सुचना, समाचार र मनोरन्जन

अथ: गाँजा कथा

–विश्व सिग्देल

नेपाली समाजमा गाँजा र कागती प्रत्येक घरका गहना मात्रै होइन विशिष्ट औषधि थिए । ब्रिटिस इन्डियाद्वारा गाँजा प्रतिबन्ध गरेर सित्तैमा चुरोट बाँडियो । फलाम र तामाखानी बन्द गरेर उनीहरूले स्टिल बेच्ने काम गरे । कपास खेती धरापमा पारेर सुती किन्न बाध्य पारे । चार दशक अघिसम्म मानव विकास सूचाङ्कमा रुकुम, रोल्पा, कालिकोट वा पूरै सुदूर पश्चिम र कर्णाली देशमा अग्रणी थिए । केटाकेटी भारतका सिमला देहरादूनमा पढाउँथे । नेपालको निजामती सेवा, सुरक्षा, शिक्षा, बन, विश्वविद्यालयमा उनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । मधेसमा धेरथोर भात खाने खेत जोहो गर्थे ।
त्यस्तै मकवानपुर, नुवाकोट, रसुवा आदिमा यस्तै खुसहाल जिन्दगी थियो । गाँजा जहाँतहीँ उम्रन्थ्यो, लागत शून्य लगभग थियो । महङ्गो उत्पादनको मूल्यमात्र थियो । काठमाडौं पोखरा लयायतका सहरभन्दा जनता मीठो मसिनो खान्थे । चाडबाड मनाउँथे, टिनको छानो बार्दली भएको घर हुन्थ्यो, लैना बकेर्ना भैंसी हुन्थे । यद्यपि कोही लतमा थिएनन् कोही गँजडी भएनन जति अहिले देखिएका छन् ।

यस भूगोलमा पश्चिमाहरूको आँखा लाग्यो । झारफुक गर्ने सरकार र तिनका अङ्गसँग पश्चििमाहरूले मोलाहिजा गरे र घुस ठेले । युएन आफ्नै थियो, आफूलाई मात्र सत्र पर्ने गरेर हामीलाई सन्धिमा सहीछाप गराए । गरिबीसँगै वेरोजगारी बढ्यो । छोरीचेली बम्बई पुगे । तन्नेरीहरू कालापहाड जान बाध्य भए । त्यतिले पुगेन ती पनि उन्मादीहरूको फन्दामा परे बन्दुक समाए । देशले कति ठूलो मूल्य चुकायो यसको बेलीविस्तार लगाउनै परेन ।


फल, फूल, डाँठपात, बोक्रा, जरा मात्रै होइन गन्ध समेतको आर्थिक उपयोगिता हुने अमृत फललाई एकथरीले पश्चिमाहरूको वहकाउमा परेर विरोध गरे । तर अर्काथरी तिनीहरूको लहैलहैमा किन विरोध गरिरहेछन् समाजले बुझ्न सकेन । विना लागत स्वतफूर्त उत्पादन हुने, त्यसमा पनि विश्वकै एक नम्बर गुणवत्ता हुने हाम्रो उत्पादनलाई प्रतिबन्ध लगाए । राष्ट्रसङ्घीय सन्धिको छिद्रबाट छिरेर प्रति एकाई उत्पादन लागत हाम्रोभन्दा ९५ प्रतिशत उत्पादन लागतमा पश्चिमाहरू गाँजा उद्यम गरेर कुस्त कमाइ रहेको बेला हामी किन मौन छौं ? नोकरशाह नेताहरू किन चुपचाप छन्, लेखाजोखा गर्ने बेला आइसक्यो ।

