सुचना, समाचार र मनोरन्जन
kumdini

वातावरण दिवस कर्मकाण्डी मार्काबाट माथि उठोस्

डा.सुन्दर पौडेल /विचार

                                                                          सन्दर्भ : विश्व वातावरण दिवस…

संयुक्त राष्ट्र सङ्घको वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आएको पाइन्छ । लगभग आधा शब्ताब्दीको हाराहारी भयो वातावरण दिवस मनाउन थालिएको यद्यपि अझै चेतनामूलक कार्यक्रमको आवश्यक खट्किएको छ । यस वर्ष ‘केवल एक पृथ्वी’ र ‘प्रकृतिसँग मेलमिलापमा दिगो रूपमा बाँच्ने भन्ने अन्तर्राष्ट्रिय नारा तय गरिएको छ । नेपालले भने ‘दिगो प्रकृतिमैत्री जीवनयापनः पृथ्वीको संरक्षण’ भन्ने नारा तय गरेको छ । यद्यपि दिवस सकिएपछि नारा विर्सने सनातन शैली कायम नै छ । गत वर्ष विश्व वातावरण दिवसले पर्यावरणीय पुर्नस्थापना भन्ने नारा तय गरेको थियो । नारा सार्थक भयो या भएन यसको लेखाजोखा आवश्यक छ ।

सन १९७२ मा स्विडेनको स्टकहोममा आयोजित वातावरण संरक्षणसम्बन्धी सम्मेलनमा तय गरिएको नारा ‘केवल एक पृथ्वी’ ५० वर्षपछि फेरि पुनर्जारण गरिएको छ । जसले मानव जीवनका लागि पृथ्वीको महत्व कति छ भन्ने कुराको महत्वलाई थप प्रकाश पारेको छ । पृथ्वीको संरक्षणमा मान्छेले गर्ने क्रियाकलाप सुधार गर्नुपर्ने कुरालाई सङ्केत गरेको छ । हाम्रो आचारण वातावरणमैत्री बनाए मात्रै पृथ्वीको संरक्षण एवम् मानव सभ्यताको अस्तित्व कायम रहने कुरामा दुईमत छैन् । विश्व वातावरण दिवस मनाउने संघसंस्थाले सचेतनामूलक कार्यक्रम मात्रै गरेर पुग्ने अवस्था छैन् । क्रियात्मक अभियानमा निरन्तर निरन्तर नागरिकलाई प्रोत्साहित पनि गर्न आवश्यक छ ।

हामीले खाने खाना, पिउने पानी, फेर्ने सास वातावरणका अमूल्य उपहार हुन् । विश्व वैंकको अनुदानमा पनि यो विनिमय र अनुवाद हुन सक्दैन् । वातावरणको शक्ति हेर्ने हो भने यो विना मानव सभ्यता र मान्छेको चोला छिनभर मै अस्तितवविहीन हुन्छ । यति मात्रै होइन प्रकृतिमा निर्भर रहेका जीवजन्तु र बोटविरुवा पनि वातावरण विना टिक्न सक्दैनन् ।

वातावरण शब्दको अर्थ मात्रै छैन्, यसको मर्म र शक्तिको तरेलीमा थुप्रै भाष्यहरु छिपेर रहेका छन् । खासमा वातावरण वातको आवारण नै हो । वायु वा हावाको आवरणमा यसलाई बुझन् सकिन्छ । यसको मर्म गम्भीर छ । हामीले खाने खाना, पिउने पानी, फेर्ने सास वातावरणका अमूल्य उपहार हुन् । विश्व वैंकको अनुदानमा पनि यो विनिमय र अनुवाद हुन सक्दैन् । वातावरणको शक्ति हेर्ने हो भने यो विना मानव सभ्यता र मान्छेको चोला छिनभर मै अस्तितवविहीन हुन्छ । यति मात्रै होइन प्रकृतिमा निर्भर रहेका जीवजन्तु र बोटविरुवा पनि वातावरण विना टिक्न सक्दैनन् ।

