सुचना, समाचार र मनोरन्जन

आउँदो दशैँमा हलमा बलिया बलिया फिल्मकाबीच थपियो स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’

काठमाडौं :

नेपालमा फिल्म जुधाउन फिल्मकर्मी नै नछाँड मछाँड गरिरहेका हुन्छन्। एउटा दुइटा फिल्म जुध्नु मामली हो। तर, पाँच पाँच वटा फिल्म जुध्दा कुन फिल्म दर्शकले हेर्लान् ? नेपाली फिल्म हेर्नेको संख्या नै उल्लेख्य मात्रामा छैन्। यदि, घोषणा गरिएको फिल्म रिलिज गर्ने हो दशैँलाई लक्षित फिल्म ‘छक्का पन्जा ५’, बलिदान, ‘गाउँ नै रमाइलो’ र निश्चल बस्नेतको फिल्म ‘‘बेहुली फ्रम मेघौली’ सहित चारको प्रदर्शन मिति तय गरिसकेका छन् ।

यस कारण पनि आउँदो दशैं निकै रोचक हुने देखिएको छ। निश्चल बस्नेत र स्वस्तिमा खड्काको निर्माण तथा अभिनय रहने फिल्म ‘बेहुली फ्रम मेघौली’ लाई दशैँमा रिलिज गरेपछि ४ वटा फिल्मको कमाई कति हुने हो त्यो भने त्यति बेलै थाहा हुने छ।

यो फिल्मको आकाश बरालले निर्देशन गर्दैछन् । यस अघि आकासले फिल्म ‘दिमाग खराब’को स्क्रिप्ट लेखेका थिए । फागुनको दोस्रो साताबाट चितवनको मेघौलीमा फिल्मको छायांकन सुरु हुनेछ । आउँदो दशैमा अझैँ फिल्म प्रदर्शनमा आउने बुझिएको छ। तर,निर्माण टिमले निश्चित भने गरेका छन्।

Leave A Reply

Your email address will not be published.