सुचना, समाचार र मनोरन्जन

ओमिक्रोन आगमनलाई निषेध गरौं

सम्पादकीय /

कोभिड–१९ को महामारीले बितेका दुई वर्ष विश्व मानव जगतलाई हायलकायल पारिसकेको छ । अर्थतन्त्र शिथित त भयो भयो नै लाखौं मानवले आफ्नो चोला गुमाए । कोरोनाका नयाँ नयाँ स्वरूपले फेरि पनि सन्त्रासको बतास चलेको छ । डेल्टा र ओमिक्रोन भेरियन्टका प्रजातिले युरोप, अफ्रिका, अमेरिका र भारतमा खतराको घण्टी बजाइसकेको छ । भारतसँग खुल्ला सिमाना भएको नेपाल पनि यसबाट अछुतो रहने छैन् । समयमै चिन्ता र चासोको विषय भएन भने फेरि पनि महामारीको डढेलोमा नेपाली पर्ने छन् । भारतमा एक दिनमै १ लाख भन्दा बढीमा कोरोना पुष्टि हुँदा मृत्युदर हजारको हाराहारीमा उकालो लागिसकेको छ । कोरोना सङ्क्रमणको ग्राफ ह्वात्तै बढेको छ । ओमिक्रोनको आगमनलाई समयमै निषेध गर्नु नै बुद्धिमता हुने देखिन्छ । यसका लागि अविलम्ब खोपको डोजलाई कार्यान्वयन गर्नुपर्छ । सरकार संसद, सभामुख, एमसिसी, न्यायलयको किचलोबाट माथि उठेर सिसिएमसीतिर केन्द्रित हुनुपर्ने परिस्थिति देखिएको छ । ओमिक्रोन रोकथामका र नियन्त्रणका लागि समयमै अस्पतालको अवस्थालाई सुधार गर्नु पर्नेछ । विगतबाट गम्भीर पाठ सिकेर कार्यान्वयनमा जुट्न ढिलासुस्ती गर्नु हुँदैन्।

खोप सडेर जाने र ओमिक्रोनले आक्रन्त हुनुपर्ने अवस्था आउन नदिनका लागि सरकार चनाखो हुनुपर्छ। खोप अभियानमा जनशक्ति र सिरिन्ज अभावको वहाना बनाउनु लज्जाको विषय हुनेछ । व्यवस्थापकीय कौशलका लागि काबिल कार्ययोजना भयो भने दैनिक ५ लाख जनसंख्यालाई खोप दिन सकिन्छ । यसका लागि सर्वसाधारणलाई व्यापक सूचना जारी गर्नुपर्छ। लापरवाही र ढिलासुस्तीले नै हो वर्वादीको शृङ्खला सुरु हुने।

खोपको डोजलाई दराजमा थन्क्याएर राख्ने भन्दा अविलम्ब अभियानका रूपमा समुदायसँग पुग्नुपर्छ । १२ देखि १७ वर्ष उमेर समूहका स्कुले विद्यार्थीलाई खोप दिदाँ अभिभावक आस्वस्त हुनसक्छन् नत्र स्कुलबाट नै ब्रेक आउटको सम्भावना देखिएको छ । दोस्रो मात्रा खोप लगाएका नागरिकलाई बुस्टर डोज दिएर बाँकी रहेकालाई खोपको अभियानमा अनिवार्य बनाउन अत्यन्तै आवश्यक छ । खोपको गणितलाई विश्लेषण गर्दा केवल एक तिहाइले मात्रै दुवै डोज लगाएका छन्। आधाआधीले मात्रै पहिलो डोज लगाएर दोस्रोको प्रतीक्षामा छन् । खोप नलगाएकाहरूलाई कोरोनाको जोखिम बढी छ । खोप सडेर जाने र ओमिक्रोनले आक्रन्त हुनुपर्ने अवस्था आउन नदिनका लागि सरकार चनाखो हुनुपर्छ। खोप अभियानमा जनशक्ति र सिरिन्ज अभावको वहाना बनाउनु लज्जाको विषय हुनेछ । व्यवस्थापकीय कौशलका लागि काबिल कार्ययोजना भयो भने दैनिक ५ लाख जनसंख्यालाई खोप दिन सकिन्छ । यसका लागि सर्वसाधारणलाई व्यापक सूचना जारी गर्नुपर्छ। लापरवाही र ढिलासुस्तीले नै हो वर्वादीको शृङ्खला सुरु हुने।

मेला मोहोत्सव, मेगा इभेन्ट, आमसभा, ¥याली र जमघट औचित्यहीन हुन्छ ओमिक्रोनका अगाडि । चरम लापरवाहीले नै महामारीलाई निम्तो दिन्छ । स्वास्थ्य मापदण्ड परिपालनका लागि अनिवार्य माक्स लगाउने, सामाजिक दूरी कायम गर्ने, हात धुने , स्यानीटाइजर प्रयोग गर्ने, भीडभाडबाट बच्ने, सार्वजनिक यातायात र स्थलको नियम गर्ने हो भने मात्रै पनि अस्पतालसम्म पुग्नु पर्दैन् । बन्दाबन्दीको अवस्था सिर्जना हुन नदिन सरकार र नागरिक समाज दुवै सचेत र सजग रहनुपर्छ । आउँदो अप्रिल अप्रिय रह्यो भनेर गाली गर्नुको तुक रहँदैन्।

