सुचना, समाचार र मनोरन्जन
kumdini

जनप्रियका शैक्षिक सहिद : लोकप्रिय पालिखे

सुरेश रानाभाट /

काठमाडौँका गणेशमानको नाम रेडियोबाट सुनेर र पत्रिकामा फोटो देखेर चिनेको थिएँ । पोखराका गणेशमान पालिखेलाई एकतर्फी चिनेको ४० को उत्तरार्धतिरबाट हो । यद्यपि पहिलो भेटघाट र सम्वाद मनसुनका बेला आफन्ती विद्यार्थीलाई भनसुन गर्न जाँदा भएको थियो । बिक्रमाब्द २०५२ सालको प्रवेशिका परीक्षाको नतिजा प्रकाशन पछि साउने झरिका बेला छाता ओडेर गणेश सरलाई भेटन जनप्रिय बहुमुखी क्याम्पस गएको थिएँ ।

त्यसघडी म पृथ्वीनारायण क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहको विद्यार्थी थिएँ । पाक्षिक, साप्ताहिक हुँदै दैनिकमा रूपान्तरण भएको आदर्श समाज पत्रिकामा काम गर्थें । पर्यवेक्षक साप्ताहिकका सम्पादक प्रकाशक तिलकमान गुभाजूको पत्रिकामा मेरो गाउँका आफन्ती भाइलाई कामको चाँजोपाँजो मिलाएको थिएँ । अध्ययनका लागि जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना गरेर छात्रवृत्ति दिलाउने उद्धेश्यले म गणेश सरलाई भेट्न क्याम्पस गएको थिएँ ।

टिनको छानो भएको प्रशासकीय भवनको पिँढीमा कालो चियाको ग्लास हातमा लिएर उभिएका गणेश सरलाई बोल्ड भएर नामैले सम्बोधन गर्दै अभिवादनमा ‘गुडमर्निङ गणेश सर… भनेर आफ्नो परिचय दिएँ, साथमा सम्पादकद्वय कृष्णप्रसाद बाँस्तोला र तिलकमान गुभाजूको हवला । उहाँलाई गज्जव लागेछ भर्खरै जुँगाको रेखी बसेको तन्नेरी केटाले मेरो नामै लिएर सम्बोधन ग¥यो भनेर । ल के छ भन् भन्नुभयो, मैले साहस जुटाएर भनें ‘यो आफन्ती भाइ हो, यसलाई यहाँ भर्ना गरेर छात्रवृत्ति दिनुप¥यो ।’ उहाँले झर्को नमानी भन्नु भयो ‘हेर केटा छात्रवृत्ति त दिउँला, तर यसलाई खानबस्न, क्याम्पस पोशाख, कापीकलम, किताब दिनुपर्छ कि पर्दैन त्यो पनि पर्छ भने भन् हाम्रो क्याम्पस समाजवादी क्याम्पस हो, त्यसको पनि व्यवस्था गरुँला । ’ यी हरफले म पानीपानी भएँ । पानीको चरित्र भएको पोखरा पनि त्यसघडी पानीमय थियो । पानी प¥यो भन्यो साइत पर्छ भने झैं भयो मेरा लागि । अन्त्यमा जानकारी गराएँ, अरू सबै कुराको बन्दोबस्त भइसकेको छ ।

पोखरामा २०५७ सालतिर सरकारी रेडियो वाहेक एफ.एम. रेडियो खुले । मेरा परिचित मित्र पोखरा सम्वादका चर्चित पत्रकार वासुदेव मिश्रले यस्तै मनसुनको बेला जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गणेश सर, हाल क्यानडामा पाध्यापनरत साथी पुष्प आचार्य र मलाई पोखरा सम्वादमा बोल्नका लागि आमन्त्रण गरेका थिए । सम्वादका क्रममा मित्र मिश्रले गणेश सरलाई सोधेको प्रश्नमा आजभोलि विद्यार्थीहरू अध्ययन गर्दैन भन्ने उत्तर आयो । मेरो पालोमा आउँदा शिष्ट र शालीन तर्कपूर्ण शैलीमा खण्डन गरिदिएँ । कार्यक्रम पश्चात एफ.एम. को कालो चिया पिउँदै गर्दा उहाँले मलाई स्नेहीपूर्ण थ्रेट गर्नुभयो ‘अनलाइनमा भएर हो नत्र यहाँ हुन्थ्यिो भने पेटी खोलेर हानिदिने थिएँ । ’ मैले स्मित पारामा हाँस्दै भनें ‘बुढाले माया गर्छन् । ’

