काठमाडौं :
‘पागलै भन,जे सुकै भन,जिन्दगी अब यस्तै हो,जीन्दगी अब यस्तै हो’ यो गीत नसुन्ने सायद कमै होला् ।एक दशक अघि नेपाली सांगितिक बजारमा अत्यधिक चर्चामा रहेको गीत हो । यहि गीतबाट स्रोता तथा दर्शकमाझ लोकप्रिय बनेका गीतकार हुन् डि आर राई । बि.स. २०६८ सालमा ‘भुल’एल्मबमा समावेश रहेको यो गीत अहिले पनि उतिकै चर्चामा छ ।
इलामको पशुपतिनगरमा जन्मिएका गीतकार तथा साहित्यकार डि आर राई सातौ एल्वमको तयारीमा रहेका छन् । पछिल्लो समय एउटा मात्र गीत सार्वजनिक गर्ने चलन बढिरहेको अवस्थामा पनि उनी एल्वम नै बजारमा ल्याउने जमर्कोमा रहेका छन् । बि.स. २०५९ सालमा ‘वाचा’एल्वम स्रोतामाझ लिएर आएका डिआरको दर्जनौ गीतहरु स्रोतामाझ परिचित छन् ।
काठमाडौंको अनामनगर चोकमा फोटो स्टुडियो समेत तीन दर्शक देखि सञ्चालन गर्दै आएका गीतकार राई अहिले पनि उतिकै सक्रिय रहेका छन् । ४ वर्ष अघि ‘तिलस्मी’ नामक उपन्यास बजारमा ल्याएका थिए । अहिले यो उपन्यास अंग्रेजी भाषामा समेत प्रकाशित भइसकेको छ । उनको यो उपन्यास तेस्रो संस्करणमा प्रकाशित हुने तयारीमा समेत रहेको छ । उनीसँग गीतसंगीतका साथै उपन्यासका बारेमा भोला अधिकारीले गरेको कुराकानीको बाँकी अंश :
तपाईको सांगितिक यात्रा कहिलेबाट सुरु भयो ?
मैले गीत सानै उमेरबाट नै लेख्दै आएको हो । मेरो जन्मथलो इलाम हो । त्यहाँ म स्कुल पढ्दै गर्दा गीतका शब्दहरु कोर्ने गर्थे । रेडियोबाट गीत सुनेको भरमा गीतहरु कापीमा लेख्न थालेको थिए । किशोरावस्थामा हरेक मान्छेलाई साहित्यमा रुची हुँदा मलाई पनि यतातर्फ इन्ट्रेस बढ्यो र लेख्न थाले । आफुले लेखेपछि फेरि आफैँ त्यसलाई रि–राइट गर्थे ।आफुलाई गीत लेखनमा इन्ट्रेस भएर होला बि.स २०४१ सालमा काठमाडौँ आउदा पनि गीत लेखिरहेकै हुन्थेँ । तर, मेरो शब्द रचनामा भने २०५९ मा आफ्नै लगानीमा ‘वाचा’ एल्वम निकाले । मेरो शब्द रचनामा पहिलो पटक ८ ओटा गीत समावेश गरिएको यो एल्वममा नेपालका चर्चित गायक गायिकाहरुले स्वर दिनुभएको छ । यहि गीतबाट मेरो सांगितिक यात्रा सुरु भएको हो । त्यसपछि यता मेरो अब सातौ एल्वमको तयारीमा रहेको छ ।
सानैबाट आफ्नो गीत रेडर्क हुन्छ? चर्चित गीत बन्छ भनेरै लेख्नु भएको थियो कि लेखि हेरुम न,भनेर लेख्नुभएको थियो ?
