सुचना, समाचार र मनोरन्जन

शासकीय सनकलाई सर्वोच्चको सबक

  •  
  •  
  •  
  •  

सम्पादकीय/ 

प्रतिनिधिसभा विघटनको दोस्रो दुस्साहसलाई सर्वोच्चले खारेज गरिदियो । असार २८ को परमादेशले अदालतप्रतिको आस्था चुलिदाँ संविधानको रक्षा समेत भएको छ । मध्यरातमा गरिएको जालसाजीको पर्दाफास भएको छ । १ सय ४६ सांसद सर्वोच्चको अदालतको आँगनमा भेला भएको दृश्य शितल निवासले नदेखे पनि अदालतको आँखीझ्यालले देख्यो । मुलुकको कार्यकारी प्रमुख र राष्ट्रप्रमुखका अनावश्यक हर्कतलाई सर्वोच्चले सबक सिकाई दियो । फैसलाले संविधानभन्दा माथि राष्ट्रपति र प्रधानमन्त्री छैनन् भन्ने प्रमाणित पनि गरेको छ । ओलीको दम्भ र घमण्ड हजार डिग्री तापक्रममा उम्लिरहेको दूध जस्तो थियो । लोकसेवा आयोगको परीक्षा उत्र्तीण गरेर आए झै प्रधानमन्त्री पद जुनीभरिका लागि भन्ने धङ्धङ्गीबाट उनी मुक्त हुन भएनन् । आसेपासेले उनलाई सही सल्लाह दिएनन् । सर्वज्ञानी हुँ भन्ने भावनाले उनी ग्रसित बने । झण्डै दुईतिहाइको शक्तिशाली सरकार र पाँच वर्षका लागि लाहाछाप लगाएको प्रधानमन्त्री पदलाई उनले जतन गरेनन् । यसले नेपालको राजनीतिक इतिहासमा कुनै सरकारले पनि आफ्नो पूरा आयुको वायु लिन नसकेको पुष्टि गरेको छ । परमादेशले तानाशाहरूका सम्पूर्ण सनक र सपनालाई चकनाचुर बनाइदिएको छ । बालुवाटारदेखि बालकोटको यात्रा रथारोहण गरेर टुङ्गिएको छ ।

ओलीको दम्भ र घमण्ड हजार डिग्री तापक्रममा उम्लिरहेको दूध जस्तो थियो । लोकसेवा आयोगको परीक्षा उत्र्तीण गरेर आए झै प्रधानमन्त्री पद जुनीभरिका लागि भन्ने धङ्धङ्गीबाट उनी मुक्त हुन भएनन् । आसेपासेले उनलाई सही सल्लाह दिएनन् । सर्वज्ञानी हुँ भन्ने भावनाले उनी ग्रसित बने ।

पाँच दलको गठबन्धनले ओलीको हर्कतका विषयमा सडक आन्दोलन गरेर हजारौं कार्यकर्तालाई प्रदर्शनमा उतार्दा समेत ओलीले आफ्नो भूल सुधारमा ध्यान दिन सकेनन् । तर अदालतको असार २८ को एउटै झट्काले उनको राजनीतिक भविष्य खलनायकमा रूपान्तरण गरिदिएको छ । आफ्नै कार्यकायलमा दुईपटक प्रतिनिधिसभा विघटन गरेका ओलीको सनकलाई सर्वोच्चको ऐतिहासिक फैसलाले थप्पड हानिदिएको छ । समग्रमा न्यायपालिकाले विधिको शासन स्थापना गर्ने मार्गचित्र कोरिदिएको छ । देश र जनताको जितलाई अनुमोदन गरिदिएको हो ।

पूर्व राजा ज्ञानेन्द्रले नेता हुने अभिलाषा राख्दा दरबारबाट मोटर चढेर नागार्जुन पुगेको सत्य ताजै छ । ओलीले राजा बन्ने सपना देख्दा बालुवाटारबाट बालकोट सवारी हुनु प¥यो । ओलीलाई दुईवटा हातमा तीनवटा लड्डु प्राप्त भएको थियो । भुईंको टिप्छु भन्दा गोजीको पोखिएको होश नै भएन् । वास्तवमा उनको वर्हिगमनले मुलुकलाई नोक्सान र राज्य ऋणको भार बोकाएर गएको छ । ४० महिना पहिले ल्याम्पपोष्टमा फोटो टाँसेर ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा तय गरेर नयाँ युगको सुरुवात भएको घोषणा गरे पनि आखिर त्यो वर्षाद्को भल वा सो सरह भएर सुक्यो ।

