सुचना, समाचार र मनोरन्जन
kumdini

सावधानीको विकल्प छैन

सम्पादकीय/

कोभिड–१९ ले बितेका दुई वर्ष विश्व मानव जगतलाई हायलकायल पारेर छाड्यो । जनस्वास्थ्य र अर्थतन्त्रको जग जरा हल्लाइदियो । कोरोनाको अन्त्य भयो कि भन्ने विश्वासलाई फेरि चौँथो ‘विए फाइभ’ भेरियन्टले सन्त्रास फैलाएको छ । विशेषज्ञहरूले यसको फैलने दू्रतगतिबाट सजग हुन सचेत गराइसकेका छन् । कोरोना सकिएको होइन सुस्ताएको मात्र हो । मुलुकमा कोरोनाको ग्राफ १२ प्रतिशतले बढ्दै छ । ५ प्रतिशत भन्दा बढी कोरोना सङ्क्रमित देखिनु काबुबाहिर जाने परिस्थिति हो । नयाँ भेरियन्टका कारण गत साता दुई जनाको ज्यान गइसकेको छ । परीक्षणको सूचकले अस्पतालका शैय्याहरू भरिन लागेका छन् । अमेरिकालाई आजित बनाएको कोरोना भारत हुँदै नेपाल प्रवेश गरिरहेको छ । काठमाडौं उपत्यका विशेष चनाखो हुनुपर्छ । काठमाडौं फेरि पनि कोरोनाको कारखाना बन्नु हुँदैन् । समुदायस्तरमा कोरोना फैलियो भने घना वस्तीलाई कोरोनाले असर पु¥याउनेछ ।

खोप सडेर जाने र कोरोनाले आक्रन्त हुनुपर्ने अवस्था आउन नदिनका लागि सरकार चनाखो हुनुपर्छ । खोप अभियानमा जनशक्ति र सिरिन्ज अभावको वहाना बनाउनु लज्जाको विषय हुनेछ । व्यवस्थापकीय कौशलका लागि काबिल कार्ययोजना भयो भने दैनिक ५ लाख जनसंख्यालाई खोप दिन सकिन्छ । यसका लागि सर्वसाधारणलाई व्यापक सूचना जारी गर्नुपर्छ । लापरवाही र ढिलासुस्तीले नै हो वर्वादीको शृङ्खला सुरु हुने ।

नागरिकले कोरोना कहर भोग्न नपरोस् भनेर सरकारले अविलम्ब चिन्ता र चासो लिनुपर्छ । । कोरोनासँगै बाँच्ने रणनीति प्रभावकारी भयो भने अवस्था जटिल हुँदैन् । कोरोना त्रास र तनावले सर्वसाधरण नागरिकको भान्सा महङ्गिएको यथार्थलाई नजरअन्दाज गर्न मिल्दैन् । स्वास्थ्य तथा नजसङ्ख्या मन्त्रालयले केवल विज्ञप्ति जारी गरेर हाइसञ्चो मान्ने होइन रणनीतिक योजना र कार्यविधि पनि जारी गरेर कार्यान्वयनमा ध्यान दिनुपर्छ । विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोन विए फाइभको नयाँ भेरियन्टलाई चिन्ताजनक सूचीमा राखेको छ । यद्यपि यसको घातकपन र खोपको प्रभावकारिताका बारेमा तथ्यहरू अनुसन्धानमै छन् ।

सरकारले गत चैत महिनाभित्रै सबै नेपालीलाई खोप दिने घोषणा गरे पनि ३० लाख नागरिक खोपबाट वञ्चित छन् । खोपमा नागरिकको पहुँच पु¥याउन दवाव आवश्यक छ भने सरोकारवालहरू गम्भीर हुनु पर्ने भएको छ । विगतबाट पाठ सिकेर भारतीय सिमा नाकाबाट नेपाल आउनेको स्वस्थ्य परीक्षणलाई अविलम्व सुचारु गर्नुपर्छ । सङ्क्रमित देखिएमा क्वारेन्टिनमा राख्ने व्यवस्था आवश्यक छ । नागरिकको ज्यान जोगाउन सरकार सुस्ताएर होइन सक्रियतापूर्वक लाग्नु पर्छ । खोप सडेर जाने र कोरोनाले आक्रन्त हुनुपर्ने अवस्था आउन नदिनका लागि सरकार चनाखो हुनुपर्छ । खोप अभियानमा जनशक्ति र सिरिन्ज अभावको वहाना बनाउनु लज्जाको विषय हुनेछ । व्यवस्थापकीय कौशलका लागि काबिल कार्ययोजना भयो भने दैनिक ५ लाख जनसंख्यालाई खोप दिन सकिन्छ । यसका लागि सर्वसाधारणलाई व्यापक सूचना जारी गर्नुपर्छ । लापरवाही र ढिलासुस्तीले नै हो वर्वादीको शृङ्खला सुरु हुने ।

