सुचना, समाचार र मनोरन्जन

३८ दिनमा सकियो अदितीको ‘बाबरी’

काठमाडौं । अदिती बुढाथोकी अभिनित फिल्म ‘बाबरी’को छायांकन सकिएको छ । दोस्रो निषेधाज्ञाअघि नै शुरु भएको फिल्मको छायांकन सकिएको हो । निर्माणपक्षले फिल्मको छायांकन ३८ दिनमा सकिएको बताएको छ ।

मोरङ, झापा, सिक्किम लगायतका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा नायक धिरज मगर, नायिका अदिती बुढाथोकीको साथमा नवकलाकार धिरज टोट्लानीको मुख्य भूमिका रहेको छ । त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।
यसअघि अदितीले फिल्म ‘कृ’मा अभिनय गरेकी थिइन् । पहिलो फिल्मबाट चर्चामा आएकी अदिती आफैले होम प्रोडक्सनको फिल्म‘बाबरी’मा काम गरेकी हुन् । चाँडै नै फिल्मको फस्टलुक सार्वजनिक गर्ने तयारीमा रहेको निर्माण टिमले जानकारी दिएको छ । यो फिल्मको छायांकन सकिएता पनि प्रदर्शन मिति तय गरिने निर्माणपक्षको भनाई छ ।

कमेन्ट्स
Loading...