ओलीको अधिनायकवादी चरित्रको बर्को उदाङ्गिएको छ । ब्यालेटबाट अनुमोदित भएका ओलीले आफ्नो सानलाई कायम राख्न सकेनन् । उनले बालुवाटारमा सारङ्गी साँझ आयोजना गरेर राष्ट्रियताको गान गाए पनि राष्ट्रवादी चरित्र देखाउन सकेनन् । देशलाई आफ्नै जमिनको लालपूर्जा ठाने, नागरिकलाई हरुवा चरुवाको व्यवहार देखाएर राज्यको मुल कानुन संविधानलाई डमरु बनाउनु नै उनको पतनको बेञ्चमार्क बन्यो । पूर्व राजा ज्ञानेन्द्रले नेता हुने अभिलाषा राख्दा दरबारबाट मोटर चढेर नागार्जुन पुगेको सत्य ताजै छ । ओलीले राजा बन्ने सपना देख्दा बालुवाटारबाट बालकोट सवारी हुनु प¥यो । ओलीलाई दुईवटा हातमा तीनवटा लड्डु प्राप्त भएको थियो । भुईंको टिप्छु भन्दा गोजीको पोखिएको होश नै भएन् । वास्तवमा उनको वर्हिगमनले मुलुकलाई नोक्सान र राज्य ऋणको भार बोकाएर गएको छ । ४० महिना पहिले ल्याम्पपोष्टमा फोटो टाँसेर ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा तय गरेर नयाँ युगको सुरुवात भएको घोषणा गरे पनि आखिर त्यो वर्षाद्को भल वा सो सरह भएर सुक्यो ।

व्यवस्थापिका र कार्यपालिकालाई जुत्ताको तलुवा सरह ठान्ने ओलीलाई न्यायपालिकाले राजकाज चलाउने काइदाको पाठ पढाइदियो । न्यायलयको गरिमा र गौरवलाई धज्जी उडाउने ओलीको अहङ्कारलाई खारेज गर्दै प्रधानमन्त्रीबाटै बर्खास्त गरिदिएको छ । पद्धतिको पछाडि सनकको कुनै अर्थ रहँदैन भन्ने प्रमाणित भयो । संविधानको पालक संस्था राष्ट्रपति कार्यालयको जग र जरा पनि हल्लाइदिएको छ । संवैधानिक अस्थिरता सिर्जना गरेर अध्यादेशबाट देश चलाउने उनको सन्की शासकीय शैली त्रुटीपूर्ण देखियो । सिंहदरबारबाट चाल्नु पर्ने शासन बालुवाटार र शितलनिवासको गुप्तस्थानबाट चल्नु दूर्भाग्य थियो । पार्टी र सरकार दुवै चलाउन उनी पूर्णत असफल भए । ओलीका लागि ओम्नी र यति समूह नै प्रिय बने जसका लागि उनले राज्य संयन्त्रको चरम दूरपयोग गरे । प्रचण्ड बहुमत र दुई तिहाइको शक्तिशाली सरकारको नेतृत्व गरेका ओलीले सत्ताको नरिवलभित्र पानी हुन्छ भन्ने तत्वबोध गर्न चुके ।

संवैधानिक अस्थिरता सिर्जना गरेर अध्यादेशबाट देश चलाउने उनको सन्की शासकीय शैली त्रुटीपूर्ण देखियो । सिंहदरबारबाट चाल्नु पर्ने शासन बालुवाटार र शितलनिवासको गुप्तस्थानबाट चल्नु दूर्भाग्य थियो । पार्टी र सरकार दुवै चलाउन उनी पूर्णत असफल भए । ओलीका लागि ओम्नी र यति समूह नै प्रिय बने जसका लागि उनले राज्य संयन्त्रको चरम दूरपयोग गरे । प्रचण्ड बहुमत र दुई तिहाइको शक्तिशाली सरकारको नेतृत्व गरेका ओलीले सत्ताको नरिवलभित्र पानी हुन्छ भन्ने तत्वबोध गर्न चुके ।

