काठमाडौं :
अमेरिकाको एम्मी अवार्ड नोमिनेशनमा तीन वटा वृत्तचित्रहरु परेका छन् । फिल्म निर्माता तथा कलाकार जसवंत देव श्रेष्ठद्धारा निर्माण भएको ‘दशैंको पर्व,सरस्वतीको पर्व पूजा र महा शिवरात्रिको पर्व गरिन तीन वडा एम्मी अवार्डको नोमिनेशनमा परेको हो ।
जुन १८ जुन, २०२२ मा पाम स्प्रिंस, क्यालिफोर्नियामा आयोजित हुने अवार्ड कार्यक्रममा आफ्नो तीन वटा वृत्तचित्र परेको श्रेष्ठले बताए । उनले मिथक, किंवदन्ती, र पुरातन परम्परा तथा संस्कृतिलाई वृत्तचित्रमार्फत प्रस्तुत गर्न पाउँदा खुसी लागेको श्रेष्ठको भनाई छ ।

अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका श्रेष्ठले आफु सानैबाट वृत्तचित्र निर्माण गरि विदेशमा नेपाली संस्कृति वृत्तचित्रमार्फत देखाउने सपना पुरा भएको बताए । उनले भने,‘ नेपाली सम्पदा र आफ्नो संस्कृतिलाई जीवित राख्नका लागि चाडपर्वमाथि श्रृंखलाहरू सिर्जना गरे हुँ । एक फिल्म मेकरको हुनुको नाताले राष्ट्रिय तर्फबाट यो महान सम्मान पाउँदा म खुसी निकै छु ।’