एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुल इटालियन क्लब एटलान्टासँग पराजित भएको छ ।
बुधबार राति भएको खेलमा लिभरपुल एटलान्टासँग २-० गोलले पराजित भएको हो ।
घरेलु मैदान एनफिल्डमै लिभरपुल पराजित भएको हो । एटलान्टाका लागि जोसेप इलिचिच र रोबिन गोसेन्सले एक-एक गोल गरे ।

पहिलो हाफमा कुनै पनि टीमले गोल गर्न सकेनन् । खेलको ६० औं मिनेटमा जोसेपले गोल गर्दै एटलान्टालाई शुरूआती अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको ६४ औं मिनेटमा रोबिनले गोल गर्दै एटलान्टालाई २-० को सहज जित दिलाए ।
जितसँगै समूह ‘डी’ को एटलान्टाले ७ अंक भएको छ । त्यस्तै शीर्ष स्थानको लिभरपुलले ४ खेलमा ९ अंक बनाएको छ ।