सुचना, समाचार र मनोरन्जन

कोरोना भाइरसको भय र भ्याक्सिन

  •  
  •  
  •  
  •  

सम्पादकीय / 

कोभिड–१९ ले विश्व मानव समुदायलाई भयभीत बनाइरहेको बेला भ्याक्सिनको आविष्कार र चर्चाले सहानुभूति प्रदान गरेको छ । यद्यपि कोरोनाको विश्वव्यापी महामारी कायम नै छ । पश्चिमा मुलुकहरू अझै आश्वस्त हुन सकेका छैनन् र लकडाउन लगाइरहेका छन् । सङ्क्रमित र मृत्युको ग्राफ बढिरहेको छ । कोरोनाले शक्तिशाली राष्ट्रलाई ठाडो चुनौती दिएर हायलकायल पारेको छ । भ्याक्सिनको प्रभावकारिताका सन्दर्भमा विश्वका विभिन्न देशले आ—आफ्ना दावी र दलिल प्रस्तुत गरिरहेका छन् । यसमा बाजी मार्ने होडबाजी नै चलेको छ । विज्ञान जगत् भ्याक्सिनको खोजमा तल्लिन रहँदा आशाका किरणहरू देखिएका छन् । वैज्ञानिकहरूले छोटा अवधिमै सफलता हाँसिल गरेका छन् । सफलताको लाभ लिन सरकार पछि पर्नु हुँदैन् । भ्याक्सिन नआउँदासम्म सुरक्षित रहने उपायलाई अवलम्बन नगरी सुख्खै छैन् ।

विश्व स्वास्थ्य सङ्गठनले दिएको जानकारी अनुसार कोभिड–१९ विरुद्धका २ सय १२ भ्याक्सिन उत्पादनको चरणमा छन् । ४८ प्रकारका भ्याक्सिनको क्लिनिकल परीक्षण हुँदा ११ को अन्तिम परीक्षण चलिरहको छ । ३६ वटा भ्याक्सिनलाई अनुमति दिएको छ । रुसले निर्माण गरेको ‘स्पुतनिक–५’ भ्याक्सिन ९२ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको छ । भारतको बायोटेकले कोभाक्सिन २६ हजार व्यक्तिमा तेस्रो चरणको परीक्षण गरेको छ । चीनको सिनोभ्याकले तयार गरेको ४ वटा भ्याक्सिन अन्तिम चरणमा रहेको छ ।

अमेरिकाको मोडेर्ना इन्क तथा फाइजर बायोटेकले खोप विकासमा क्रान्ति नै गरेको छ । फाइजरले बनाएको भ्याक्सिन ‘एम आरएनए–१२७३’ को प्रभावकारिता ९४.५ प्रतिशत देखिए पछि एउटा आशा पलाएको हो । ९० प्रतिशतमाथि प्रभावकारिता देखिएका भ्याक्सिनले जनविश्वास कायम गरेका छन् । यो भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियसमा ३० दिनसम्म कोठाको तापक्रममा २४ घण्टासम्म सुरक्षित राख्न सकिने व्यवस्था छ । फाइजर कम्पनीले तयार गरेको भ्याक्सिन ९० प्रतिशत व्यक्तिमा सफल भएको दाबी गरिएको छ ।

सरकारले सङ्क्रामक रोगविरुद्ध खोप एवम् औषधि आकस्मिक रूपमा प्रयोग गर्न अध्यादेश राष्ट्रपतिबाट जारी गरेको छ । भ्याक्सिन आयातका लागि कानुनी बाटो खुल्ला भएको छ । आपतकालीन औषधि र भ्याक्सिन प्रयोगलाई सहज बनाउन गरिएको यो कदम सार्थक र स्वागतयोग्य छ ।

