सुचना, समाचार र मनोरन्जन

गण्डकी प्रदेशमा थपिए १८४ जना नयाँ संक्रमित, ११ जनाको मृत्यु

  •  
  •  
  •  
  •  

पोखरा /

गण्डकी प्रदेशमा १८४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको शुक्रबारको तथ्याङक अनुसार म्याग्दीमा एक, पर्वतमा २६, लमजुङमा १, तनहुँमा २८, कास्कीमा ८१, बागलुङमा १८,स्याङजामा २ र नवलपरासी पूर्वमा २७ जना संक्रमित थपिएका हुन् । थपिएका संक्रमित मध्ये ८६ जना महिला हुन् भने ९८ जना पुरुष रहेका छन् । यो सँगै प्रदेशमा संक्रमितको संख्या ५१ हजार ९५२ पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाले ज्यान गुमाएका छन् । म्याग्दीका ३, गोरखाका १, तनहुँका १, कास्कीका ४, बाग्लुङका १ र नवलपरासी पूर्वका १ जनाको कोरोनाका कारण निधन भएको जानकारी गराइएको छ । यो सँगै प्रदेशमा मृत्यु हुनेको संख्या ८७६ पुगेको छ । प्रदेशमा सक्रिय संक्रमितहरुको संख्या ४ हजार ६५१ छ ।

कमेन्ट्स
Loading...