मैले कहिलै मेरो गीतहरु,कविताहरु,मुक्तकहरु प्रकाशित हुन्छ,रेडर्क हुन्छ भनेर लेखेको थिइनँ । त्यो बेला आफ्नै रहर,अनि यस्तो लेख्दा कस्तो होला भन्ने लाग्थ्यो । यसरी लेख्ने क्रम लामै समयसम्म चल्यो । अहिलेको जस्तो त्यो समयमा जताततै गीत रेडर्क गर्ने,पत्रिकामा प्रकाश गर्ने भन्ने कुनै सुविधा नै हुँदैन थियो । इलाममा कहिलेकाँही धरान सुन्सरीबाट एउटा खुल्दुली भन्ने प्रकाशित हुन्थ्यो । मैले पनि हुलाकमार्फत कविता,गीत,मुक्तहरु पठाउथेँ । यसरी पठाउदा एकदिन मेरो एउटा कविता प्रकाशित भयो । यसरी प्रकाशित भएपछि अझ हौशला मिल्यो । मैले तीन लाइन ,चार लाइन लेखेर उता पठाउदै गए । मैले पठाएको कुरा त्यहाँ पुग्थ्यो कि पुग्दैन थियो भन्ने लाग्थ्यो । तर, एउटा कविता छापिएपछि चाही पुग्ने रहेछ भन्ने लागेर अझै मेहनत गर्दै लेख्दै गए । यसरी एकपछि अर्को हौशलाले मलाई अहिले गीतकारका रुपमा चिनाएको हो ।
तपाईको नियमित लेखन चाही कहिलेकाट सुरुवात भएको थियो ? तपाईलाई कतिको याद छ?
मलाई राम्ररी याद छ नि । मैले नियमित रुपमा चाही बि.स. ४५ सालबाट हो । त्यो समयदेखि चाही मेरो गीत कविताहरुले डायरी भरिन थालेका थिए । गीत नै हो या कविता नै हो भन्ने चाही हुँदैन थिए । के हुन्थ्यो हुन्थ्यो । यहि भनेर नलेखे पनि साहित्यका शब्दहरु लेख्न चाही मैले छोडिन,लेखिरहे ।
तपाईले आफै गीत रेकर्ड गराउनु भयो कि कसैको साहारा लिनु भयो?
मैले कसैको साहाराबाट नै गीत रेकर्ड गराएको हो । म काठमाडौँ आएदेखि नै अनामनगरमा फोटो स्टुडियो खोलेर बसेको थिए । साहित्यमा पनि उतिकै रुची भएका कारण त्यो समयमा चलेका गीतकार,गायक तथा संगीतकारहरुसँग अनामनगरका चिया पसलमा भेट हुन्थ्यो । उहाँहरुसँगको भेटमा मैले पनि गीत लेखेको छु भनेर सुनाउँथेँ । तर, कसैले पनि मेरो गीतका भावहरु सुनिदिनुभएन । बरु, मलाई तैले पनि गीत लेख्छस् भनेर उडाउनु भयो । त्यो चिया पसलमा चलेका कलाकार,गीतकार र मेरै जिल्लाबासीका साथीहरु पनि त्यहाँ हुनुहुन्थ्यो । तर,मलाई गीतकार भनेको यस्तो हो,उस्तो भनेर उडाउनुभयो । मैले गीत लेख्छु भन्दा त मलाई पर पर ,पर पर बनाइदिनुभयो । अनि फेरि मैले सुन्ने हो पनि भने । मेरो गोजीमा मैले लेखेको एउटा चिर्कटो पनि थियो । मैले लेखेर बोकेको पनि थिए । मेरो गीतका शब्द नै नहेरि अनेक भनेर मलाई नमिठो बनाएपछि अब गतिलो गीत लेख्छु भन्ने मनमा इख पलायो ।
म निराश भएर बसिरहेको थिए । एक दिन भावेश भुमरी भन्ने गीतकारले गीतको एल्वम बेच्दै मेरो फोटो स्टुडियोमा आइपुग्नुभयो । उहाँलाई मैले चिनेको थिइनँ । त्यहि आएपछि उहाँसँग मेरो चिनजान भयो । गीतकार भुमरीसँग गीत कसरी निकाल्ने के गर्ने भन्ने बारेमा सल्लाह लिए । उहाँले भर्खर एल्वम निकाल्नु भएको र गीतका बारेमा जानकारी भएकाले गीत कहाँबाट कसरी निकाल्ने हो भनेर सोधेँ । उहाँसँगको आउजाउ र भेटघाट निकै बाक्लियो । त्यसपछि उहाँले मलाई त्यो समयका चर्चित संगीतकार रत्न बहादुर खड्गीकोमा लगिदिनुभयो । मैले उहाँबाट नै हो गीत निकालेको ,यहाँ सबै मान्छेहरु आउने ठाउँ हो भनेर मलाई संगीतकार रत्न सरकोमा पुर्याउनुुभयो । आफु त पसल भएको मान्छे एकछिन भनेर गएको दुइ तीन घण्टा त्यहि बितिहाल्यो । उहाँसँग मेरो निकै भेटभाट र बोलचाल भयो । उहाँसँग म निकै नजिकिए । उहाँबाट नै हो मैले पहिलो गीत रेडर्क गरे पनि ।
संगीतकारसँगको पहिलो भेट कस्तो रह्यो ? तपाईलाई आफ्नै जिल्लाबासी गायक,गीतकारहरुले नपत्याएको मान्छे ।? उहाँसँगको अनुभव सुनाइदिनु न ?