हामी कहाँ सबै घरमा एकदुई गाँजाका बोटहरू हुन्थे । चराहरूले विष्ट्याएर, भँवरा मौरीहरूले पराग सेचन गडरेर उम्रेका हुन्थे । बस्तुभाउ विरामी हुँदा, मान्छेलाई सामान्य दुखबिमार हुँदा, बेलोपतेलोमा किरा फट्याङ्ग्रा मार्नु पर्दा, यहि जिनिसलाई पूजाआजा धार्मिक क्रियाकलापमा उपयोग गरिन्थ्यो । जो हाम्रो जीवन पद्धतिको अङ्ग थियो । यो सत्य हो कहिले काहीँ शिवजीको बुटीका नाममा रमाइलाको लागि तान्ने र चाडपर्वमा भाङ्को घोट्टा पिउने चलन थियो । झट्ट हेर्दा यो लागु पदार्थ नै हो, विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनले कति मात्राको लागु पदार्थ हो भन्ने प्रमाणित तथ्याङ्क सार्वजनिक गरिसकेको छ ।
राणाहरूले सिंहदरबारमा आयुर्वेदिक औषधिहरू बनाउन कारखाना खोलेका थिए । जसलाई सिंहदरबार बैद्यखाना नामले नेपालमा मात्रै हैन दक्षिण एसियाभर चिनिन्छ । भारतमा यो बैद्यखानाको औषधि नेपालको पहिचानका रूपमा प्रख्यात थियो । ठूलो लगानीमा पछि खुलेका साधन स्रोत सम्पन्न डाबर झन्डुहरू पनि बैद्यखानासँग प्रतिस्पर्धा गर्न असमर्थ थिए । जागिरका हिसाबमा पनि बैद्यखानाको जागिर अब्बल मानिन्थ्यो तलब नै दोब्बर थियो । जब गाँजामा प्रतिबन्ध लाग्यो बैद्यखानाको साखमा समेत ताला लाग्यो । बैद्यखानाले बनाउने सयौं प्रकारका औषधि बन्द भए । कति त सुवर्णभष्मजस्ता धातु मिश्रित महङ्गा औषधिहरू समेत बन्थे ।

जब गाँजामा प्रतिबन्ध लाग्यो बैद्यखानाको साखमा समेत ताला लाग्यो । बैद्यखानाले बनाउने सयौं प्रकारका औषधि बन्द भए । कति त सुवर्णभष्मजस्ता धातु मिश्रित महङ्गा औषधिहरू समेत बन्थे ।

यसरी उत्पादित औषधिहरूमा मात्रात्मक हिसाबमा धेरेथोर गाँजा अफिमको अनुपात हुनै पथ्र्यो । तर गाँजा प्रतिबन्धित हुँदा देशको एउटा आधारस्तम्भ ढल्यो । जवकी भारतमा त्यही गाँजा अफिम प्याक गरेर पतञ्जली डाबर विश्वकै सय प्रख्यात कम्पनीको मध्येका ताज भिरेर बसेका छन् । लाखौंलाई रोजगारी दिँदै राज्यलाई खरबौं कर तिरेका छन् । 

कुनै याम अफगानिस्तानमा साक्षरता असी प्रतिशत थियो । स्कुल, कलेज र विश्वविद्यालयको सञ्जाल अत्यन्तै चुस्तदुरुस्त थियो । महिलाहरू मिनीस्कर्ट लगाएर विश्वविद्यालय पढन जान्थे । डाक्टर इञ्जिनियरहरूमा महिलाको सघन उपस्थिति थियो । मानिसहरू खुसी थिए, समृद्ध थिए, सम्पन्न थिए ।

कुनै याम अफगानिस्तानमा साक्षरता असी प्रतिशत थियो । स्कुल, कलेज र विश्वविद्यालयको सञ्जाल अत्यन्तै चुस्तदुरुस्त थियो । महिलाहरू मिनीस्कर्ट लगाएर विश्वविद्यालय पढन जान्थे । डाक्टर इञ्जिनियरहरूमा महिलाको सघन उपस्थिति थियो । मानिसहरू खुसी थिए, समृद्ध थिए, सम्पन्न थिए । अफिमको खेतीबाट कुस्त कमाउँथे तर कोही अफिमची थिएनन्, प्रतिबन्ध लगाएपछि जति भए । अफगानिस्तानको खुसीमा पश्चिमाको आँखा लाग्यो । भ्रष्ट शासक, कर्मचारी, सुरक्षाकर्मीहरूलाई मज्जाले घुस खुवाए र अफिममा प्रतिबन्ध लगाइ दिए । देश तन्नम भयो, नागरिक वेरोजगार भए । अन्तत रोजीरोटीको निमित्त कि विदेश जाने कि बन्दुक समातेर लुटपाटको काम थाले । खेतीबाहेक अर्को सीप थिएन, उमान्दीहरूको निमित्त देश उर्वर भयो । उनीहरूले जनताका हातमा एके फोर्टी सेभेन थमाइ दिए । अफगानिस्तान सिंगै देश कारागार बन्यो, हिंशा, हत्या, बलात्कार र लुटपाटको ताण्डब भयो । ठिटाहरूलाई बलात बन्दुक थमाइ दिए र महिलाहरूलाई बुर्का ।