सरकारले फेरि पनि स्वास्थ्य सावधानी अप्नाउन नागरिकलाई सचेत गर्नु पर्छ । तिनै तहका सरकारको एकीकृत कार्ययोजना भयो भने मापदण्ड परिपालनमा सहज हुन्छ । मेला मोहोत्सव, मेगा इभेन्ट, आमसभा, ¥याली र जमघट औचित्यहीन हुन्छ ओमिक्रोनका अगाडि । चरम लापरवाहीले नै महामारीलाई निम्तो दिन्छ । स्वास्थ्य मापदण्ड परिपालनका लागि अनिवार्य माक्स लगाउने, सामाजिक दूरी कायम गर्ने, हात धुने , स्यानीटाइजर प्रयोग गर्ने, भीडभाडबाट बच्ने, सार्वजनिक यातायात र स्थलको नियम गर्ने हो भने मात्रै पनि अस्पतालसम्म पुग्नु पर्दैन् । बन्दाबन्दीको अवस्था सिर्जना हुन नदिन सरकार र नागरिक समाज दुवै सचेत र सजग रहनुपर्छ । आउँदो अप्रिल अप्रिय रह्यो भनेर गाली गर्नुको तुक रहँदैन् । हवाइ नाका र खुल्ला सिमानाबाट नेपाल आउनेको स्वास्थ्य परीक्षण, क्वारेन्टिन, आइसोलेसन सेन्टर, होम आइसोलेन र होल्डिङ सेन्टरका विधिमा गम्भीर बन्नै पर्छ । आवागमन व्यवस्थापनको लागि ल्याएको प्रतिकार्य योजनालाई लागु गर्नुपर्छ।

नेपालमा एकै दिन १ हजारको हाराहारीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । ओमिक्रोनको भेरियन्ट दुई दर्जनमा देखिएको छ । यो समुदायस्तरमा घुसिसकेको विज्ञहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठनले यसलाई कमजोर नआँक्न निर्देशन दिएको हुँदा उच्च सर्तकता अपरिहार्य भएको छ । सिसिएमसीको बैठकमा प्रधानमन्त्री देउवाले निर्देशन मात्रै दिएर हुँदैन संयन्त्रलाई चुस्तदुरुस्त बनाउन कदम चाल्नु पर्छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले हिजोको दिनमा गर्ने चर्को विरोध आज ओमिक्रोनसँग गरेर खोप अभियानलाई गतिशील र क्रियाशील बनाउनुपर्छ।

सिकिस्त विरामीलाई अस्पताल पु¥याउँदा अस्पतालमा बेड, अक्सिजन, भेन्टिलेठटर, सघन उपाचार कक्ष र दक्ष जनशक्तिको चरम अभाव भयो भने ओमिक्रोनले दया गर्ने छैन् । त्यसका लागि सरकारले समय रहँदा नै सचेत भएर बन्दोबस्तीलाई तयारी अवस्थामा राख्नुपर्छ । विज्ञहरूसँग छलफल, अन्तरक्रिया, सम्वाद गरेर आएको परामर्शलाई कार्यान्वयन गर्दा कसैले कसैलाई धिकार्नु पर्दैन् । अस्पतालको पेटीमा पुगेर नागरिकले ज्यान गुमाउनु प¥यो भने नागरिक हत्याको कलङ्क सरकारलाई लाग्ने छ ।

महामारीको आगो डढेलो सरी फैलिन धेरै समय नै लाग्दैन् । सिकिस्त विरामीलाई अस्पताल पु¥याउँदा अस्पतालमा बेड, अक्सिजन, भेन्टिलेठटर, सघन उपाचार कक्ष र दक्ष जनशक्तिको चरम अभाव भयो भने ओमिक्रोनले दया गर्ने छैन् । त्यसका लागि सरकारले समय रहँदा नै सचेत भएर बन्दोबस्तीलाई तयारी अवस्थामा राख्नुपर्छ । विज्ञहरूसँग छलफल, अन्तरक्रिया, सम्वाद गरेर आएको परामर्शलाई कार्यान्वयन गर्दा कसैले कसैलाई धिकार्नु पर्दैन् । अस्पतालको पेटीमा पुगेर नागरिकले ज्यान गुमाउनु प¥यो भने नागरिक हत्याको कलङ्क सरकारलाई लाग्ने छ । सबै कुरा सरकारले मात्रै गरेर सम्भाववित महामारी जित्न कठीन हुन्छ । आसन्न ओमिक्रोनको लहरलाई पार लगाउन नागरिक समाजको हातेमालो र युवाशक्तिको परिचालनले ओमिक्रोनलाई निषेध र रोकथाम गर्न सकिन्छ। अन्यत्र ओमिक्रोनको डढेलो लागि सकेको छ । हामीसँग समय छ, समयलाई सदुपयोग गुर्न नै सरकारको बुद्धिमता हो । महामारीमा जनताको जीवन र ज्यान बचाउन सरकारले अभिभावकीय भूमिका खेल्नुपर्छ।

कमेन्ट्स
Loading...