सुचना, समाचार र मनोरन्जन

रजतपटमा मेरा विषयमा प्रस्तुत गरिएको रिर्पोट अतिरञ्जित र भ्रमपूर्ण छ : मोडल गरिमा शर्मा

  •  
  •  
  •  
  •  

पोखरा /

मोडल गरिमा शर्माले एपीवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रम रजतपटमा आफ्ना विषयमा प्रस्तुत गरिएको रिर्पोट अतिरञ्जित र भ्रमपूर्ण रहेको बताएकी छिन् । उनले सामाजिक संजाल फेसबुकमा असार २४ गते रजतपट कार्यक्रममार्फत आफ्ना विषयमा प्रस्तुत गरिएका सामाग्रीका बारेमा स्पष्ट पारेकी छिन् । फेसबुकमा लेख्दै उनले भनेकी छिन् , ‘केहि दिन अगाडी टीकटक लाइवमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरुका टुक्रा टुक्री तानेर राष्ट्रिय टेलिभिजनबाट उक्त सामाग्री प्रसारण गर्नु सरासर गलत छ ।’

टीकटकमा बोलिएका संवादका विषयमा आफुले स—प्रमाण युट्युब मार्फत जानकारी गराएको समेत उनले उल्लेख गरेकी छिन् । उक्त सामाग्री तयार गर्नु अघि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीसँग पनि आफ्नो टेलिफोन सम्पर्क भै सामान्य बिषय रहेको जानकारी गराइएको समेत उनले बताइन् । ‘हाँसो ठट्टा मात्र हो भनि सत्य तथ्य जानकारी गराउँदा गराउँदै पनि यसरी बदनियतपुर्ण समाचार प्रसारित गर्नुले आफुप्रति गम्भिर अन्याय भएको महशुस गरेको छु । तसर्थ न्यायका निम्ति सम्बन्धित निकायसम्म पुग्न वाध्य भएको व्यहोरा पनि यसै जानकारी गराउनु चाहन्छु ।’

उनले नेपाली कला क्षत्र र कलाकारहरुलाई प्रोत्साहन गर्नुपर्ने टेलिभिजन च्यानल, टेलिभिजन कार्यक्रम र प्रस्तोता नै भ्रमित सामाग्री प्रसारण गरी कलाकारहरुलाई अनावश्यक विवादमा तान्ने तथा निरुत्साहित गर्ने कार्यको घोर भर्त्सना गरेकी छिन् ।

यसखालको भ्रामक र बदनियतपुर्ण खवरलाइ विश्वास नगरिदिनुहुन आम दर्शक र शुभेच्छुकहरुमा उनको अपिल छ ।

कमेन्ट्स
Loading...