सुचना, समाचार र मनोरन्जन

सरकार दिगो नभएकाले विश्वासको मत दिनुको अर्थ छैन : धनन्जय दवाडी

  •  
  •  
  •  
  •  

पोखरा /

नेकपा एमालेका सांसद धनन्जय दवाडीले गण्डकी प्रदेशको अहिलेको सरकार दिगो नभएकाले विश्वासको मत दिन नसक्ने बताएका छन् । गण्डकी प्रदेश सभाको आठौं अधिवेशनको पन्ध्रौं बैठकमा बोल्दै दवाडीले मुख्यमन्त्रीले सत्ताका लागि जे पनि उपयुक्त छ भन्नु गलत भएको बताए । उनले भने, “गठबन्धनमा संघीयता खारेज गर्ने दलहरु छन् । यो गठबन्धन सत्ताका लागि मात्रै हो । गठबन्धन जनता प्रति जवाफदेही हुन सकेन ।”

विपी कोइरालाले दुई तिहाईको सरकार चलाइरहँदाको प्रवृतिको ध्यान दिन आग्रह गर्दै दवाडीले गिरिजा प्रसादका पालामा पनि नेपाली कांग्रेसबाटै विद्रोह भएको ध्यानार्कषण गराए । तथ्यहरुको निर्मम समिक्षा हुन जरुरी रहेको बताउँदै लोकतन्त्रका लागि नसुहाउने, न्युनतम पनि सम्मान गर्न नसक्ने सरकारको विश्वास गर्नुको कुने अर्थ नरहेको उनले बताए ।

“गठबन्धनले गरेको कामले लोकतन्त्रलाई कहाँ नेर बलियो बनाउँछ ?”, उनले प्रश्न गरेका छन् । दलहरु आउछन् जान्छन् महत्वपूर्ण कुरा प्रणाली भएको उनको तर्क छ । संसद मुलुकका जटिल राजनीतिमा भएको घटनाका बारेमा छिनोफानो गर्नका लागि मात्र भएको उनले बताए । आरोप प्रत्यारोपलाई बढवा दिएको राजनीतिको कुनै तुक नभएको उनले बताए ।

बाढी पहिरोका कारण धेरै धनजनको क्षति भएको तत्काल राहत र उद्धारका काममा लाग्न प्रदेश सरकारलाई उनको आग्रह छ ।

कमेन्ट्स
Loading...