सुचना, समाचार र मनोरन्जन

मन्त्रीबाट राजिनामा देऊ जनादेशको पालन गर

सम्पादकीय/
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम बिट मार्ने अवस्थामा पुगेको छ । कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत ल्याउन सकेनन् । केही समयपछि फेरि पनि गठबन्धन कै सरकार बन्ने निश्चित छ । मङ्सिर ४ गते नागरिकले आफ्नो मत जाहेर गरे र विधायिका छनौट गरिसके । खसेका मतको बदर प्रतिशतले अझै मतदाता शिक्षा अपुग भएको पुष्टि गरेको छ । मत परिणाममा पहिलो हुने प्रचलन बमोजित जित निकालेकाहरू सफथ लिएर संसद् जाँदै छन् ।

पराजय भोगेकाहरू मतदातालाई सरापेर बसेका छन् । मतदाताको सम्मान गर्न नजान्नेहरू जनादेश र लोकमतको कदर गर्ने इमानजमान नभएका मन्त्रीहरू गजधम्म सत्ताको कुर्सीमै विराजमान छन् । पराजितहरूले नैतिकताको आधारमा अविलम्ब राजिनामा दिएर आफ्नो अनुहारमा लागेको पराजयको धब्बा धोइपखाली गर्नुपर्ने कामकाज बिर्सिरहेका छन् ।

पराजय भोगेकाहरू मतदातालाई सरापेर बसेका छन् । मतदाताको सम्मान गर्न नजान्नेहरू जनादेश र लोकमतको कदर गर्ने इमानजमान नभएका मन्त्रीहरू गजधम्म सत्ताको कुर्सीमै विराजमान छन् । पराजितहरूले नैतिकताको आधारमा अविलम्ब राजिनामा दिएर आफ्नो अनुहारमा लागेको पराजयको धब्बा धोइपखाली गर्नुपर्ने कामकाज बिर्सिरहेका छन् । कामचलाउ सरकारको हैषियतमा रहेकाहरू प्रहरी प्रशासनको सरुवा बढुवाको खेलमा रमिरहँदा जग हसाई भएको छ । राजनीतिक दलहरू सरकार गठनको कसरत गरिहेका छन् । गणितीय खेलमा सत्ता गठबन्धनका घटकहरूले नै गठबन्धन सरकार बनाउने चर्चा छ । यसरी बन्ने सरकार पाँच वर्षसम्म चल्छ वा ढल्छ ? के फेरि गठबन्धनबाट बनेको सरकारले मध्यावधि चुनावको घोषणा गरी नागरिकको हुर्मत लिएर राज्यलाई निर्वाचन खर्चको भारी बोकाउँछ ? अड्कलवाजीहरूमा राजनीतिक विश्लेषकले चासो दिईरहेका छन् ।

तत्कालीन नेकपा एमालेका महासचिव माधवकुमार नेपालले २०६५ सालको वैशाख १ गते नयाँवर्षको दिन राजिनामा दिएका थिए । कारण, संविधानसभाको चुनावमा पार्टीले हारेको थियो, जनताले विश्वास गरेनन् । नेपाली काँग्रेसका सुशील कोइरालाले पनि कार्यवहाक सभापतिबाट राजिनामा दिए । डा.मिनेन्द्र रिजालले महाधिवेशनमा महामन्त्रीमा हारेपछि रक्षा मन्त्रीमा रहन सुहाएन भनी राजिनामा दिए । यसले गर्दा उनीहरूको इमानदारिता र नियत सफा देखियो भने व्यक्तित्वको कद पनि चुलियो । राजनीतिमा उनीहरू एउटा नजिर भएर दरिए ।

राजनीतिक रङ्मञ्चमा सिद्धान्त, व्यवहार र नैतिकताको अहम महत्व रहन्छ । नेताको अनुहारमा दाग र चरित्रमा धुमिल छवि देखिदा राजिनामा गर्ने अन्तराष्ट्रि परिपाटी नै छ । तत्कालीन नेकपा एमालेका महासचिव माधवकुमार नेपालले २०६५ सालको वैशाख १ गते नयाँवर्षको दिन राजिनामा दिएका थिए । कारण, संविधानसभाको चुनावमा पार्टीले हारेको थियो, जनताले विश्वास गरेनन् । नेपाली काँग्रेसका सुशील कोइरालाले पनि कार्यवहाक सभापतिबाट राजिनामा दिए । डा.मिनेन्द्र रिजालले महाधिवेशनमा महामन्त्रीमा हारेपछि रक्षा मन्त्रीमा रहन सुहाएन भनी राजिनामा दिए । यसले गर्दा उनीहरूको इमानदारिता र नियत सफा देखियो भने व्यक्तित्वको कद पनि चुलियो । राजनीतिमा उनीहरू एउटा नजिर भएर दरिए । इतिहास खोतल्दा पञ्चायतकालमा पनि केशरबहादुर विष्टले राजा वीरेन्द्रसमक्ष दशरथ रङ्गशाला प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रीबाट राजिनामा दिएका थिए ।

वहालवाला मन्त्रीलाई चुनावमा बिजोग तरिकाले हार्दासमेत कुनै आत्मग्लानी भएको छैन् । मतदाताले नपत्याउँदा पनि भ्रमबाट बाहिर आउन सकेका छैनन् । मानौं कि सत्ताको कुर्सी र मन्त्री पद लोकसेवा आयोग लडेर पाएको स्थायी जागिर संझेका छन् । नैतिकताको खडेरी परेको मुलुकमा, इमानको धरोहर ढलेको देशमा वेइमानहरू लाजपचाएर पदमा ढलिमली गरेर राताराता सत्ताको चरम दुरुपयोग गरिरहेका छन् ।

