सुचना, समाचार र मनोरन्जन

‘गणपति’को टिजरमा यस्तो देखिए मुकुन्द र मेनुका

काठमाडौँ  : 

आगामी जेठ ५ गते रिलिज हुने फिल्म ‘गणपति’ को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार फिल्मको टिजर रिलिज गरेको हो ।
टिजरमा आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरकपनलाई प्रस्तुत गरेको देख्न सकिन्छ ।

सार्वजनिक भएको टिजरमा एक व्यक्तिको अस्वभाविक रुपमा जन्म, बाल्यकाल र युवाअवस्थाको उतारचढाव र बच्चा जन्मेपछि खुशी मनाउन भजनकृतन गरिएको देख्न सकिन्छ । टिजरमा फिल्मका मुख्य कलाकार मुकुन भुषाल, मेनुका प्रधान, कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा लगायत अन्य कलाकार पनि देखिएका छन् ।

सबिन अधिकारीले निर्देशन रहेको फिल्ममा अन्य कलाकारमा प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टिकाभक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेल लगायतको अभिनय छ । निर्माण टिमले फिल्मको छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा खिचेको थियो । केहि महिना अघि खिचेको यस फिल्म एबिगम्यान फिल्मस्को ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेका हुन्। फिल्मलाई लिएर निर्माण टिम निकै उत्साहित देखिन्छ।

कमेन्ट्स
Loading...