केही वर्ष अगाडि अमेरिकाको इकाहो भन्ने सानो सहरमा पुगेको थिएँ । सहर पूरै गाँजा खेती र गाँजाजन्य उद्यम व्यवसायले उल्कै समृद्ध बनेको रहेछ । जसरी लसभेगस जुवाले सम्पन्न भएको थियो । त्यहाँ अमेरिका भरिका पर्यटक गाँजामा रमाउन पुग्दा रहेछन् । सहरका नागरिकहरू गाँजामा झुलेका, लठ्ठ परेका, लतमा फसेका कोही देखिएनन् । नागरिकहरू शिष्ट, शालिन, सभ्य र अनुशासित देखिन्थे ।

त्यतिखेर अमेरिकाले खास केही ठाउँहरूमा मात्रै गाँजा खेतीको लागि अनुमति दिएको थियो । त्यो मध्ये यो इकाहो काउन्टी एउटा रहेछ । क्यान्सरजस्ता असाध्य पीडा हुने, एलोपेथी प्रविधिले नभेट्ने तथा खतरनाक रासायनिक नसाको लतमा पुगेकाहरूलाई केही मात्रामा गाँजाको स्वीकृति दिइँदो रहेछ । यसरी ठाउँठाउँमा यस्ता गाँजा पसलहरू पनि त्यही समय खुलेका थिए ।

हामी कहाँ जुठेल्नामा उम्रेको गाँजाको बोटसमेत उखेल्ने, वर्दीधारीले हप्कीदप्की गर्ने, उस्तै परे थुन्ने, जेलनेल हाल्ने परिपाटी विकसित भयो । उनीहरूले मालिक रिझाउन कुनै कसर बाँकी राखेनन् । गाँजाको विरोध गर्नेहरूले यसको सामाजिक, अर्थ राजनीति बुझेनन् ।

हामी कहाँ जुठेल्नामा उम्रेको गाँजाको बोटसमेत उखेल्ने, वर्दीधारीले हप्कीदप्की गर्ने, उस्तै परे थुन्ने, जेलनेल हाल्ने परिपाटी विकसित भयो । उनीहरूले मालिक रिझाउन कुनै कसर बाँकी राखेनन् ।

गाँजाको विरोध गर्नेहरूले यसको सामाजिक, अर्थ राजनीति बुझेनन् । पश्चिमा देशहरूले उत्पादन गरेका रासायनिक लागुपदार्थहरू हाम्रो परम्परागत गाँजा, भाङ, अफिम, काँचोपात, तमाखुभन्दा हजारौं गुणा प्राणघातक छन् । आज करोडौं युवाहरू यसको लतबाट अर्धचेत भएर रछ्यानमा लडिरहेका छन् भन्ने हेक्का राखेनन् । लाखौं सुन्दर सुखी घरपरिवार तहसनहस भएका छन्, आमाहरूका काख रित्तिएका छन्, बाहरूको सहाराको लठ्ठी भाँचिएको छ भन्ने देखेका छैनन् । सम्पन्न परिवार विस्तारै विस्तारै तन्नम भएर पाटीको बास भएको चाल पाएका छैनन् ।

ब्रिटिसहरू अमेरिका प्रवेश गर्नु पूर्व ३ करोडभन्दा बढी मूल अमेरिकी निवासीहरू थिए । उनीहरूलाई वर्वाद नगरी ब्रिटिसहरू आवाद हुने सम्भावना थिएन । मूल अमेरिकीहरू आफ्नो मौलिक जीवन जिउँथे, सुखी र सम्पन्न थिए, मख्य कुरो उनीहरू खुसी थिए । मदमस्त विन्दास जीवन विताउँथे । कहिँकतैबाट वाह्य अवरोध र हस्तक्षेप भए लडाका थिए । जुझारु थिए र बैरीलाई खेदी दिन्थे, शत्रुहरू हत्केलामा ज्यान लिएर भाग्थे ।
त्यो भूस्वर्गलाई वर्वाद गर्न र लुटन हातमा बाइबल लिएर मिसनरीहरूको अग्रदस्ता अमेरिका प्रवेश ग¥यो । उनीहरूले विस्कुट पाउरोटी बाँडे । परम्परागत खेती कन्दमूल, जङ्गली फलफूल र सागपातमाथिको निर्भरता खरानी पारे । औषधि बाँडे, परम्परागत उपचार पद्धति, जडिबुटीको सीप र कला समाप्त पारे । घर बनाइ दिए, उनीहरूको मौलिक सीप साधनले बन्ने घर निर्माण पद्धति ध्वस्त बनाए । परम्परागत धर्म आस्था पूजाआजा पद्धति वर्वाद गरिदिए र बाइबल थमाइदिए । आफूलाई मसिहा ठानेर उनीहरूको मौलिक जीवन पद्धति समाप्त गरे, आफूमाथि निर्भर बनाए । बिफर, हैजा आदि संहारक रोगका व्याक्टेरिया लट्पटिएका सिरक र मन्द विष मिसाइएका विस्कुट पाउरोटी बाँड्न थाले । खतरनाक लागु पदार्थको लत लगाएर एउटा राष्ट्रको मौलिक सभ्यता र इतिहास एउटा गोली खर्च नगरी नष्ट बनाइ दिए ।

परिश्माभन्दा चीन धेरै समृद्ध र सम्पन्न थियो । चिनियाँहरू सुखी र खुसी दुवै थिए । उद्योग र इलम थियो । आयात र निर्यातको सन्तुलन चीनको पक्षमा थियो । चियादेखि कलात्मक सजावटका भाँडावर्तन, खाद्य पद्धार्थ, लत्ताकपडा सामान्य मानिसदेखि राजपरिवारसम्म चीनबाट निर्यात हुन्थ्यो । सम्भ्रान्त र राजपरिवारमा प्रयोग हुने रेशम र तासकुचिनका कपडाको उत्पादनमा चीनको एकाधिकार थियो । चियाको लत पश्चिमाहरूमा बसिसकेको थियो । चिनियाँ सजावट र रेशम तासकुचिन नभएको दरबार दरबारजस्तो हुँदैनथ्यो । त्यस्तो भव्यता केबल चीनमा मात्रै हुन्थ्यो । चीनले समान्य पैसामा आफ्ना वस्तु निर्यात गर्दैनथ्यो त्यसका लागि चाँदीका सिक्का चाहिन्थ्यो । जब बेलायतको खजाना चीनलाई चुक्ता गर्दागर्दा रित्तिन लाग्यो । आखिर ब्रिटिसले प्रशोधित अफिमको लतमा चीन र चिनियाँलाई लठ्याइदियो । चीनले यो षड्यन्त्र थाहा पाउँदा नपाउँदै नसा राजदरबारभित्र युवाराजको कोठामा पुगिसकेको थियो । हामीकहाँ ‘नाम थाहा नभएको चुरोटमा मिसाएर खाने कालो पद्धार्थ भने जस्तै ।
चीन र अमेरिकालाई वर्वाद गर्ने पश्चिमाहरूको रणनीति अन्तर्गत हाम्रा आर्थिक, सामाजिक, साँस्कृतिक आधारहरू नष्ट गरिदिने प्राणघातक रासायनिक पदार्थहरूमा तल बसालिदिने र देश ध्वस्त बनाउने साम्राज्यवादी प्रपञ्च हो भन्ने हामीले अहिलेसम्म बुझ्न सकेनौं । उनीहरूको जालझेल र प्रलोभनमा हामी निरन्तर फसिरहयौं । उनीहरूको योजना अन्तर्गत गाँजा प्रतिबन्ध लगाउँदा आर्थिक संरचना ध्वस्त हुने, यदाकदा गाँजा, चरेस, भाङमा रमाउने जनसंख्यालाई समेत विकल्पमा हजार गुणा खतरनाक रासायनिक लागु पदार्थमा अभ्यस्त बनाइदिए आफ्नो व्यापारमा थप इजाफा हुने, युवा जमातलाई पङ्गु बनाउने रणनीति हो । यसको मर्म बोधमा हामी सधैं ढिलाइ गरिरहेका छौं ।

गाँजा अफिम गरिबी, बेरोजगारी, तनाब, दुखपीडाको औषधि हो । हिजो मानिसहरू सुखी थिए, सम्पन्न थिए, खुसी थिए, गाँजा अफिम उत्पादन गरेर पनि अम्मली थिएनन् । अहिले गरिबी, बेरोजगारी, निराशा, अमनचैन र शान्तिसुरक्षा छैन कडा प्रतिबन्ध झेलेर पनि अफिमची र गँजडीहरूको ग्राफ बढिरहेको छ । हजारौं हजार स्वाह भैरहेछन् । अफिमभन्दा हजारगुणा खतरनाक र महङ्गा रासायनिक लागुपदार्थको भेट चडिरहेछन् ।
विश्व स्वास्थ्य संगठनको सुझावपछि संयुक्त राष्ट्रसंघले गाँजालाई हानिकारक लागु औषधको सूचीबाट हटाएको छ । युएनसीएनडीका ५३ सदस्यमध्यै २७ मुलुकले पक्षमा र २५ ले विपक्षमा मतदान गरेका छन् । नेपालले पनि पक्षमा मतदान गरेको छ । गाँजाको औषधिजन्य गुण र वनस्पतिका रूपमा लिने विषयमा वकालत भएको छ । औषधि निर्माण, बोक्राको रेसाबाट कपडा, डाँठबाट फर्निचर बोर्ड तथा इँटाका लागि उपयोगी छ गाँजा । चिकित्सकीय प्रयोगका लागि वार्षिक ३४ अर्ब अमेरिकी डलर बराबारको गाँजा खपत हुने तथ्याङक सार्वजनिक भएको छ । यदि गाँजाले कानुनी मान्यता पायो भने नेपालको वार्षिक बजेट ६० खर्ब पुग्ने तर्क गरिएको छ ।

गाँजाको बारे बोल्दा आरोप लाग्न सक्छ तर देश नदेखेकालाई यो थाहा छैन् गरिबी, बेरोजगारी, रोगभोक गाँजाभन्दा कति खतरनाक र पीडादायी हुन्छ ? नभोगेका सज्जनहरूले ‘वेश्यालय पनि खोले भयो नि’ भनेर व्याङ्ग्य गर्छन् । त्यसको जवाफ कुनै बेला दिउँला । अब सदनले पनि राम्रो काम गरोस । जथाभावी हैन राज्यको नागरिक समाजको अनुगमनमा रहने गरी किसानलाई खेती गर्ने व्यवस्था मिलाओस् । विचौलिया दलालहरूको कान ठाडा भैसके होलान । सिधा किसान र उनीहरूको मात्र सहभागिता रहेको सहकारी मार्फत् व्यापार हुने व्यवस्था मिलाउनु अपरिहार्य छ । सांसद विरोध खतिवडाको समर्थनमा पूर्व काननुमन्त्री शेरबहादुर तामाङले गाँजा खेती गर्न छुट दिनुपर्ने भन्दै प्रतिनिधि सभामा विधेयक दर्ता गराएका छन् । यो अभियानमा प्रभावकारी भूमिका निर्वाह गर्ने केशव स्थापित, सांसद शेरबहादुर तामाङ, विरोध खतिवडा सबै सबैलाई बधाई र शुभकामना ।
bishwasigdel21048@gmail.com

कमेन्ट्स
Loading...