संघीय र प्रदेश सरकारका केही मन्त्रीहरू व्यालेटबाट अनुमोदन हुन असफल हुँदा पनि शासकीय सानमा नाक ठाडो पारेर हिँडिरहेका छन् । मन्त्रालय धाइरहेका छन्, कर्मचारी खासखुस गर्दै खिसिटिउरी गर्छन् । वहालवाला मन्त्रीलाई चुनावमा बिजोग तरिकाले हार्दासमेत कुनै आत्मग्लानी भएको छैन् । मतदाताले नपत्याउँदा पनि भ्रमबाट बाहिर आउन सकेका छैनन् । मानौं कि सत्ताको कुर्सी र मन्त्री पद लोकसेवा आयोग लडेर पाएको स्थायी जागिर संझेका छन् । नैतिकताको खडेरी परेको मुलुकमा, इमानको धरोहर ढलेको देशमा वेइमानहरू लाजपचाएर पदमा ढलिमली गरेर राताराता सत्ताको चरम दुरुपयोग गरिरहेका छन् । नयाँ सरकार गठन भएपछि चुनावमा हारेका मन्त्रीहरू अवश्य रहने छैनन् । समयले यिनीहरूलाई मन्त्री पदबाट जरुर गलत्याउँछ ।

वहालवाला मन्त्रीको कुर्सीबाट चुनाव लड्दा सामदाम दण्डभेद, शक्ति र सामथ्र्य लगाउँदा पनि पराजित भएकाहरूको सिंहवलोकन गर्दा सेवाप्रवाह र कार्यशैलीमा चुकेको प्रष्ट हुन्छ । जनतासँगको दूरी टाढा हुँदा जरुर सम्बन्ध प्रगाढ हुँदैन् । आफूले खाएको कसम र गरेको वाचा विर्सिदाँ मतदाताले विश्वास गरेनन् भन्ने सत्यलाई बोध गर्न नसक्नु फेरि त्रुटी गर्नु हो । जनताले अस्वीकृत गर्नु, नपत्याउनु, योग्य नठान्नु, व्यालेटबाटै झापड हान्नु नै हारको कारण हो ।

वहालवाला मन्त्रीको कुर्सीबाट चुनाव लड्दा सामदाम दण्डभेद, शक्ति र सामथ्र्य लगाउँदा पनि पराजित भएकाहरूको सिंहवलोकन गर्दा सेवाप्रवाह र कार्यशैलीमा चुकेको प्रष्ट हुन्छ । जनतासँगको दूरी टाढा हुँदा जरुर सम्बन्ध प्रगाढ हुँदैन् । आफूले खाएको कसम र गरेको वाचा विर्सिदाँ मतदाताले विश्वास गरेनन् भन्ने सत्यलाई बोध गर्न नसक्नु फेरि त्रुटी गर्नु हो । जनताले अस्वीकृत गर्नु, नपत्याउनु, योग्य नठान्नु, व्यालेटबाटै झापड हान्नु नै हारको कारण हो । मतपरिणामले पराजयको सन्देश दिदाँ पनि सुद्धि नफिर्नु र पदमै लहसिनुले सत्तालिप्साको चरम आशक्ति झल्किन्छ । आत्मग्लानीको आगोले पोल्नु पर्ने हो तर राप र तापमै तातिनु लाजको पसारो पनि हो ।

राजनीतिको नदी सङ्लो र कञ्चन छ, नेताको छवि स्वच्छ छ भन्ने सन्देश प्रवाह गर्नका लागि पनि ढिलो नगरी राजिनामा दिँदा केही नोक्सान हुँदैन् । हारलाई स्वीकार गरी राजिनामा दिने संस्कृतिले भोलिका दिनमा लोकतन्त्रको सौन्दर्यलाई मलजल गर्ने छ । फेरि एउटा सुन्दर नजिर स्थापित हुनेछ । जनताले अस्वीकार गरेको सत्यलाई गम्भीर भएर स्वीकार्नु नै महान बुद्धिमता हो । जनादेशको आज्ञा सिरोपर गर्दा स्वभिमान चुलिन्छ । समय मै चेतना भया ।

मन्त्री पदबाट बाहिरिन कानुनी वाध्यता नहोला यद्यपि लोकलाजका खातिर पनि राजिनामा दिँदा राजनीतिक लाभ नै हुन्छ । राजनीतिको नदी सङ्लो र कञ्चन छ, नेताको छवि स्वच्छ छ भन्ने सन्देश प्रवाह गर्नका लागि पनि ढिलो नगरी राजिनामा दिँदा केही नोक्सान हुँदैन् । हारलाई स्वीकार गरी राजिनामा दिने संस्कृतिले भोलिका दिनमा लोकतन्त्रको सौन्दर्यलाई मलजल गर्ने छ । फेरि एउटा सुन्दर नजिर स्थापित हुनेछ । जनताले अस्वीकार गरेको सत्यलाई गम्भीर भएर स्वीकार्नु नै महान बुद्धिमता हो । जनादेशको आज्ञा सिरोपर गर्दा स्वभिमान चुलिन्छ । समय मै चेतना भया ।

कमेन्ट्स
Loading...