सुचना, समाचार र मनोरन्जन

वैशाख १ गते यि फिल्मको पर्दैछ भिडन्त ? 

काठमाडौं : 

आगामी वैशाख १ गते नेपालका निर्माताहरुको भिडन्त हुने भएको छ । उनीहरु घरेलु बक्स अफिसमा एक आपसमा हानाहान गर्ने मिति तय भएको छ । यहि मितिमा फिल्म ‘जारी’,‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’का साथै अन्य केहि फिल्म प्रदर्शनमा आउने भएका छन् ।

यता सुनिल कुमार थापाले निर्माण गर्ने फिल्म ‘भगवत् गीता’ पनि प्रदर्शनका लागि वैशाख १ भनेर करिब ६ महिना अघि नै हल्ला गरेका थिए । तर, यो फिल्म अहिलेसम्म छायांकन नभएकोले एकिन छैन । यति छायांकन भएको खण्डमा फिल्मको जुधाई रोचक देखिने भएको छ ।

सोमबार कबड्डी टोलीको नयाँ फिल्म ‘जारी’लाई प्रदर्शन मिति घोषणा भएको हो । यस फिल्ममा दयाहाङ राई र मिरुना मगरको प्रमुख भूमिका रहेको छ । ‘कबड्डी ४’मा यो जोडीलाई दर्शकले अत्यधिक रुचाएको थियो । यसै वर्ष नेपाली बक्स अफिसमा २४ करोड र डायस्पोरामा १० करोड हाराहारीमा कमाइ गरेको फिल्म बनेको हो ।

कमेन्ट्स
Loading...