गणेश सरसँग दर्जनौं पटक अफ विटमा भेटघाट भयो, सधैं उही हप्कीदप्कीको पारा । एकदिन भनें ‘गणेश सर तपाईं किन यति साह्रो कडा प्रस्तुत हुनुहुन्छ ?’ उहाँले भन्नुभयो ‘तँलाई माया गरेको केटा, चिप्लो र चिल्लो लगाइदिने हो भने त लडाउँन सकिन्छ, तेरा लागि गालीले मलजल गरेको ।’ पछि बुझ्दै गएँ उहाँको मिजास र स्वाभाव नै यस्तै रहेछ । पछि त मलाई युज टु हुँदै गयो ।

के गर्दै छस् केटा भन्ने प्रश्न सोधिसक्दा मैले उत्तर दिएको थिएँ डिग्रीको थेसिस लेख्दै छु । उहाँले डिभिजनको जिज्ञासा राख्नुभयो । फेरि बोल्ड भएरै भने फष्टक्लास याने कि फष्टडिभिजन । उहाँले निरन्तर रिड गरिरहनु भएको रहेछ । मलाई ज्ञात भएन, छुट्टिने बेला भन्नु भो, छिटो गरी पोखरा आउनु, जनप्रिय बहुमुखी क्याम्पसमा तँलाई काममा दलाउनु छ । त्यसघडी मेरो लागि यो वाक्य एउटा ठूलो उत्साहको उपहार र पुरस्कार जस्तो थियो ।

पोखराको पाँच वर्षीय पढाइ भिसाको म्याद सकियो र २०५८ सालमा त्रिभुवन विश्वविद्यालय हानिएँ । कीर्तिपुरको पढाइ सकेपछि पत्रकारिता अध्ययनका लागि बबरमलतिर बरालिन थालेँ । कान्तिपुर दैनिकमा इन्र्टन गर्न पर्ने भएकाले डेरा पनि बानेश्वरमा डा. मिना आचार्यको घरमा सरेको थिएँ । पोखराका गतिविधि र क्रियाकलाप सबै सर्ट डाउन भएका थिए मेरा लागि । पोखरा छोडेपछि केबल एकपटक क्याम्पस अगाडि गणेश सरसँग भेट भयो । के गर्दै छस् केटा भन्ने प्रश्न सोधिसक्दा मैले उत्तर दिएको थिएँ डिग्रीको थेसिस लेख्दै छु । उहाँले डिभिजनको जिज्ञासा राख्नुभयो । फेरि बोल्ड भएरै भने फष्टक्लास याने कि फष्टडिभिजन । उहाँले निरन्तर रिड गरिरहनु भएको रहेछ । मलाई ज्ञात भएन, छुट्टिने बेला भन्नु भो, छिटो गरी पोखरा आउनु, जनप्रिय बहुमुखी क्याम्पसमा तँलाई काममा दलाउनु छ । त्यसघडी मेरो लागि यो वाक्य एउटा ठूलो उत्साहको उपहार र पुरस्कार जस्तो थियो ।

२०६२ जेठको पहिलो साता ब्रिटिश पोजेक्टको हाइ प्रोफाइल जागिरमा पोखराका लागि नाम निस्किएपछि सोचेंको थिएँ पोखराका केही लब्ध प्रतिष्ठित मान्छेलाई भेटेर परियोजना सम्बन्धी परामर्श लिनु पर्ला । यो सूचिमा राखेको थिएँ गणेश सरलाई तर जेठ २९ गते साँझ ६ बजेको कान्तिपुर डायरीले गणेश सरको हत्याको खबर भनिरहँदा म स्तब्ध भएको थिएँ । यी हरफहरू गणेश सरको संझनामा लेखिरहँदा त्यही जनप्रिय बहुमुखी क्याम्पसमा मेरो प्रातकालीन समय वितिरहेको छ । दिवाकालीन समय उनकै भाइ विश्वशंकर पालिखे अध्यक्ष रहेको पोखरा उद्योग वाणिज्य संघमा खर्च गरेँ । विश्वशंकर पालिखेमा पनि गणेश सरका आधाआधी गुण पाउँदा म दङचित पर्छु । पालिखेहरूले कस्तो कडा पानी पिएका रहेछन हँ भनेर गम खान्छु ।

