सुचना, समाचार र मनोरन्जन

र्‍यापर भिटेन बने ‘रत्नपार्क’का हिरो

काठमाडौं । र्‍यापर भिटेन (समीर घिसिङ) अव रत्नपार्कमा भेटिने भएका छन् । युवापुस्तामा लोकप्रिय बनेका गायक भिटेन फिल्म‘रत्नपार्क’मा अभिनय गर्ने भएका छन् । त्यस कारण उनलाई दर्शकले केहि समय पछि रत्नपार्कमा भेट्ने भएका छन् । बुढासुब्बा ओरिजिनलले निर्माण गर्न लागेको यो फिल्मको छायांकन केहि दिन पनि नै हुने निर्माता नवराज गिरीले जानकारी दिएका छन् । फिल्मको कथा पनि नवराजले नै लेखेका हुन् ।
उनका अनुसार फिल्ममा एक जना मानिसले बाँच्नका लागि कतिसम्म संघर्ष गर्छ भन्ने कथालाई उठाइएको छ । यो फिल्मको निर्देशन कसले गर्ने भन्नेमा यकिन भएको छैन । निर्माण टिमले फिल्मको निर्देशक तीन जना छानेता पनि लिखित सम्झौतापछि मात्रै सार्वजनिक गर्ने बताएको छ । फिलम आगामी दशैंको फूलपातीमा रिलिज गर्ने योजना निर्माणपक्षको छ ।

कमेन्ट्स
Loading...