काठमाडौं :

अभिनेत्री दीया पुनले संसारकै अग्लो शिखर सगरमाथाको चुचुरोमा पाइला राखेकी छन् । उनले शुक्रवार बिहान ८,८४८.८६ मिटर उचाईंको सगरमाथा पुगेकी हुन् ।
अभिनेत्री पुन सहित २० जनाको टोलीले एकसाथ सगरमाथाको चुचुरोमा पुगेर राष्ट्रिय झन्डा फहराएका छन् । दियाका अनुसार अहिले उनीहरु सगरमाथा आरोहणपछि सुरक्षित रुपमा साउथ कोलमा फर्केका छन्। बेलायतमा बस्दै आएकी दीयाले सगरमाथा चढ्न करीब ४० लाख खर्च गरेकी छन् ।
अभिनेत्री पुनले यसअघि नेपालको मनास्लु हिमाल र अर्जेन्टिनामा अवस्थित ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवाको पनि आरोहण गरिसकेकी छन्।