British college

सरकारी तदरुकता र नागरिकको सतर्कताविना कोरोनालाई परास्त गर्न कठिन छ । बेलैमा सावधानी अप्नाउँदा पश्चतापको आगोले पोल्दैन् । प्रतिकार्यका विधि र नियम अप्नाउनुपर्छ । चाडपर्व र जात्राको सुरुवाती समयमै महामारीको भयावह अवस्था नआसोस् भन्नका लागि जोखिन न्युनीकरणमा ध्यान केन्द्रित गर्नुपर्छ । कोरोनासँग खेलाँची गरेर होइन सावधानी अप्नाएर नै महामारी टार्न सकिन्छ । फेरि पनि लकडाउन र बन्दाबन्दी नै कोरोनाको उपचार हो भन्ने मानसिकताबाट सरकार माथि उठ्नुपर्छ । सरकार आफैले कोरोनाको हाउगुजी देखाएर असहज परिस्थितिको ढोल पिट्नु मनासिव हुँदैन् ।

विद्यालयको खोप अभियानलाई निरन्तरता दिएर उमेर समूहलाई बुस्टर डोज दिइहाल्नुपर्छ । फजुल खर्चमा बगेको बजेटलाई खोप खरिदमा लगानी गर्न आनाकानी गर्नु हुँदैन् । खोप अभियानलाई गतिशील बनाउन स्थानीय सरकारले वडास्तरमै गतिविधि सञ्चालन गर्नुपर्छ । चुनावका बेलामा भोटका लागि घर दैलो गर्ने जनप्रतिनिधिले फेरि पनि खोपका लागि घरदैलो गर्दा विश्वास जित्ने छन् ।सावधानीको कुनै विकल्प छैन् । आफ्नो ज्यानको सुरक्षा आफै गर्नुपर्छ भन्ने स्वास्थ्य शिक्षालाई प्रभावकारी बनाउनु पर्छ । सरकारी तदरुकता र नागरिकको सतर्कताविना कोरोनालाई परास्त गर्न कठिन छ । बेलैमा सावधानी अप्नाउँदा पश्चतापको आगोले पोल्दैन् । प्रतिकार्यका विधि र नियम अप्नाउनुपर्छ । चाडपर्व र जात्राको सुरुवाती समयमै महामारीको भयावह अवस्था नआसोस् भन्नका लागि जोखिन न्युनीकरणमा ध्यान केन्द्रित गर्नुपर्छ । कोरोनासँग खेलाँची गरेर होइन सावधानी अप्नाएर नै महामारी टार्न सकिन्छ । फेरि पनि लकडाउन र बन्दाबन्दी नै कोरोनाको उपचार हो भन्ने मानसिकताबाट सरकार माथि उठ्नुपर्छ । सरकार आफैले कोरोनाको हाउगुजी देखाएर असहज परिस्थितिको ढोल पिट्नु मनासिव हुँदैन्

मेला मोहोत्सव, मेगा इभेन्ट, आमसभा, ¥याली र जमघट औचित्यहीन सावित भएको छ कोरोनाको अगाडि । चरम लापरवाहीले नै महामारीलाई निम्तो दिन्छ । स्वास्थ्य मापदण्ड परिपालनका लागि अनिवार्य माक्स लगाउने, सामाजिक दूरी कायम गर्ने, हात धुने , स्यानीटाइजर प्रयोग गर्ने, भीडभाडबाट बच्ने, सार्वजनिक यातायात र स्थलको नियम गर्ने हो भने मात्रै पनि अस्पतालसम्म पुग्नु पर्दैन् । बन्दाबन्दीको अवस्था सिर्जना हुन नदिन सरकार र नागरिक समाज दुवै सचेत र सजग रहनुपर्छ ।