British college

जीवन जगत्का आम मानिसहरू कोही पनि दूधले नुहाएका हुँदैनन् र भेटिदैनन् । कवि तीर्थ श्रेष्ठको एउटा मननीय उदागार छ आफ्नै विषयमा ‘ म कमी कमजोरी सहितको मानिस हुँ ।’ गणेश सरका पनि आफ्नै व्यक्तिगत कमी कमजोरीहरू थिए, जसलाई समीपमा रहँदा मैले महससु गरेको थिएँ । मानिस भौतिक रूपमा नरहँदा उसले गरेका पहल, प्रयास, कृत्रि र सत्कर्मको मात्रै ग्राफलाई स्मृतिको रिलमा हेर्न खोजेको हो ।

आफ्नो जीवनको चार दशक शिक्षामा विताएका गणेश सरको हेभिवेट पर्सनालिटी, ड्यासिङ पावर र बोल्ड प्रिजेन्टेसनका अगाडि जो कोही पनि कायल हुन्थे । ‘छोरी बिग्रिए नर्स, छोरा बिग्रिए कमर्स’को काहावत चलेको समयमा कास्की जिल्लाबाट २०२२ सालमा कमर्समा डिग्री गर्ने गणेश सर पहिलो व्यक्ति हुन् भने ५६ वर्ष पहिले (वि.सं.२०२३) पश्चिम जर्मनीबाट औद्योगिक व्यवस्थापनमा स्नातक गर्ने पोखराका उनी पायोनियर नै हुन् । कस्केली प्रजातन्त्रका सेनानी दयाशंकर पालिखे र दिलमाया पालिखेको कोखबाट जेठो सन्तानको रूपमा वि.सं. १९९९ जेठ २२ गते जन्मिएका गणेशमान पालिखेको क्याम्पसकै जग्गा सम्बन्धी विषयमा मालपोत कार्यालयबाट फर्किसकेपछि घर अगाडि नै २०६२ जेठ २९ गते हत्या भएको थियो ।

रूखका हाँगाविगाँमा, फूल, फल र पातहरू देखिन्छन् तर जरा कति गहिराइमा पुगेको छ थाहा हुँदैन् । घरका बुर्जाहरू सुन्दर लाग्छन् तर जगका ढुङ्गा देखिदैनन् । तत्कालीन समयमा १ सय २५ जना विद्यार्थी, १३ जना प्राध्यापक र ४ जना कर्मचारीको सानो टुकडी लिएर गणेश सर कमाण्डर बनेका थिए । उपत्यका बाहिर त्रिभुवन विश्वविद्यालयको विविए कार्यक्रम ल्याउने र पठनपाठन गराउने महत्वपूर्ण श्रेय गणेश सरलाई जान्छ ।

जनप्रिय बहुमुखी क्याम्पस विश्व बैंकको अनुदानमा विश्वविद्यालय अनुदान आयोगको गुण मापन तथा प्रत्ययानको प्रमाणपत्र पाएर सामुदायिक क्याम्पसहरूमा नेपाल भरी उत्कृष्ट भई २०७१÷०७२ को दुईपटक राष्ट्रिय शिक्षा पुरस्कार पाइसकेको छ । आफ्नै पाठ्यक्रम र परीक्षा सञ्चालन कार्यविधिले स्वायत्त विश्वविद्यालयतर्फ उन्मुख हुँदैछ । नेपालमै पहिलो पटक माउटेन टुरिजमको स्नातक पढाइ सञ्चालन गरिरहेको छ। मानविकी, शिक्षा, व्यवस्थापन र विज्ञान सङ्काय समग्रमा गरी हाल ५ हजार ५ सय विद्यार्थी, १ सय १९ जना प्राध्यापक र ४३ जना कर्मचारी रहेका छन् । घरको भात खाएर स्नातकोत्तरसम्मको शिक्षा दैलोमै उपलब्ध भएको छ । शिक्षाविद्हरूले जनप्रियलाई हालै हार्वड विश्वविद्यालय बन्ने सक्ने प्रक्षेपण गरेका छन् ।

