सुचना, समाचार र मनोरन्जन

पोखराका देविलाललाई डाक्टर उपाधि

पोखरा : 

त्रिभुवन विश्वविद्यालयको आङ्गिक पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापनरत व्यवस्थापन सङ्कायका उपप्राध्यापक देविलाल शर्मा तिमिल्सिनालाई विद्यावारिधि उपाधि प्राप्त भएको छ ।

भारतको राजस्थान कोटास्थित प्रदेश सरकारद्वारा सञ्चालित राजस्थान टेक्निकल युनिभर्सिटीले शर्मालाई उपाधि प्रदान गरेको हो । शर्माले ‘गण्डकी प्रदेशका पालिकाहरूको वित्तीय स्वसक्षमता’ अध्ययन विषयमा तयार गरेको शोधपत्रका लागि उक्त उपाधि प्राप्त गरेको भारतबाट टेलिफान जानकारी गराएका हुन् ।

शर्माले उक्त विषयसँग सम्बन्धित दर्जन बढी अनुसन्धानमुलक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् । ‘स्थानीय सरकारको वित्तीय पद्धति’ नामक पुस्तक प्रकाशोन्मुख छ ।

कमेन्ट्स
Loading...