काठमाडौँ :
फिल्म ‘आई एम ट्वान्टी वान’ को ‘योद्धा’ बोलको गीत रिलिज भएको २४ घण्टा हुनै लागेको छ। गीतलाई यो समाचार तयार पार्दासम्म ८० हजार पटक मात्रै हेरिएको छ। त्रिशला गुरुङ र प्रसिद राजोपाध्यायको स्वर, स्वप्निल शर्माको शब्द, स्वप्निल र रोहित शाक्यको संगीत गीतमा रहेको छ ।
गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङमा फिचरिङ गरिएको छ । नयाँ वर्षको वैशाख २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा सुशान्त प्रजापतिको छायांकन,निमेष श्रेष्ठको सम्पादन छ ।
प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराको निर्माण रहेको फिल्म रेनशा राई रानाले निर्देशन गरेकी हुन् । सोमनाथ खनाल र रेनशा राई रानाको यो फिल्ममा संवाद छ । आइकोर फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो।
