सुचना, समाचार र मनोरन्जन

बुल्दी पुलमा बाहुबल

सम्पादकीय/

तनहुँ जिल्लाको व्यास नगरपालिका दमौलीस्थित वडा नं. १, १० र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटनको झड्प राष्ट्रिय बहसको विषय बनेको छ । पुल उद्घाटन गर्ने चाहना प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले राखेका थिए । तर उपभोक्ता समितिमा नेपाली काँग्रेसको बाहुल्यता भएका कारण समितिका अध्यक्ष खड्गबहादुर अधिकारीले सर्वसम्मत निर्णय भन्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आमन्त्रण गरे । प्रशासनले निषेधाज्ञा लगाए पनि पौडैल दलबलसहित पुल उद्घाटनमा जाँदा अवस्था तनावग्रस्त बन्यो ।

नेपाली काँग्रेसको पकड रहेको क्षेत्रमा बनेको पुल उद्घाटन गर्न पाउनु पर्ने जिकिर र मनोविज्ञानबाट रामचन्द्र पौडेल ग्रसित रहे । सत्तामा रहेको पार्टी र त्यस क्षेत्रको सांसदका हैषियतले पुल उद्घाटन गर्ने चाहना कृष्णकुमार श्रेष्ठको मनसाय बन्यो । काँग्रेस आफ्नो शाख राख्न र नेकपा शक्ति देखाउने होडबाजीमा लागेका कारण जिल्ला प्रशासन र प्रहरी पनि विवादबाट मुक्त हुनु सकेनन् । पुलसँग राजनीतिक लाभ जोडिएको प्रष्ट हुन्छ ।

राज्यसंयन्त्रको शासकीय शैली शोभनीय देखिएन र भत्र्सनायोग्य बन्यो । पौडेलमाथिको हर्कत किमार्थ लोकलाई पच्ने खालको छैन् । प्रहरी प्रशासनको रवैया पौडेलको मानमर्दनमा खनियो ।

सत्तारुढ नेकपाको भातृ संगठन युवा संघले विरोध र अवरोधका लागि मोटरसाइकल ¥याली ग¥यो । दमौली बजारमा गरिएको प्रदर्शन लायक थिएन, इन्धन र शक्तिको दुरप्रयोग थियो । प्रशासनले ५ घण्टा निषेधाज्ञा जारी गर्नु, पौडेललाई ३ घण्टा प्रहरी नियन्त्रणमा राख्नु नेकपा र गृहमन्त्रालयको निर्देशन जस्तै देखिन्छ । स्थानीय प्रशासन स्वविवेक प्रयोग गर्न चुक्यो । निरङ्कुश शासनविरुद्ध जनता उठेका बेला प्रहरीले गर्ने व्यावहार लोकतान्त्रिक व्यवस्थामा हुनु जायज होइन । राज्यसंयन्त्रको शासकीय शैली शोभनीय देखिएन र भत्र्सनायोग्य बन्यो । पौडेलमाथिको हर्कत किमार्थ लोकलाई पच्ने खालको छैन् । प्रहरी प्रशासनको रवैया पौडेलको मानमर्दनमा खनियो ।

२०७३ साल बैशाखमा तत्कालीन जिल्ला विकास समिति एसएनआरटिपी परियोजना अन्तर्गत् निर्माण कार्य सुरु भएको पुल २०७५ कात्र्तिकमा सम्पन्न भएको थियो । २ करोड ५४ लाख रुपैयाँमा निर्मित पुलको लम्वाई ४५.६ मिटर छ । तर यस विवादको आयाम र आयातन त्यो भन्दा बढी देखियो । पुलको काम दुई किनारलाई जोड्ने हो तर पुल उद्घाटनको विषयले सत्तारुढ दल र प्रतिपक्ष दलका विचमा फाटो ल्याएको छ । उद्घाटन रोक्ने विरोध र निषेधको विरोधमा भातृ संगठनका युवालाई सडकमा उतार्नु लाजको पसारो बनेको छ ।

प्रजातान्त्रिक संस्कार बसेको मुलुकमा विकासका मुद्धामा बहस हुन्छ । शिलान्यास र उद्घाटनमा उदण्डता हुँदैन् । मण्डले मार्कामा प्रशासनको आडमा गरिने निषेध र दमनले सत्ताको गतिशिलता झल्किदैन् । पौडेललाई रोकथुन गर्न प्रशासन नै लागेको पुष्टी हुन्छ । पहिलो दिन निषेधाज्ञा तोडेको वहानामा पौडेललाई प्रहरीले ३ घण्टा राखे पनि अन्तत दोस्रो दिन उनले पुल उद्घाटन गरेरै छाडे ।

पुलको काम दुई किनारलाई जोड्ने हो तर पुल उद्घाटनको विषयले सत्तारुढ दल र प्रतिपक्ष दलका विचमा फाटो ल्याएको छ । उद्घाटन रोक्ने विरोध र निषेधको विरोधमा भातृ संगठनका युवालाई सडकमा उतार्नु लाजको पसारो बनेको छ ।

सत्ताशक्तिको चरम दुरुपयोग गरी छेकवार लगाए पनि सन्देश राम्रो गएन । बदनामीका लागि झिनामसिना काम नै काफी हुन्छन् । सांसद कृष्णकुमार श्रेष्ठले ‘मेलम्ची उद्घाटनका लागि किसुनजीलाई खोज्न जाने त ?’ भन्ने तर्क गरे पनि यो बदनाम ढाकिदैन् । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीमा पूर्व उपसभापति, उपप्रधानमन्त्री, प्रतिनिधि सभाका पूर्व सभामुख भएका पाका र परिपक्व व्यक्तित्व हुन् । पौडेललाई थुनछेक गुर्न अधिनायकवादी सर्वसत्तावाद हावी हुने संकेत हो ।

स्थानीय राजनीतिमा अझै पनि २०४७ सालतिरको धङ्धङ्गीको अवशेष कायम देखिन्छ । नेपाली काँग्रेस सत्तामा रहँदा तत्कालीन भानु गाविसमा विद्युतीकरण गर्ने काम हुँदा तत्कालीन नेकपा एमालेले काँग्रेसको विजुली नबाल्ने नीति लिँदा लामो समयसम्म हालको भानु नगरपालिका अँध्यारोमा बसेको दृष्टान्त तनहुँमा नै छ । राजनीतिक पानी बारबारको अवस्थाबाट माथि उठ्न दलहरूको चेतना विकसित हुनुपर्छ । गणतन्त्रको उपहास राज्यपक्षले गर्नु मनासिव हुँदैन् ।

नेपाली काँग्रेसले प्रतिपक्षको भूमिका सशक्त रूपमा खेल्न नसकी सुसुप्त रूपमा रहेका बेला सत्तारुढ नेकपाले काँग्रेसलाई नै व्युँझाइदिएको छ । झड्पबाट काँग्रेसले सवक सिक्नु पर्छ । विरोध प्रदर्शनमा भातृ सङ्गठन नेपाल विद्यार्थी संघ उत्रिएको छ । विकासका काममा राजनीतिक लाभ लिएर जनतालाई आफ्नो पक्षमा पार्ने परिपाटी पञ्चायत कालदेखिकै हो । सरकार दमनकारी र निषेधको मनोग्रन्थीले ओतप्रोत भएको आभास हुन्छ । सम्पन्न भएको पुल उद्घाटनमा आखिर काट्ने रिबन नै हो पौडेल र श्रेष्ठ दुवैले मिलेर काटेको भए पनि राजनीतिक सहिष्णुता देखिन्थ्यो । यो घटनाले उद्घाटनको आत्मरतिबाट माथि उठन सन्देश दिएको छ ।

कमेन्ट्स
Loading...