धरान । कोभिड महामारीपछि साढे दुई बर्षपछि आयोजना भएको ‘टुबोर्ग मेगा लाइभ कन्सर्ट’ मा चर्चित व्याण्ड रविन एण्ड द न्यु रेभुलुसनले आफना हिट गीतहरुको प्रस्तुतिले चिसो मौसममा दर्शकलाई तताएका छन् ।
धरान १२ स्थित पब्लिक हाईस्कुलको खेलमैदानमा आयोजित कन्सर्टमा रविन एण्ड द न्यु रेभुलुसनले नेपाली ढाका टोपी लागएर स्टेजमा ओर्लिदै नेपाल –नेपाल बोलको आफ्नो राष्ट्रिय भावनाको गीत बाट कन्सर्ट सुरु गरेका थिए । ४ बर्षपछि धरान – कन्सर्टमा आएका रविनले ‘भेटे मैले शिवाजी,केटाकेटी पहिलो नाम , जति माया लाए पनि ,चिसो चिसो हावा दम मरो दम लगायत १ दर्जन भन्दा बढि गीत गाएर धरानेहरु नचाए ।
पुषको जाडो भएपनि हजारौ दर्शकहरु रबिन एण्ड न्यू रेभुलुसनको गीतमा पुरा मनोरञ्जन लिईरहेको देख्न सकिन्थ्यो । रबिन एण्ड न्यू रेभुलुसनबाट गायक रबिन तामाङसंगै प्रविन दास श्रेष्ठ ,हरि कृष्ण महर्जन र बिजय विश्वकर्मा स्टेजमा ओर्लिएका थिए। कोभिड पछिको आफ्नो पहिलो ओपन कन्सर्ट भएको बताउँदै गायक तामाङले सबैलाई सेफ्टीको लागि मास्क ,सेनिटाइजर प्रयोग गर्न र खोप अनिवार्य लगाउन अनुरोध गरे।
टुबोर्ग मेगा लाईभ कन्सर्टमा रविन एण्ड द न्यु रेभुलुसन सँंगै धरानको दुई स्थानीय प्रतिभाहरु हिना मल्ल बराइली र दीपिका बस्नेतले समेत आफ्नो प्रस्तुति दिए । गायिका हिनाले नेपाल आइडलको टप टेन पुगेर चर्चामा आएकी हुन् । उनको प्रस्तुतिको पनि दर्शकहरुबाट निकै प्रशंसा पाएको थियो । त्यस्तै,फ्री बर्ड्स ब्याण्डलले समेत गीतहरु गाए भने सुन्दर साउण्ड सर्भिस ,धरानको साउण्ड –लाइट पनि उत्कृष्ट रहेको थियो ।

गोविन्द राजभण्डारीले सञ्चालन गरेको कन्सर्टमा टुबोर्गको प्रस्तुति र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा यस अघि धरानमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१७ , धरान र पथरीमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८ आयोजना भईसकेको छ । मेगा लाइभ कन्सर्टको यो तेस्रो संस्करण हो ।