सुचना, समाचार र मनोरन्जन

जबरजस्ती करणी मुद्दामा थुनामा रहेका एक थुनुवा कारागारबाट फरार

काठमाडौं ।

कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् ।

Parichay

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबरजस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् ।

उनका अनुसार साँझ ५ः३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो ।

कालिका नगरपालिका–२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । रासस

Comments
Loading...