वातावरण भन्नाले आमरूपमा प्राकृतिक तत्वहरूलाई बुझाउँछ । तर हाम्रो पृथ्वीमा रहेका प्राकृतिक तत्वहरू र मानव निर्मित कृत्रिमतत्वहरूको सम्पूर्ण स्वरूप नै वातावरण हो । प्राकृतिक र कृत्रिमतत्व एक अर्कामा आश्रित रही एक आपसमा निरन्तर अन्तरक्रियागर्दै सद्भाव र सङ्गति राख्नु नै वातावरणीय प्रकृति हो । हामी मानव जातिको क्रियाकलापले नै वातावरण असन्तुलनमा ठूलो हात रहेको छ । दुई वर्ष पहिलेकोे विषमतापूर्ण कोरोना महामारी हामीले भोगेको तत्कालीन वातावरणीय सभ्यता हो । मानव अस्तित्वमाथिको धावा हो, कोरोना महामरी । यसघडी विश्व अतिवृष्टी अनावृष्टी, बाढी पहिरो, आगजनी, चक्रवात हावाहुरी जस्ता समस्याले ग्रसित छ ।

हरेक वर्ष नेपालमा मनसुनको सुरुवातसँगै विश्व वातावरण दिवसको शुभदिन परेको हुन्छ । वातावरण दिवस मनाएर देखाउने कर्मकाण्डी भन्दा पनि वातावरण विनासमा निम्त्याउन सक्ने विपद्लाई कसरी व्यवस्थापन गर्ने भन्ने कुराले महत्व राखेको हुन्छ । यो ब्रह्माण्डको एक भूगोल नेपाल पनि वातावरणीय समस्या र सास्तीबाट पृथक् छैन् । तीव्र रूपमा वृद्धि भएको जनसंख्या, आधुनिककरणका नाममा अप्राकृतिक तत्वसँगको सामिप्यता, गरिबीको बढ्दो चाप तथा अव्यवस्थित सहरीकरणले वातावरण संरक्षणमा नकारात्मक असर पारेको छ । घना सहरी क्षेत्रबाट निस्कने फोहर मैलाको उचित विसर्जनको अभाव, औद्योगिक क्षेत्रबाट बाहिरिने फोहर मैला तथा ढल तालतलैया नदीनालामा निर्वाध रूपले मिसाउनु जस्ता गतिविधिले जैविक विविधतामा गम्भीर असर पारेको छ । फलस्वरूप मानव सभ्यता र जीवन जगत दिनानुदिन कष्टकर बन्दै गइरहेको यथार्थलाई नकार्न मिल्दैन् ।

British college

वातावरण मुद्धाको समाधान समयमा नै नभएमा भावी पुस्ताले अस्तित्वको सामना गर्नुपर्ने हुन्छ । तसर्थ नयाँ वातावरणमैत्री प्रविधिलाई अनुशरण गर्दै परम्परागत रहनसहन धार्मिक, साँस्कृतिक धरोहरको संरक्षण गर्दै नयाँ विकास निर्माणका पूर्वाधारको लागि वातावरणीय सचेचना अप्नाइ सम्पूर्ण वातावरण र मानवजीवनका क्षेत्रहरूमा परिहरेका असरलाई कम गर्ने साथै भावी पिँढीको लागि भूस्थानीय पर्यावरणको दिगो विकासको लागिपर्यावरण र मानवविचको असीम अन्योन्याश्रित सम्बन्ध, वातावरण्ीय शिक्षा जनचेतना र क्षमता अभिवृद्धि गरी आर्जन आर्जित चेतनाले मानव जीवन र वातावरणबिचको सम्बन्धलाई सुमधुर बनाउँदै स्वच्छ वातावरण स्वस्थ मानवीय जीवनको परिकल्पना गर्नु नै वातावरण दिवसको शिक्षा हुनेछ । मानव जीवनविना प्रकृति रहन सक्छ अझ् खुशीहुन सक्छ । तर प्रकृति विना मानवजी वनखुशी नै हुँदैन र अस्तित्व नै सम्भव छैन् । प्रकृति नै हाम्रो आधार हो साथै अस्तित्व हो ।

