सुचना, समाचार र मनोरन्जन

‘छैन केहि डर’मा धिरेन र अनिताको जोडी

काठमाडौं :

अभिनेता धिरेन शाक्य पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त छन् । सामाजिक र पारिवारिक कथासहितको सन्देश दिने खाल्का भिडियोमा अभिनय गर्दै आएका धिरेनले गौरव गिरीको निर्देशनमा बनेको ‘छैन केहि डर’ बोलको गीतमा अभिनय गरेका छन् ।

सोमबार सार्वजनिक भएको यस गीतको भिडियोमा धिरेनलाई अभिनेत्री अनिता केसीसँग जोडी बाँधिएको छ । अनिता २४ वर्षअघि निर्माण भएको फिल्म ‘कमाण्डो’मा मुख्य भुमिका निभाएकी थिइन् । एक्सन फिल्म ‘कमाण्डो’सँगै केसीले सेतोबाघ, छहारी, बसन्ती, सजायदेखि पूर्व पश्चिम लगायत दर्जनौं फिल्ममा अभिनय गरिसकेकी छन् ।

यस गीतको भिडियोमा धिरन र अनिताका साथमा नुशा खातुन, भद्रजंग कुवंर, रामलक्ष्मण विष्ट र दुर्गाचन्द ठकुरीलाई पनि भिडियोमा देख्न सकिन्छ भने बालकलाकार द्वय उमंग हुमागाइँ र उत्कर्ष हुमागाइँ रहेका छन् ।

पारिवारिक कथा समेटिएको गीतको भिडियोमा सामाजिक कामले एउटा बस्तिको प्रतिनिधित्व गर्दै शहर हिँडेको श्रीमान हराएपछि परिवारमा उनको श्रीमती र छोरामा पर्ने प्रभाव र त्यसले घर नै छोड्न बाध्य पार्ने परिस्थितिलाई जोडिएको भिडियोमा बुबा हराएपछि परिवारका अन्य सदस्यबाट बालक छोरा अपहेलित हुनुपर्दाको अवस्थालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

विशम आचार्यको आवाज छ रहेको गीतमा मुकुन्द पौडेलको शब्दमा संगीत जोसेफ शाही ठकुरीले भरेका छन् । गीतमा संगीत एरेञ्जको काम पनि गायक विशमले नै गरेका छन् ।

भिडियोतर्फ भद्रजंग कुवंरको सम्पादन रहँदा छायांकन उत्तम हुमागाइँको छ । कलरको काम श्याम कुवंरले गरेका छन् । यस भिडियोका निर्माता आर कुमार रहेका छन् ।

कमेन्ट्स
Loading...