सुचना, समाचार र मनोरन्जन

सिन्धुलीबाट थालियो ‘गोर्खा वारियर–२’ को छायांकन

  •  
  •  
  •  
  •  

काठमाडौ । विभिन्न कारणले रोकिएको फिल्म ‘गोर्खा वारियर–२’को बाँकी छायांकन सिन्धुलीबाट सुरु भएको छ । बिहिबार सिन्धुलीको भद्रकाली मन्दिरमा पुजा अर्चना गर्दै फिल्मको छायांकन सुरु भएको हो ।

गत बैशाख अघि ४० प्रतिशत छायाँकन सम्पन्न भएको यो फिल्मको ६० प्रतिशत छायांकन सिन्धुली र तनहुँमा गरिने यसका निर्माता निर्देशक मिलन चाम्सले बताए । यस अघि सोलुखुम्बु सहित नेपालका केही स्थानमा यो फिल्मको छायांकन गरिएको थियो । निर्देशक तथा निर्माता समेत रहेका मिलन चाम्सले लगातार फिल्मको छायांकनलाई पुर्णता दिने बताए ।

यस फिल्मका लागि निर्माण टिमले कलाकार गत महिना अडिसन गरेको थियो । उक्त अडिसनबाट फिल्मका लागि चाहिने ३४ जना कलाकार चयन गरेको थियो । मिलनका अनुसार ति ३४ जना कलाकारहरुलाई फिल्मको कथा अनुसार युद्धमा प्रयोग गरिने छ । फिल्मको मुख्य अभिनेताका रुपमा भने रितेश चाम्स र बिजय लामा रहेका छन् ।

यस फिल्ममा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायत अन्य कलाकारको अभिनय रहने छ । यसै फिल्मबाट रितेस चाम्सले नवनायकका रूपमा डेब्यु गर्दैछन् । मिलनका अनुसार यो फिल्मको छायांकन सिन्धुलीमा तीन साता गरिने भने युद्ध लगायतका दृष्यहरु खिचिसकेपछि मात्रै निर्माण टिम तनहुँ जाने छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने फिल्मका सह–निर्माता सुरेश राई हुन् ।
मिलन चाम्स र गिरीराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन रहने फिल्ममा सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ ।

कमेन्ट्स
Loading...