हालसम्म सार्वजनिक गरिएका तथ्यअनुसार मोडेर्ना भ्याक्सिन सहज हुने देखिएको छ । २८ दिनको अन्तरालमा २ पटक लगाउन पर्ने भ्याक्सिनको अर्थराजनीति अर्को डरलाग्दो पाटो हो । आगमी वर्षको मार्चसम्ममा भ्याक्सिन बजारमा आए पनि विकासोन्मुख देशमा अर्को वर्षको प्रतीक्षा अनिवार्य छ । कोभिड–१९ को भ्याक्सिन बजारमा आउनसाथ आम नेपालीको सहज पहुँच बनाउन सरकारले आवश्यक प्रबन्धको तयारी अहिलेदेखि नै गर्नु बुद्धिमता हुने देखिन्छ । सरकारी पहल र प्रयास नागरिकका हितमा हुनु आवश्यक छ । भ्याक्सिनको भण्डारणका लागि तापक्रमको महत्वपूर्ण भूमिका रहने भएकाले एक ठाउँबाट अर्को ठाउँका नागरिकसम्म पु¥याउँदा समयले अर्थ राख्ने छ ।

सरकारले सङ्क्रामक रोगविरुद्ध खोप एवम् औषधि आकस्मिक रूपमा प्रयोग गर्न अध्यादेश राष्ट्रपतिबाट जारी गरेको छ । भ्याक्सिन आयातका लागि कानुनी बाटो खुल्ला भएको छ । आपतकालीन औषधि र भ्याक्सिन प्रयोगलाई सहज बनाउन गरिएको यो कदम सार्थक र स्वागतयोग्य छ । यद्यपि समुचित तयारीको लागि व्यवस्थापन र कार्यविधि बनाउन ढिला गर्नु हुँदैन् । कुन देशले बनाएको भ्याक्सिन ल्याउँदा ठीक हुन्छ त्यसमा अनुसन्धान गर्नुपर्छ । विश्वव्यापी खोप सुविधा सुनिश्चित गर्ने ‘कोभाक्स’ प्रणालीसँग सरकारले समन्वय गरिहाल्नुपर्छ ।

स्वास्थ्य सुरक्षा सामाग्री खरिदमा भएको तजविजी शैली, घोटला र मनपरी भ्याक्सिन आयातमा भयो भने जनस्वास्थ्यमा फेरि अर्को खेलवाड हुने देखिन्छ । गरिब र धनी दुबैको सहज पहुँच भएमा राज्यको दायित्व पूरा हुनेछ । हुनेखानेका लागि मात्रै प्रयोग भएमा भ्याक्सिनले अर्को दूर्घटना निम्त्याउने छ र वर्गीयताको पर्खाल खडा हुनेछ ।

कोरोना सङ्क्रमणले समुदाय उच्च जोखिममा छ, परीक्षणको मात्रा बढेको छैन्, परीक्षणको आधारमा २५ प्रतिशत भन्दा बढी सङ्क्रमित देखिएका छन् भने मृत्यु दर १ प्रतिशतको हाराहरीमा छ । बहुप्रतीक्षित भ्याक्सिन नआउँदासम्म गर्नुपर्ने काम निरन्तर गरिरहनुको विकल्प छैन् । १२ वर्षभन्दा माथिका व्यक्तिमा प्रयोग हुने भ्याक्सिनको जोहो गर्न सरकारले ६० अर्वभन्दा बढीको बजेट तर्जुमा गर्नुपर्ने देखिन्छ ।

स्वास्थ्य सुरक्षा सामाग्री खरिदमा भएको तजविजी शैली, घोटला र मनपरी भ्याक्सिन आयातमा भयो भने जनस्वास्थ्यमा फेरि अर्को खेलवाड हुने देखिन्छ । गरिब र धनी दुबैको सहज पहुँच भएमा राज्यको दायित्व पूरा हुनेछ । हुनेखानेका लागि मात्रै प्रयोग भएमा भ्याक्सिनले अर्को दूर्घटना निम्त्याउने छ र वर्गीयताको पर्खाल खडा हुनेछ । हाम्रो स्वास्थ्य प्रणालीको त्रुटीलाईलाई समयमै सम्बोधन गरेर आवश्यक संरचना, पूर्वाधार, दक्ष जनशक्ति र संयन्त्रलाई प्रभावकारी बनाउनुको विकल्प छैन् । सरकारले कोरोना भाइरसको भय न्युनीकरण गर्दै भ्याक्सिनलाई बरदान सावित गर्नुपर्छ ।

कमेन्ट्स
Loading...