काठमाडौं :
इभेन्ट निर्देशक धिरज तन्डुकरलाई ’बेस्ट नेशनल डिरेक्टर’ अवार्डबाट सम्मानित भएका छन् । सोल्टीमोडस्थित विलासी हायात प्लेस होटलमा आयोजना गरिएको स्टेला प्रोफेशनल पेजेन्ट नेपाल इन्टरनेशनल फेसन एण्ड मोडल अवार्ड २०२२ कार्यक्रममा विभिन्न विधामा रहेर योगदान पुर्याउदै आएका तन्डुकरलाई ’बेस्ट नेशनल डिरेक्टर’ अवार्डबाट सम्मानित गरिएको हो ।
उनी लामो समय देखि मोडलिङ्ग तथा इभेन्ट आयोजकका रुपमा आबद्ध हुँदै आएका तन्डुकर ‘इभेन्ट बेटर ग्यालेक्सी’का सि.इ.ओ हुन । निर्देशक तन्डुकार विभिन्न उमेरका इच्छुक सहभागीहरुका लागि सशक्त बनाइ पुर्ण रुपमा सक्षम बनाउने उद्देश्यका साथ धेरै सौन्दर्य पेगेन्टहरू,मोडलिङ प्रतियोगिता र अन्य कार्यक्रमहरू आयोजना गर्दै आएका छन्।

प्याजेन्ट नेपाल इन्टरनेशनल, टच इन्टरटेनमेन्ट, स्पर्श फिल्म्स र ब्राइट इभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको उक्त कार्यक्रममा सहभागीहरुलाई ठूलो आत्मविश्वास जगाउने मात्र नभएर उनीहरूले व्यक्तिगत तथा रचनात्मक उपलब्धिहरू, स्वस्थ जीवनशैली, र समुदायको संलग्नताको कदर गर्न प्रोत्साहित गर्ने कुरामा उनी बताउँछन् ।