सुचना, समाचार र मनोरन्जन

अमेरिकाबाट आयो ‘यो जीवन मिठो’ गीतको भिडियो

काठमाडौं । नयाँ गीत ‘यो जीवन मिठो’.को भिडियो शुक्रबार रिलिज गरिएको छ । गीतको भिडियोलाई सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरिएको गीतलाई सुदन डोटेलले लेखेका हुन् ।

जसमा कृष्ण काफ्ले र रिता केसीको स्वर रहेको छ । गीतमा सरोज प्याकुरेलले संगीत सृजना र मनोहर सुनामले संगीत संयोजन गरेका छन् ।
अमेरिकामा बसेर पनि म्युजिक भिडियो, लघू चलचित्र तथा लोक दोहोरी कार्यक्रम निर्देशन गर्दै आएका सुमन दाहालको निर्देशनमा यो गीतको भिडियो तयार गरिएको हो । भिडियोलाई अमेरिकाको ल्याक्जिङटन शहरका आसपासमा छायाँकन गरिएको हो । भिडियोका दृष्यहरु मनमोहक छन् ।

गीतको भिडियोमा युगल जोडीको प्रगाढ प्रेमलाई प्रस्तुत गरिएको छ । जसमा मोडलको रुपमा भुवन लोहनी र अन्जली दियाली प्रस्तुत भएका छन् । उनीहरु रोमान्टिक जोडीको रुपमा भिडियोमा अभिनयरत छन् । नया कलाकार भएर पनि सुमनले उनीहरुलाई परिपक्क कलाकार जस्तै अभिनयमा प्रस्तुत गरेका छन् । अक्की शर्माले खिचेको यो गीतको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।

कमेन्ट्स
Loading...