२ सय ८ औं भानुजयन्ती मनाइरहँदा देउवाले प्रधानमन्त्रीको सपथ लिए । इतिहासमा शासकहरू पानीका फोकाजस्ता भएर फुटेका छन् भने स्रष्टाहरू वरफका ढिक्का जस्ता भएर स्मरण योग्य बनिरहेका छन् । देउवा पाचौं पटक प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुँदा पटकपटक सगरमाथा चढेर कीर्तिमान कायम गरे जस्तो मात्रै नहोस् । गणतन्त्र र विधिको शासनलाई संस्थागत गराउन उनको पहल आवश्यक छ । देउवाका लागि फेरि एकपटक इतिहास रच्ने दाउ लागेको छ । प्राप्त मौकालाई सदुपयोग गरेर राजनेताको दर्जामा दर्ता हुने महान् सम्भावना छ । यद्यपि जनजीविकाका मुद्धालाई सम्बोधन गर्ने गम्भीर चुनौती पनि साथमै छ ।

अचानकको अवसरलाई उनले देश र जनताका नाममा सदुपयोग गर्नु नै उचित हुनेछ । देउवा गठबन्धनको सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत नपाए चुनावी सरकारमा अनुवाद हुने छन् । उनले ओलीका हर्कतलाई सच्याउँदै विधि र व्यवस्थापनमा ध्यान केन्द्रित गर्नुपर्छ । आफ्नै दलभित्रको गुट उपगुटको यथोचित व्यवस्थापन गर्दै समीकरणलाई कसिलो बनाउनुपर्छ । अध्यादेशबाट चलेको शासनलाई लिकमा ल्याउँदै अवैध नियुक्तिलाई खारेज गर्नुपर्छ । नागरिकका लागि खोप, सेवाप्रवाहको चुस्तता, महङ्गी नियन्त्रण, सुशासन कायम, भ्रष्टाचार न्युनीकरण र राज्यकोषको चरम दूरुपयोग मात्रै रोकियो भने उनी इतिहासमा सफल प्रधानमन्त्री रहने छन् । विगतका दाग मेट्ने अवसर पनि हो देउवालाई, अब गल्ती गर्ने छुट छैन् ।

ओलीको कोर्षलाई सर्वोच्चले गत फागुन मै सच्चाइदिएको थियो । तर उनले बिर्सनु पर्ने कुरा सम्झिरहे भने संझनु पर्ने कुरा बिर्से । कामचलाउले काम गर्ने हो विघटन गर्ने होइन भन्ने हेक्का नभएको हुँदा परिस्थितिले कोल्टे फे¥यो । ओली सत्ता बाहिर रहे पनि नेकपा एमालेका अध्यक्ष हुन्, उनको दल संसदको मेरुदण्ड नै हो । राष्ट्रिय राजनीतिमा एमालेको आफ्नै स्थान छ । ओलीको अमिलो बोली र विषाक्त कटाक्ष अब रोकिनु पर्छ । पार्टी भित्रको घरझगडा मिलाएर, गहन समीक्षा गरेर मुख्य मुद्धामा केन्द्रित हुन फेरि पनि आनाकानी गरेमा उनको दललाई राजनीतिक नोक्सान हुने छ,त्यो आगामी दिनमा हुने चुनावले प्रमाणित गर्नेछ । ओली प्रवृत्ति वादमा रूपान्तरण हुनबाट बचाउन पार्टीले पनि गम्भीर बहसको थालनी गर्न आवश्यक छ । शासनसत्ताको जनादेश पाएका ओलीलाई परमादेशको भ¥याङले झारिदिएको तथ्यलाई मनन गर्न अपरिहार्य छ । राजनीतिक दलले सर्वोच्चको फैसलालाई आत्मसाथ गरेर देश र जनताको पक्षमा लाग्नुको विकल्प छैन् । नेपालको राजनीतिलाई अदालतले मुल बाटोमा ल्याइदिएको छ । परमादेशको १ सय ६७ पृष्ठ लामो दस्तावेज भोलिका दिनमा नजिर भएर रहने छ भने आफ्नो अनुहार नहुने शासकका लागि हेर्ने ऐना बन्ने छ । अब राजनीतिले लय र लिपि समात्नुपर्छ, त्यसलाई गतिशील राजनीतिक दलले बनाउनुपर्छ ।

कमेन्ट्स
Loading...