हामी भर्खरै सम्पन्न भएको स्थानीय तहको चुनाव र आउँदो प्रदेश र प्रतिनिधिसभाको चुनावको संघारमा छौं । साथै अर्ली मनसुनको सिजन सँगै स्थानीय तहको मुख्य मुद्धा नै आकासमिक प्राकृतिक प्रकोप न्यूनीकरणमा ध्यान दिँदै विपद् व्यवस्थापनलाई पनि ध्यान दिनुपर्छ । समस्या बाजाबजाएर आउँदैन, पूर्व तयारी गर्नु नै बुद्धिमता हो । जसले जनधनको क्षतिमा न्युनीकरण गर्छ । प्रकृतिको संरक्षणको दिगो उपायको लागि गाउँघरबाट नै प्राकृतिक संरक्षण शिक्षा र कार्यान्वयनमा जोड दिन आवश्यक छ । जसले वातावरण दिवसको महत्व र घनत्वलाई सार्थक र सफल बनाउँछ ।

वाग्मती र विष्णुमतीको हविगत, धुलो अनि धुँवाले ग्रसित फोक्सो, ध्वनि प्रदूषण र कर्कश आवाज, कंक्रिटको जंगल, दूषित पानी, कृत्रिम र प्रशोधित जीवनचर्याले हामीलाई केवल प्लाष्टिकको वास्नारहित फूलमा सीमित गरिदिएको छ । मानव जीवन बोनसाइन र कलमीमा खुम्चिएको छ । मानव सभ्यतालाई वातावरणले ठाडो चेतावनी दिइसकको छ ।

समकालीन समय पद, प्रतिष्ठा र पैसाको चक्रव्यूहमा अल्झिएको छ । प्रकृतिले हामीलाई माटो, हावा र पानीको वरदान दियो तर प्राप्त उपहारको जतन न हामीले गर्न सकेका छौं न त भावी पुस्ताका लागि संरक्षण नै गरेर राख्न सकेको छौं । मानव पुर्खाले हजारौं वर्षदेखि प्रकृतिसँग अनवरत संघर्ष गर्दै आएको सत्यलाई हामीले वेवास्ता गरेका छौं । महल र झुपडीमा बस्ने मान्छेको दूरी बढेको छ । वर्गीय असमानताको खाडल गहिरिदै गएको छ । अन्याय अत्याचारको चुली ठडिदै गएकोे छ । यद्यपि धरातलीय यथार्थलाई नियाल्ने हो भने हामी अडिएको माटो, हिँडेको बाटो, पिउने पानी, फेर्ने सास, हेर्ने आकाश अनि घाम र जुन त्यही हो । प्रकृतिले मानिसलाई दिएको कृपामा पनि विभेदका रेखा कोरिएका छन् ।

पुँजीवाद र उपभोक्तावादी संस्कृतिले हामीलाई गाँजेको छ । पर्यावरणीय स्वच्छताबाट हामी वञ्चित हुँदै गएका छौं । यसको ज्वलन्त दृष्तान्तका लागि मुलुकको राजधानी सहर काठमाडौं नै काफी छ । वाग्मती र विष्णुमतीको हविगत, धुलो अनि धुँवाले ग्रसित फोक्सो, ध्वनि प्रदूषण र कर्कश आवाज, कंक्रिटको जंगल, दूषित पानी, कृत्रिम र प्रशोधित जीवनचर्याले हामीलाई केवल प्लाष्टिकको वास्नारहित फूलमा सीमित गरिदिएको छ । मानव जीवन बोनसाइन र कलमीमा खुम्चिएको छ । मानव सभ्यतालाई वातावरणले ठाडो चेतावनी दिइसकको छ । प्रकृतिले दिएको वरदानको अत्याधिक दोहन गर्दा मानव जीवनले पटकपटक चेतावनी सामाना गरेको छ । हिमतालहरू फुट्नु, पहाडमा पहिरो, तराईमा बाढी, जंगलमा आगजनी, आदिका कारण पर्यावरीय असर परेको छ । जीवजन्तु, चराचुरुङ्गी, वनस्पतिको अस्तित्वमा समेत खतरा सिर्जना भएको छ ।

