सुचना, समाचार र मनोरन्जन

नेपाल डेण्टल एसोसिएसनको नया कार्यसमिति निर्वाचित, अध्यक्षमा डा. गुभाजु र महासचिवमा डा. गिरी

  •  
  •  
  •  
  •  

आशिष पुरी \ पोखरा –

नेपाल डेण्टल एसोसिएसन गण्डकी शाखाको बर्ष २०२१-२०२३ को नया कार्यसमिति निर्वाचित भएको छ । पोखरा न्यूरोडको सिटी स्क्याएर बैंक्वेटमा सनिबार भएको कार्यक्रममा डा. अभिषेक मान ग़ुबाजु को अध्यक्षता मा नया कार्यसमिति सर्वसम्मतिमा निर्वाचित भएको हो । संस्थाको उपाअध्यक्षमा डा. सपना लक्ष्मी तुलधार, महासचिवमा डा. सुदिप गिरी, कोषाध्यक्षमा डा. मिन बहादुर गुरुङ , संयुक्त सचिबमा डा. सुष्मिता थापा र सदस्यमा डा. बिनिता बजरचार्य, आशीष कुंवर सिंह, डा. पुरन बिशोकर्मा तथा डा. संगीता मकाजु रहनुभएको छ ।

नेपाल डेण्टल असोसीएशन दंतचिकित्सकहरूको छाता संगठन हो। करोना महामारीको उच्च जोखिममा परेको दन्त चिकित्सामा सम्पूर्ण चिकित्सकहरू सबधानी अपनाई बिरामीहरूको सेवामा समर्पित रहेकोमा खुसी व्यक्त गर्दै भाबिस्यमा पनी सतर्कता अपनाउन जरूरी रहेको र तेस्क्रममा केही समस्या आइपरेमा डेण्टल असोसीएशन सहयोगको लागी सधैं तयार भएको अध्यक्ष डा. अभिषेक मान गुबाजुले बताउनू भयो ।

गण्डकी प्रदेशभरिका दंतचिकित्सक को उत्थानको लागी बिभिन्न सी डी इ कार्यक्रम, नया डाक्टरहरू को उचित बेवस्तापनमा सहयोग तथा कुट-चिकित्सा बिरुद्ध आवश्यक कदमनै यो कार्यसमितिको मुख्य लक्ष्य भएको महासचिव डा. सुदिप गिरीले बताउनु भयो ।

कार्यक्रममा गण्डकी प्रदेशका बरिष्ट दंतचिकित्सकहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।

कमेन्ट्स
Loading...