बरमा आएको हो ।

गीतको भिडियोमा अभिनय गर्ने दीपाश्री निरौला र केदार घिमिरे (माग्नेबुढा)को दर्शकले तारिफ गरेका छन् । म्युजिक नेपालको आधिकारिक युटुव च्यानलबाट अपलोड भएको यो गीतको भिडियोलाई ८ सय ११ जनाले कमेन्ट गरेका छन् । जसमा सबै जसो कमेन्टकर्ताले केदार र दीपाको अभिनयको तारिफ गरेका छन् ।

राम थापाले गाएको यो गीतलाई नयाँ भर्सनमा निकालिएको छ । जसमा अन्जु पन्त र हिमाल श्रेष्ठले आवाज भरेका छन् । गीतको भ्युजलाई हेर्ने हो भने दर्शकले ३ लाख ९० हजार पटक हेरिएको छ । ‘छक्का पञ्जा टिम’कै निर्देशनमा बनेको यो भिडियोलाई टेकेन्द्र शाहले सम्पादन तथा कलर गरेका छन् ।

कमेन्ट्स
Loading...