प्रकृतिलाई माया मात्रै गर्न सकेको खण्डमा पनि हावा र पानीको जतन गर्न सक्छौं जसले गर्दा स्वच्छ वातारण पाउन सक्छौं । भावी सन्तानलाई प्रकृतिप्रेम सिकाउन अपरिहार्य छ । मानव जाति नभए पनि पृथ्वीको लय चलिरहन्छ तर पृथ्वी नै भएन भने मानव जीवनमा प्रलय आउँछ भन्ने तत्वबोध मात्रै भयो भने पनि वातावरण सुधारमा प्रगति हुनेछ । वातावरण दिवसको सार्थकता कायम रहने छ । दिनप्रतिदिन जैविक विविधतामाथि संकट थपिएको छ ।

पृथ्वीलाई माया गर्नु भनेको हामी उभिने धरतीलाई माया गर्नु हो । दार्शनिक रुसोले भने जस्तै प्रकृतितर्फ फर्किनु हाम्रो कर्तव्य भएको छ । प्रकृतिलाई माया मात्रै गर्न सकेको खण्डमा पनि हावा र पानीको जतन गर्न सक्छौं जसले गर्दा स्वच्छ वातारण पाउन सक्छौं । भावी सन्तानलाई प्रकृतिप्रेम सिकाउन अपरिहार्य छ । मानव जाति नभए पनि पृथ्वीको लय चलिरहन्छ तर पृथ्वी नै भएन भने मानव जीवनमा प्रलय आउँछ भन्ने तत्वबोध मात्रै भयो भने पनि वातावरण सुधारमा प्रगति हुनेछ । वातावरण दिवसको सार्थकता कायम रहने छ । दिनप्रतिदिन जैविक विविधतामाथि संकट थपिएको छ । दिवस मनाउन सुरु गरे यताका ५० वर्षमा ६० प्रतिशत वन्यजन्तुको संख्या घटेको तथ्याङ्कले बताउँछ । हामी बाँच्नका लागि पनि पृथ्वीलाई बचाउनु अपरिहार्य छ ।

क्यालेन्डरको पानासँगै ५ जुन त आउँछ जान्छ तर वातावरण सन्तुलनमा खलल आउने क्रम पनि जारी रहन्छ । वातावरण दिवसले सचेतना ल्याउने र संरक्षण प्रक्रियालाई तीब्र पारेर नयाँ शिराबाट प्राकृतिक पुर्नस्थापना गर्दै नलाने हो भने मानव अस्थित्व धुँवा, धुलो, फोहर मैलाविचमा मास्क लगाएर बाँच्न पर्ने अवस्थाको अन्त्य हुने छैन् । केवल विश्व वातावरण दिवस कर्मकाण्डी नबनोस्, वातावरण सुधार र संरक्षणको कार्यान्वयनको आम आवाजबनोस् ।

हाम्रो जस्तो विकासोन्मुख मुलुक राजनीतिक खितानी प्रतिशोधबाट माथि उठेर देश जनता र वातावरण आदिसँग जोडिएका गहन विषयमा वहस मात्रै होइन कार्यान्वयनमा जानु पर्नेछ । नत्र सदा झै विकास बजेटको पूर्ण प्रयोग नहुँदा जनतासँग सम्बन्धित सरोकारका विषय ओझेलमा पर्ने निश्चित प्राय छ । क्यालेन्डरको पानासँगै ५ जुन त आउँछ जान्छ तर वातावरण सन्तुलनमा खलल आउने क्रम पनि जारी रहन्छ । वातावरण दिवसले सचेतना ल्याउने र संरक्षण प्रक्रियालाई तीब्र पारेर नयाँ शिराबाट प्राकृतिक पुर्नस्थापना गर्दै नलाने हो भने मानव अस्थित्व धुँवा, धुलो, फोहर मैलाविचमा मास्क लगाएर बाँच्न पर्ने अवस्थाको अन्त्य हुने छैन् । केवल विश्व वातावरण दिवस कर्मकाण्डी नबनोस्, वातावरण सुधार र संरक्षणको कार्यान्वयनको आम आवाजबनोस् । यस अवसरमा सम्पूर्ण वातावरणीय पक्षहरू विचका अन्तर सम्बन्ध अरू प्रगाढ बनोस् । पर्यावरणीय चक्र अरू विकृत नबनोस हामी सबै पृथ्वीवासीलाई हार्दिक शुभकामना ।

paudelsunder@gmail.com

कमेन्ट्स
Loading...