सरकारले फेरि पनि स्वास्थ्य सावधानी अप्नाउन नागरिकलाई सचेत गर्नु पर्छ । तिनै तहका सरकारको एकीकृत कार्ययोजना भयो भने मापदण्ड परिपालनमा सहज हुन्छ । मेला मोहोत्सव, मेगा इभेन्ट, आमसभा, ¥याली र जमघट औचित्यहीन सावित भएको छ कोरोनाको अगाडि । चरम लापरवाहीले नै महामारीलाई निम्तो दिन्छ । स्वास्थ्य मापदण्ड परिपालनका लागि अनिवार्य माक्स लगाउने, सामाजिक दूरी कायम गर्ने, हात धुने , स्यानीटाइजर प्रयोग गर्ने, भीडभाडबाट बच्ने, सार्वजनिक यातायात र स्थलको नियम गर्ने हो भने मात्रै पनि अस्पतालसम्म पुग्नु पर्दैन् । बन्दाबन्दीको अवस्था सिर्जना हुन नदिन सरकार र नागरिक समाज दुवै सचेत र सजग रहनुपर्छ । हवाइ नाका र खुल्ला सिमानाबाट नेपाल आउनेको स्वास्थ्य परीक्षण, क्वारेन्टिन, आइसोलेसन सेन्टर, होम आइसोलेन र होल्डिङ सेन्टरका विधिमा गम्भीर बन्नै पर्छ । आवागमन व्यवस्थापनको लागि ल्याएको प्रतिकार्य योजनालाई लागु गर्नुपर्छ ।

सिकिस्त विरामीलाई अस्पताल पु¥याउँदा अस्पतालमा बेड, अक्सिजन, भेन्टिलेटर, सघन उपाचार कक्ष र दक्ष जनशक्तिको चरम अभाव भयो भने कोरोनाले दया गर्ने छैन् । त्यसका लागि सरकारले समय रहँदा नै सचेत भएर बन्दोबस्तीलाई तयारी अवस्थामा राख्नुपर्छ । विज्ञहरूसँग छलफल, अन्तरक्रिया, सम्वाद गरेर आएको परामर्शलाई कार्यान्वयन गर्दा कसैले कसैलाई धिकार्नु पर्दैन् । अस्पतालको पेटीमा पुगेर नागरिकले ज्यान गुमाउनु प¥यो भने नागरिक हत्याको कलङ्क सरकारलाई लाग्ने छ ।

महामारीको आगो डढेलो सरी फैलिन धेरै समय नै लाग्दैन् । सिकिस्त विरामीलाई अस्पताल पु¥याउँदा अस्पतालमा बेड, अक्सिजन, भेन्टिलेटर, सघन उपाचार कक्ष र दक्ष जनशक्तिको चरम अभाव भयो भने कोरोनाले दया गर्ने छैन् । त्यसका लागि सरकारले समय रहँदा नै सचेत भएर बन्दोबस्तीलाई तयारी अवस्थामा राख्नुपर्छ । विज्ञहरूसँग छलफल, अन्तरक्रिया, सम्वाद गरेर आएको परामर्शलाई कार्यान्वयन गर्दा कसैले कसैलाई धिकार्नु पर्दैन् । अस्पतालको पेटीमा पुगेर नागरिकले ज्यान गुमाउनु प¥यो भने नागरिक हत्याको कलङ्क सरकारलाई लाग्ने छ । सबै कुरा सरकारले मात्रै गरेर सम्भाववित महामारी जित्न कठीन हुन्छ । चौँथो लहरलाई पार लगाउन नागरिक समाजको हातेमालो र युवाशक्तिको परिचालनले कोरोनालाई निषेध र रोकथाम गर्न सकिन्छ । अन्यत्र कोरोनाको डढेलो लागि सकेको छ । हामीसँग समय छ, समयलाई सदुपयोग गुर्न नै सरकारको बुद्धिमता हो । महामारीमा जनताको जीवन र ज्यान बचाउन सरकारले अभिभावकीय भूमिका खेल्नुपर्छ ।

कमेन्ट्स
Loading...