मलाई त एकदमै राम्रो लाग्यो । सोचेको भन्दा पनि । मैले अघि नै भनिसके तपाईलाई,म एकछिन भनेर गएको मान्छे दुई तीन घण्टा नै त्यहाँ बिताए । त्यो समयका चलेका गायिका सपनाश्री,रबिन शर्मा,पवित्रा सुब्बा लगायत थुप्रै गायकहरु रत्न सरसँग स्वर प्राक्टिस गर्न भनेर आउदा रहेछन् । उनीहरुसँग पनि मेरो भेट भयो । त्यहाँ मेरो आउजाउ निकै बाक्लिएपछि मैले पनि म गीत लेख्ने गरेको छु भनेर सुनाएँ । उहाँले खोइ लेउ त डिआर भाई । संगीत गर्ने खाल्को छ कि छैन भन्नु भयो । उहाँले लेउ भनेपछि आफुलाई यति खुसी भए कि कुरै छैन । अनि रातभरि लेख्दै मेट्दै गर्न थाले ।
अनि फाइनल बनाएर भोली पल्ट रत्न सरकोमा पुगे । त्यहाँ पुगेपछि उहाँले कसले लेखेको भन्नुभयो । उहाँको जवाफ स्वरुप मैले लेखेको भने । यतिको लेख्ने मान्छे त्यतिकै बसेर हुन्छ भनेर संगीत भर्न थाल्नुभयो । त्यो बेलामा मैले ‘समयलाई चिन्न नसक्दा ठुलो भुल भएछ’ भन्ने लेखेको थिए । सोही गीतलाई उहाँले संगीत भर्न थाल्नुभयो । ओ हो उहाँले मेरो शब्दमा संगीत गरेको सुन्दा त म के भए भए । उहाँले मलाई अगाडी राखेर संगीत सुनाउनुभयो । त्यसपछि मैले पहिलो पटक रेकर्ड गरेको यहि गीत थियो ।
यो तपाईको पहिलो एल्वम ‘वाचा’ भन्नेमा समावेश भएको गीत हो जस्तो लाग्छ ? कि कसैको एल्वममा समावेश गर्नु भएको थियो ?
हो, यहि एल्वममा समावेश गरेको गीत हो । जुन एल्वममा ८ ओटा गीत छन् । यो एल्वममा पहिलो पटक नै राजेश पायल राई, सपनाश्री,पवित्रा सुब्बा लगायतले गाउनु भएको थियो । जुन एल्वमका सबै गीतमा रत्न सरले नै संगीत भर्नुभएको छ ।
पहिला र अहिलेको संगीतमा के फरक छ ?
मैले थाहा पाउँदा संगीतकारहरुले जस्तो सुकै मै हूँ भन्ने गायकहरुलाई हामोनियम अगाडी राखेर गीतमा मिठास नआउन्जेल गाउन लगाउथेँ । उसको गीतमा स्वर फिट नहुन्जेल हप्ता महिना दिनसम्म प्राक्टिस गराउने चलन थियो । अहिले जस्तो ट्रयाक तयार पारेर उता पठाएर रेकर्ड गर्ने भन्ने थिएन । पहिला गीतमा गायक गायिकाहरुले मेहनत गर्ने भने अहिले त एकैछिनमा गीत गायो हिडिहाल्यो । यहि फरक छ ।
तपाईले उपन्यान तिलस्मी पनि बजारमा ल्याउनु भएको छ । तपाईको गीतकार हुँदा हुँदै उपन्यासतर्फ कसरी मोडिनुभयो ?
मलाई केहि न केहि गरौँ भन्ने लाग्छ । मेरो रुचिको पनि वियष भएका कारण यो लेखेको हो ।
पाठकबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
एकदमै राम्रो । पहिलो र दोस्रो संस्करण सकियो भन्ने सुनेको छु, तेस्रो संस्करण प्रकाशनको तयारीमा छ ।
अन्तमा : उपन्यासले निरन्तरता पाउँछ कि के हुन्छ ?
मेरा उपन्यासहरु केहि तयारी भइरहेका छन् । पाठकमाझ छिट्टै नै आउँछ । यो काम रोकिदैन ।
