सुचना, समाचार र मनोरन्जन

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ शनिबार

काठमाडौं ।

नेपालमा डिजिटल प्रविधिको उच्चतम प्रयोग, विकास र नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले शनिबार फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२० हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली मुख्य वक्ताको रुपमा रहनेछन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी लगायत विषयविज्ञहरु वक्ताको रुपमा रहनेछन् ।

नेपाललार्इ डिजिटल प्रविधिमा एक खुट्किला माथी उठाउन यस कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने आयोजकले विश्वास लिएको छ ।

Parichay

ब्राण्डवर्थ प्रालिले आयोजना गर्न लागेको कन्क्लेभमा सरकार, नेपाल राष्ट्रबैंक, सूचना तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण लगायतको सहकार्य छ । आठवटा सत्र रहने यस कन्क्लेभ कहिले हुन्छ डिजिटल नेपाल, डिजिटल बैंकिंग डिजिटल रेमिट्यान्स, डिजिटल मार्केट प्लेस, लगायत रहनेछन् ।

सरोकारवाला विभिन्न डिजिटल प्लेटफर्ममार्फत एपी वान टेलीभिजनमा विहान साढे ९ बजेदेखी बेलुका ६ बजेसम्म प्रसारण गरिने कार्यक्रममा अर्थतन्त्रको डिजीटाइजेसनको सम्भावना, यसको आगामी बाटो, आवश्यक सकारात्मक नीतिगत हस्तक्षेप तथा डिजिटाइजेसनले सिर्जना गर्ने अवसरका बारेमा सरोकारवालासंग सघन छलफल हुनेछ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) यस कन्क्लेभको नलेज पार्टनरका रुपमा रहेको छ ।

आयोजक संस्था ब्राण्डवर्थका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मोहन गजुरेलले कोभिड महामारीले थपेको जटिल परिस्थितीले डिजिटल प्रविधिको प्रयोग बढाउने अवसर दिएको बताए ।

“महामारीले एकातर्फ चुनौती थपेको छ तर यो समयलाई अर्कोतर्फबाट अवसरको रुपमा लिएर डिजिटल प्रविधिको प्रयोगलाई बढावा दिनुपर्छ,” उनले भने । निजी क्षेत्रबाट डिजिटल प्रविधिका क्षेत्रमा गरेको प्रयासमा सरकार तथा सरोकारवाला पक्षबाट भएको सहयोगले भने थप हौसला मिलेको उनले बताए ।

Comments
Loading...