गणेशमान पालिखे कुशल प्रशासक तथा प्राज्ञिक व्यक्तित्व थिए । द्वन्द्वकालीन समयमा ‘मलाई छातीमा गोली हान, जलाऊ तर समुदायको क्याम्पस हो आगो नलगाऊ ।’ भन्ने हिम्मत गर्ने संस्थापक क्याम्पस प्रमुख शैक्षिक सहिद हुन् ।

मानित विश्वविद्यालय उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको स्मृति दिवसका सन्दर्भमा विभिन्न वक्ताहरूले उनको योगदानको कदर गर्दै शालिक स्थापना गर्नुपर्ने मन्तव्य राखे पनि त्यो वचन पूरा भएको छैन् । उपत्यका बाहिर पहिलो पटक विविए कार्यक्रम ल्याएका पालिखेको नाऊँमा विविए विल्डिङलाई ‘गणेशमान पालिखे स्मृति भवन ’ नामकरण गरिएको छ । उमेरका पाका पालिखे सर काममा युवाजस्ता थिए, उनी कायर र कमजोर भएर बाँचेनन्, विद्रोहीको थ्रेट आउँदा पनि हाक्काहाक्की जीवन बाँचे । नेतृत्वको क्षमताले गर्दा नै उनको योगदान अविस्मरणीय रहेको पुष्टि हुन्छ।

गणेशमान पालिखे कुशल प्रशासक तथा प्राज्ञिक व्यक्तित्व थिए । द्वन्द्वकालीन समयमा ‘मलाई छातीमा गोली हान, जलाऊ तर समुदायको क्याम्पस हो आगो नलगाऊ ।’ भन्ने हिम्मत गर्ने संस्थापक क्याम्पस प्रमुख शैक्षिक सहिद हुन् । पालिखे सरले कठीन परिस्थितिमा तलब खुवाउने रकम नहुँदा पोखराको मुख्य बजारमा विङ्गो खेल खेलाएर रकम जम्मा गरी तलब खुवाएको र खाएका प्राध्यापक क्याम्पसमा अझै कार्यरत छन् । क्याम्पसको भौतिक र शैक्षिक उन्नतिका निम्ति सार्वजनिक जग्गालाई क्याम्पसको हितमा प्रयोग गर्न सक्ने दुष्साहस कमैमा हुन्छ यो उनमा थियो । कतिपयले उनलाई सार्वजनिक बाटो मिचुवा क्याम्पस प्रमुखको आरोप लगाए पनि वास्तवमा त्यो उनको निजी स्वार्थका लागि थिएनन् ।

वि.सं २०२३ सालदेखि पृथ्वीनारायण क्याम्पस पोखरामा उप–प्राध्यापकबाट शैक्षिक सेवामा प्रवेश गरेका गणेश सर २०३० साल श्रावण १ गतेदेखि विश्वविद्यालयमा नयाँ शैक्षिक प्रणाली लागू भएपछि २०३२ सालसम्म क्याम्पस प्रमुख भएर काम गरेका थिए । २०४६ सालमा स्वेच्छिक अवकाश लिएपछि स्थानीय समुदायद्वारा वि.सं. २०४८ मा जनस्तरबाट खोलिएको जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुख रहेर शिक्षामै चार दशकको जीवन समपर्ण गरेका थिए । उनी १४ वर्ष निरन्तर क्याम्पस प्रमुख भए, आज गणेश सर नरहँदा पनि सङ्गतका यादहरू आइरहेकाले यी हरफहरू मार्फत् स्मरण गरिरहेको छु जनप्रिय बहुमुखी क्याम्पसकै बुर्जामा उभिएर । पहिलो वाक्य याद आइरहन्छ गुडमनिङ गणेश सर…..।

सन्दर्भ : संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १७ औं स्मृति दिवस

suresh.ranabhat@gmail.com

कमेन्ट्स
Loading...