सुचना, समाचार र मनोरन्जन

मौलिक फिल्म निर्माणमा जोड दिन संचार मन्त्रीको सुझाव

काठमाडौं :

फिल्म ‘सतीदेवी’को निर्माण टिमले संचार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्मासँग भेटघाट गरेको छ। लेखक तथा निर्देशक लक्ष्मण सुवेदीले फिल्म ‘सतीदेवी’को बारेमा भेटघाट गरेका थिए। उनको यो फिल्मप्रति चासो लिदै नेपालमा यस प्रकारका मौलिक,यथार्थपरक फिल्म निर्माणमा जोड दिनुपर्ने सुझाव दिइन्।

मन्त्री शर्मा र ‘सतीदेवी’का लेखक,निर्माता,निर्देशक लक्ष्मण सुवेदीबीच बुधबार मन्त्रीकै कार्यकक्ष,सिंहदरवारमा भएको भेटघाट भएको थियो । जसमा मन्त्री शर्माले नेपाली फिल्मको विकास,विस्तार र श्रीबृद्धिका लागि मौलिक कथा प्रस्तुतिमा जोड दिनुपर्ने भनाई राखिन्। मन्त्री शर्माले फिल्म ‘सतीदेवी’ नारी प्रदान,मौलिक कथामा निर्माण भएको सुनेकाले आफूलाई रुचि लागेको बताएकी थिइन् ।

निर्देशक सुवेदीले मन्त्री शर्मालाई आफ्नो फिल्मको विषयबस्तुको बारेमा बिस्तृतमा ब्याख्या गर्दै मन्त्री शर्मालाई सुनाएका थिए । निर्देशक सुवेदीको कुरा सुनेपछि मन्त्री शर्माले ‘सतीदेवी’ बारे निकै अभिरुचिका साथ सुनेर यस प्रकारका मौलिकता बोकेका नेपालीपनयुक्त फिल्मलाई राज्यले विशेष रुपले सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

निर्देशक सुवेदीका अनुसार मन्त्री शर्माले आफू सधै नेपाली फिल्मको गुणस्तरिय र ब्याबसायिक बिकासको पक्षमा रहेको जोड दिदै छिट्टै नै चलचित्र ऐन लागू गर्न आफू लागीपरेको बताइन्। मन्त्री शर्माले फिल्म अभिव्यक्तिको निकै सशक्त माध्यम भएकाले देशको कला, भाषा, संस्कृतिको विकास  र प्रबद्र्धनमा निकै प्रभावकारी भूमिका निर्वाह गर्ने बताउँदै चलचित्रकर्मीहरुले मौलिक पनका फिल्म निर्माणमा लाग्नु पर्ने धारणा राखिन् ।

संचारमन्त्री शर्माले आफ्नो फिल्मप्रति दिएको अभिरुचि र सहायताको प्रतिबद्धताबाट आफू निकै प्रफुल्लीत र प्रेरित भएको निर्देशक सुवेदीले बताए । उनले मन्त्री शर्मा नेपाली फिल्म र फिल्मकर्मीको समुन्नतीका लागि केही गरौं भन्ने भावनायुक्त पाएको निर्देशक सुवेदीले बताएश्र

Leave A Reply

Your email address will not be published.