सुचना, समाचार र मनोरन्जन
Tiger Cup

गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको भागभण्डा मिल्यो

कास्की :

गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ । मंगलबार मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहा मगरलाई आर्थिक मामिला मन्त्रालय, एमालेकै सीता सुन्दासलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा दिएपछि भागभण्डा सकिएको हो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री, माओवादीकै रेशम जुग्जालीलाई उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री, राप्रपाका पञ्चराम तमु सामाजिक विकास तथा स्वास्थ्यमन्त्री र एमालेका वेदबहादुर गुरुङ कृषि तथा जलस्रोत मन्त्री बनेका छन् ।

कमेन्ट्स
Loading...