सुचना, समाचार र मनोरन्जन

धिरेन शाक्य र उमा श्रेष्ठ फिचर्ड सिद्दान्तको ‘रैछौ बेइमानी’

काठमाडौँ। दर्जनौ टेलिचलचित्र , चलचित्रमा निर्माण  ब्यबस्थापक एबम २ दर्जन भन्दा म्युजिक भिडियोमा अभिनय गरिसकेका सिद्दान्त शर्मा पौडेल अब गीतकार पनि बनेका छन्  नव गीतकार पौडेलले  देवराज आले मगरको संगीत र लोकप्रिय गायिका प्रबिशा अधिकारीको आवाजमा समेटेर आफनो पहिलो गीत ‘रैछौ बेइमानी’ सार्वजनिक गरेका हुन्  ।

बिछोडको भाव बोकेको गीतमा संगीत संयोजन बिशाल निरौलाले गरेका छन। धुलिखेलको रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियोलाई  बिक्रम चौहानको निर्देशन गरेका हुन्  ।अभिनेता धिरेन शाक्य,उमा श्रेष्ठ र निरिक्षा श्रेष्ठ फिचर्ड भिडियोमा प्रकाश खड्काको  छायाँकन, मिलन बिस्वकर्माको  सम्पादन रहेको छ ।  ‘रैछौ बेइमानी’ को  भिडियो  सिद्दान्त सिने प्रोडक्सन हाउसको अफिसियल यु ट्युब च्यानल (S Cine Production House) मार्फत सार्वजनिक गरिएको हो । भिडियो सार्वजनिक  भएको केहि समयमै दर्शकहरुको
राम्रो राम्रो प्रतिक्रिया आएको छ ।

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds