सम्पादकीय/
मुलुकको पहिलो र ठूलो विशेषणले विभूषित त्रिभुवन विश्वविद्यालय सधैँ बिरामी छ । बिरामीको कारण प्राज्ञिक क्षेत्र चरम राजनीतिक हस्तक्षेप एवम् पदाधिकारीहरूको दरिद्र चिन्तन हो । अकर्मण्यताको उपज शैक्षिक थलो थलिएको हो । त्रिविको शाख गिर्दो र निर्दो अवस्थामा छ । गञ्जागोलको ग्राफ चुलिएको छ । राजनीतिक दलका भातृ सङ्गठनको क्रिडास्थल र तालाको तमासामा रमाइरहेको छ । विचार, ज्ञान, चिन्तन, चेतना र शिक्षा निर्माण गर्ने प्राज्ञिक थलो आन्तरिक किचलोको क्यान्सरले सिकिस्त छ । नाकमा बुलाकी झुन्डिए जस्तै दर्जनौं ताला लागेका छन् । शैक्षिक तथा प्रशासनिक गतिविधि ठप्प प्रायः छ । शैक्षिक क्यालेन्डर मुताविक कुनै काम भएका छैनन् । यसले विश्वविद्यालयको छविलाई बद्नाम बनाएको छ । नेपाल विद्यार्थी संघले उपकुलपतिको कार्यालयमा साँढे दुईवर्षदेखि अविछिन्न विरोध गर्दै तालाको त्रास दिइरहेको छ । वर्षदिन जति नै हुन लाग्यो ताला लागेको तर मागको सम्बोधनमा त्रिवि टसमस गर्दैन । नेवि संघले ताला लगाउने अखिलले खोल्ने उपक्रमले समस्याको हल हुँदैन भन्ने चेतनाको बोध आवश्यक छ।
प्रश्नपत्र मै प्रश्नवाचक चिह्न लागेपछि त्रिविले छानविन गरी दोषीलाई कारवाही गरिएको तर सुरक्षाका कारण गोप्य राखिएको हावादारी तर्क प्रस्तुत गरिरहेको छ । कार्यकारी परिषद्को बैठक होटलमा गर्नुपर्ने परिस्थिति पेचिलो बनेको छ । अवस्था जटिड मोडमा पुगेको छ । प्राज्ञिक, शैक्षिक र प्रशासनिक गतिविधि उदोगतिमा देखिएको छ । राजनीतिक रङले लतपतिनु विश्वविद्यालयका लागि लाजको पसारो हो । तालाबन्दी आफैमा आपत्तिजनक कुरा हो यसले गतिशीलता होइन अस्थिरताको विजारोपण गरेको छ । स्नातक उत्र्तीण नगरी विश्वविद्यालयको ढोका प्रवेशका लागि खुल्दैन । डिग्री धारण गर्ने विश्वविद्यालयको चर्तीकला हेर्दा विजोग देखिन्छ । राजनीतिक भागवण्डामा कार्यकर्ता भर्ती गर्ने परिपाटीबाट आएका पदाधिकारीले समस्याको समाधानका लागि माखो मारेका छैनन् ।
प्रश्नपत्र मै प्रश्नवाचक चिह्न लागेपछि त्रिविले छानविन गरी दोषीलाई कारवाही गरिएको तर सुरक्षाका कारण गोप्य राखिएको हावादारी तर्क प्रस्तुत गरिरहेको छ । कार्यकारी परिषद्को बैठक होटलमा गर्नुपर्ने परिस्थिति पेचिलो बनेको छ । अवस्था जटिड मोडमा पुगेको छ । प्राज्ञिक, शैक्षिक र प्रशासनिक गतिविधि उदोगतिमा देखिएको छ । राजनीतिक रङले लतपतिनु विश्वविद्यालयका लागि लाजको पसारो हो । तालाबन्दी आफैमा आपत्तिजनक कुरा हो यसले गतिशीलता होइन अस्थिरताको विजारोपण गरेको छ । स्नातक उत्र्तीण नगरी विश्वविद्यालयको ढोका प्रवेशका लागि खुल्दैन । डिग्री धारण गर्ने विश्वविद्यालयको चर्तीकला हेर्दा विजोग देखिन्छ । राजनीतिक भागवण्डामा कार्यकर्ता भर्ती गर्ने परिपाटीबाट आएका पदाधिकारीले समस्याको समाधानका लागि माखो मारेका छैनन् । पदाधिकारीले वार्ता र सम्वादमार्फत् ताला खोल्न दृढ सङ्कल्प गर्नुपर्छ । शिक्षाको मन्दिरमा भइरहेको अस्थिरतालाई नेतृत्वले चेतना र विवेक प्रयोग गर्नैपर्छ । यसका लागि कूलपति रहेका प्रधानमन्त्री देउवा र शिक्षामन्त्रीको पगरी गुथेका पौडेलको बुद्धि फिर्नुपर्छ । उनीहरू नरहँदा पनि विश्वविद्यालय रहिरहन्छ भन्ने सत्यलाई आत्मसात गर्नुपर्छ । पदाधिकारीले कार्यसम्पादन गर्न नसक्ने हो भने राजिनामा दिएर सम्बन्धित दलकै टिकट लिएर चुनाव लड्दा विश्वविद्यालयलाई नोक्सान हुँदैन् ।
विग्रदो शैक्षिक वातावरण सुधारका लागि सचेत हस्तक्षेपको आवश्यकता खट्किएको छ । शिक्षाको लागि गरिएको लगानी खरानी हुनबाट जोगाएर विश्वविद्यालयको गरिमा कायम राख्नुपर्छ । अन्यथा त्रिभुवन विश्वविद्यालयको नाम फेर्दा फरक पर्दैन् । मानौं त्रिभुवन विश्वविद्यालय मङ्सिरको खले गरो हो, त्यसमा दलको तावेदारी गर्नेहरूले राईदाई गर्ने थलो हो यो भाष्यलाई परिवर्तनको खाँचो छ । विश्वविद्यालयलाई ध्वस्त बनाउने छुट कसैलाई छैन् । यसको ऐतिहासिक गरिमालाई कायम राख्दै बलियो बनाउन स्वयत्तताका उपाय खोज्न ढिला भयो भने भविष्यमा यसको मूल्य महङ्गो हुनेछ ।
विग्रदो शैक्षिक वातावरण सुधारका लागि सचेत हस्तक्षेपको आवश्यकता खट्किएको छ । शिक्षाको लागि गरिएको लगानी खरानी हुनबाट जोगाएर विश्वविद्यालयको गरिमा कायम राख्नुपर्छ । अन्यथा त्रिभुवन विश्वविद्यालयको नाम फेर्दा फरक पर्दैन् । मानौं त्रिभुवन विश्वविद्यालय मङ्सिरको खले गरो हो, त्यसमा दलको तावेदारी गर्नेहरूले राईदाई गर्ने थलो हो यो भाष्यलाई परिवर्तनको खाँचो छ । विश्वविद्यालयलाई ध्वस्त बनाउने छुट कसैलाई छैन् । यसको ऐतिहासिक गरिमालाई कायम राख्दै बलियो बनाउन स्वयत्तताका उपाय खोज्न ढिला भयो भने भविष्यमा यसको मूल्य महङ्गो हुनेछ । विश्वविद्यालयलाई राजनीतिक दलको छायाँबाट मुक्त गराउन आवाज उठानुपर्ने बेला भइसकेको छ । उत्कृष्टताको नमुना पेश गर्नुपर्ने विश्वविद्यालय र त्यहाँबाट उत्पादित उच्च शैक्षिक उपाधि जनशक्तिले मुलुक हाँक्नुपर्ने बेला भद्रगोलमै रमाउनु निकृष्टताको पराकाष्ठा हो । शिक्षा क्षेत्र नै सुध्रिएन भने अरु क्षेत्रको हालत के होला गम्भीर भएर सोच्न आवश्यक छ ।

पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा एकलौटी पदाधिकारी चयन गरेकोमा नेवि संघको आपत्ती रहेको छ । विश्वविद्यालयले आफ्नो विरासत बिर्सदा हजारौं विद्यार्थीको भविष्य अन्यौताको सुरुङभित्र अल्मलिने छ । उच्चशिक्षा दिने निकायको मतिभ्रष्ट हुँदा अधोगति लाग्ने खतरा छ । ज्ञान लिने र दिने गुरुचेलाले शिक्षाको महामन्दिरमा लामोसमय तालाबन्दी गर्नु अन्तर्राष्ट्रिय स्तरको बेइज्जती हो । मानव सभ्यताको इतिहास र ज्ञानविज्ञानको क्षेत्रमा यसरी महिनौं तालाबन्दी हुनु लज्जाको सुचक हो । अध्ययन अनुसन्धान र वुुुद्धिजीवी उत्पादन गर्ने कारखानामा ताला लाग्नुलाई मूर्खले पनि जायज ठान्दैन् । विश्वविद्यालय व्यवस्थापन पक्षले तालाबन्दी पक्षधरको जायज र सम्बोधन गर्न सकिने मागको सुनुवाई गरेर निकास खोज्नु पर्छ । माग र मुद्धा राख्ने समूहले तालाबन्दीको विकल्प खोज्नुपर्छ । कानुनी उपचारको लागि अदालतको ढोका खुला छ । गुरु चेलाले भावी दिनमा ताला लगाउने हर्कत नगरुन भनेर व्यवस्थापन सचेत हुनुपर्छ ।
अध्ययन अनुसन्धान र वुुुद्धिजीवी उत्पादन गर्ने कारखानामा ताला लाग्नुलाई मूर्खले पनि जायज ठान्दैन् । विश्वविद्यालय व्यवस्थापन पक्षले तालाबन्दी पक्षधरको जायज र सम्बोधन गर्न सकिने मागको सुनुवाई गरेर निकास खोज्नु पर्छ । माग र मुद्धा राख्ने समूहले तालाबन्दीको विकल्प खोज्नुपर्छ । कानुनी उपचारको लागि अदालतको ढोका खुला छ । गुरु चेलाले भावी दिनमा ताला लगाउने हर्कत नगरुन भनेर व्यवस्थापन सचेत हुनुपर्छ ।
विश्वविद्यालयमा क्षमता, योग्यता र दक्षतालाई दरी मुनि दबाएर राजनीतिक दलले भागबन्डा गुर्न नै दुर्भाग्य हो । पदाधिकारी नियुक्ति दलको सिफारिसमा गर्दा नै थप किचलो उत्पन्न भएको हो । विश्वविद्यालय राजनीतिकरणको क्रिडास्थल बन्दा समस्या क्रोनिक भएको हो । तालाबन्दी, बाहुबल, विरोध र हुलहुज्जतले विश्वविद्यालयको इज्जतमा दाग लागेको छ । विश्वमा नाम चलाउनु पर्ने विश्वविद्यालय आफै बिरामी हुँदा उपचार गर्ने निकाय स्वयम् मौन रहनु हुँदैन् । पटकपटकका आन्दोलन र क्रान्तिले शासकीय प्रणालीमा परिवर्तनको झट्का दियो तर सार्वजननिक संस्थाहरू दिनप्रतिदिन अस्तव्यस्त र ध्वस्त हुँदै गएकोमा सत्ता सञ्चालकलाई वास्तै भएन ।
मुलुकको कार्यकारी प्रधानमन्त्री कुलपति हुने, शिक्षामन्त्री सहकुलपति हुने प्रचलन खारेज गरी न्यासिक परिषद् मार्फत पदाधिकारी छनौट गर्ने बाटो अवलम्बन गर्नुपर्छ । विश्वविद्यालय सुधारको खाचो टड्कारो सावित भएको छ । त्रिविलाई स्वयत्तता दिनका लागि विकल्पको खोजी गर्नुपर्छ । सत्ता गठबन्धनले भागबन्डामा होइन योग्यलाई चयन गर्ने ढोका खोल्नुपर्छ । कुलपतिको अकर्मन्यताले प्राज्ञिक थलोको थप बद्नामी हुने भएकाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भातृ संगठन नेविसंघलाई फकाएर, पदाधिकारीलाई निर्देशन दिएर दैनिक कार्यसम्पादन चुस्तदुस्त बनाउन चुक्नु हुँदैन् । कुलपतिका हैषियतले देउवाको यो वैधानिक दायित्व पनि हो ।
विश्वविद्यालयको पदीय उचाईमा पुगेका पदाधिकारीले सुरक्षाको खतरा महसुस गरेर निजी सुरक्षा अधिकृत माग गर्दै गृहमन्त्रालयलाई पत्र लेख्नु कन्तविजोगको अवस्थामा पुगेको रहेछ भनेर जगत हसाउनु हो । ज्ञानको मन्दिरमा राजनीति गर्नु चरम लाजनीति हो भन्ने बुझ्न ढिलो गर्नु हुँदैन् । भावी दिनमा यस्ता समस्याले ठाउँ नपाउन भनेर दीर्घकालीन उपाय सुल्झाउन आवश्यक छ । मुलुकको कार्यकारी प्रधानमन्त्री कुलपति हुने, शिक्षामन्त्री सहकुलपति हुने प्रचलन खारेज गरी न्यासिक परिषद् मार्फत पदाधिकारी छनौट गर्ने बाटो अवलम्बन गर्नुपर्छ । विश्वविद्यालय सुधारको खाचो टड्कारो सावित भएको छ । त्रिविलाई स्वयत्तता दिनका लागि विकल्पको खोजी गर्नुपर्छ । सत्ता गठबन्धनले भागबन्डामा होइन योग्यलाई चयन गर्ने ढोका खोल्नुपर्छ । कुलपतिको अकर्मन्यताले प्राज्ञिक थलोको थप बद्नामी हुने भएकाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भातृ संगठन नेविसंघलाई फकाएर, पदाधिकारीलाई निर्देशन दिएर दैनिक कार्यसम्पादन चुस्तदुस्त बनाउन चुक्नु हुँदैन् । कुलपतिका हैषियतले देउवाको यो वैधानिक दायित्व पनि हो ।