सुचना, समाचार र मनोरन्जन

फुडहवले ल्यायो खाजाको मासिक प्याकेज, दिनैपिच्छे फरक परिकार

काठमाडौं ।

पोखराको न्यूरोडमा रहेको फुडहव रेष्टुरेण्टले ग्राहकलाई मासिक प्याकेजमा खाजा खुवाउने योजना ल्याएको छ । अफिस तथा कार्यालयका कर्मचारीलाई लक्षित गरेर खाजामा मासिक प्याकेज ल्याएको रेष्टुरेण्ट सञ्चालक सङ्गम रेग्मीले बताए ।

महिनाको प्याकेजमा २६ दिन खाजा खुवाउने उनले बताए । बार अनुसार फरक खाजा र होम डेलिभरिको समेत व्यवस्था रहेको छ ।
फुडहवकोबाट खाजा खाँदा अफिसमा काम गर्ने कर्मचारीले सुपथ मुल्यमा स्वच्छ सफा र गुणस्तरीय खाजा खान पाउने रेग्मीले सुनाए ।

Parichay

कक्षा ११, १२ र स्नातक तहमा होटल मेनेजमेन्ट अध्यन गरेका रेग्मी सिङ्गापुर, थाइल्यान्ड, मलेसिया, भारत लगायतका देशका होटल क्षेत्रमा काम गरेको अनुवभले रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् ।

पोखरामै पनि प्रतिष्ठीत होटलहरुमा म्यानेजरको सफल जिम्मा सम्हालेका रेग्मीले करिब १० लाख रुपैयाको लगानीमा सञ्चालन भएको फुडहवले सुरुवाती चरणमा पाँच जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

सधैं गोजीमा पैसा नहुनेहरुका लागि पनि महिनाको प्याकेजमा खाजा खाँदा सजिलो हुने रेग्मीले बताए । उनी हस्पिटालिटी नेपाल कन्टेस्टको आयोजक समेत हुन् ।

Comments
Loading...