सुचना, समाचार र मनोरन्जन

इन्डोनेसियाका समुद्र मामिलामन्त्री भ्रष्टाचार आरोपमा गिरफ्तार

काठमाडौं ।

इन्डोनेसियाका समुद्री तथा मत्स्यमामिला मन्त्री इधी प्राबोवोलाई प्रहरीले गिरफ्तार गरेको छ । समुद्री झिँगाहरूको ओसार पसारसम्वन्धी विवादास्पद नीतिमा भ्रष्टाचार गरेको आरोप लगाउँदै उनलाई गिरफ्तार गरिएको हो ।

इन्डोनेसियाको भ्रष्टाचार निवारण आयोगका उच्च अधिकारीले राजधानी जाकार्तामा बुधबार बेलुका पत्रकार सम्मेलन गरी मन्त्री प्राबोवोलाई गिरफ्तार गरिएको जानकारी दिएका हुन् ।

मन्त्री प्राबोवोले ओसारपसारसम्वन्धी निर्णय गर्ने क्रममा आयातकर्ताहरूसँग मिलेर झण्डै ६ लाख ९५ हजार ६५५ अमेरिकी डलर भ्रष्टाचार गरेको आयोगका अधिकारीहरूले दावी गरेका छन् ।

बुधबार बिहान उनलाई आयोगका अधिकारीहरूले कार्यालयमा उपस्थित हुन आग्रह गर्दा उनी र उनकी श्रीमतीले अस्वीकार गरेपछि उनलाई अपरान्ह गिरफ्तार गरिएको जनाइएको छ ।

मन्त्रीसँगै सात जनालाई आयोगले काण्डका बारेमा सोधपुछ गर्न लागेको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । मन्त्री प्राबोवोलाई प्रहरीले पक्राउ गरेपछि राष्ट्रपति जोको विडोडोले अर्का मन्त्री लुहुत पन्जैतानलाई उनको मन्त्रालयको पनि जिम्मेवारी दिएका छन् । एजेन्सीको सहयोगमा

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds